Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

कांग्रेसको मस्यौदा संशोधनको पक्षमा मधेसी माेर्चा

\"Gathabandhan-Morcha-2-650x366\"काठमाडौं । व्यवस्थापिका संसद्को नियमावलीको मस्यौदामाथि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गरेको संशोधनको पक्षमा मधेसी मोर्चा पनि उभिने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले व्यवस्थापिका संसद्को नियमावलीको मस्यौदामाथि आफूले राखेको संशोधनको पक्षमा उभिन मोर्चालाई आग्रह गरेको थियो । विगत सात महिनाभन्दा बढी समयदेखि आन्दोलनमा रहेको मोर्चाले ब्यवस्थापिका संसदको बैठक भने बहिष्कार गर्दै आएको छ । संसद बैठक बहिष्कार गर्दै आएको मोर्चा सम्बद्ध दलहरुले नयाँ संविधान जारी भए लगत्तै भएको प्रधानमन्त्रीको चुनावमा भने कांग्रेसका उम्मेदवार स्वर्गीय सुशील कोइरालालाई भोट दिएका थिए । कांग्रेसले शुक्रबार मोर्चाका नेताहरुलाई सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा बोलाएर संशोधनको पक्षमा उभिन गरेको आग्रह मोर्चाका नेताहरुले स्वीकार गर्ने संकेत गरेका थिए । तर मोर्चाका नेताहरुले आफूहरुबीच छलफल नगरी निर्णय दिन नसकिने जवाफ दिएका थिए । कांग्रेससँगको छलफलपछि मोर्चाका नेताहरुबीच भएको छलफलमा कांग्रेसले राखेको मस्यौदा संशोधनमा सघाउने निर्णयमा पुगेको मोर्चाका एक नेताले बताए । कांग्रेससँगको छलफलमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम बरिष्ठ नेता तथा संसदीय दलका नेता अशोक राई, सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्ण लगायतका नेताहरु सहभागी थिए । कांग्रेसले संसदीय सुनुवाइ विशेष समिति ७५ सदस्यीय बनाउने गरी संशोधन राखेको छ । उसले सुनुवाइ समितिमा सबै दलको प्रतिनिधित्व हुने भन्दै कांग्रेसले सहयोग गर्न मधेसी मोर्चालाई आग्रह गरेको छ । सत्तारुढ दलहरुले भने नयाँ संविधानअनुसार १५ सदस्यी समिति बनाउनुपर्ने प्रस्ताव गर्दै आएको छ । संसद्को नियमालीको मस्यौदामाथि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दलहरुले अलग अलग संशोधन प्रस्ताव दर्ता गराएका छन् । कांग्रेसले संसदीय सुनुवाइ विशेष समिति ७५ सदस्यीय बनाउन संशोधन दर्ता गराएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: