Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

कांग्रेसको मस्यौदा संशोधनको पक्षमा मधेसी माेर्चा

\"Gathabandhan-Morcha-2-650x366\"काठमाडौं । व्यवस्थापिका संसद्को नियमावलीको मस्यौदामाथि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गरेको संशोधनको पक्षमा मधेसी मोर्चा पनि उभिने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले व्यवस्थापिका संसद्को नियमावलीको मस्यौदामाथि आफूले राखेको संशोधनको पक्षमा उभिन मोर्चालाई आग्रह गरेको थियो । विगत सात महिनाभन्दा बढी समयदेखि आन्दोलनमा रहेको मोर्चाले ब्यवस्थापिका संसदको बैठक भने बहिष्कार गर्दै आएको छ । संसद बैठक बहिष्कार गर्दै आएको मोर्चा सम्बद्ध दलहरुले नयाँ संविधान जारी भए लगत्तै भएको प्रधानमन्त्रीको चुनावमा भने कांग्रेसका उम्मेदवार स्वर्गीय सुशील कोइरालालाई भोट दिएका थिए । कांग्रेसले शुक्रबार मोर्चाका नेताहरुलाई सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा बोलाएर संशोधनको पक्षमा उभिन गरेको आग्रह मोर्चाका नेताहरुले स्वीकार गर्ने संकेत गरेका थिए । तर मोर्चाका नेताहरुले आफूहरुबीच छलफल नगरी निर्णय दिन नसकिने जवाफ दिएका थिए । कांग्रेससँगको छलफलपछि मोर्चाका नेताहरुबीच भएको छलफलमा कांग्रेसले राखेको मस्यौदा संशोधनमा सघाउने निर्णयमा पुगेको मोर्चाका एक नेताले बताए । कांग्रेससँगको छलफलमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम बरिष्ठ नेता तथा संसदीय दलका नेता अशोक राई, सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्ण लगायतका नेताहरु सहभागी थिए । कांग्रेसले संसदीय सुनुवाइ विशेष समिति ७५ सदस्यीय बनाउने गरी संशोधन राखेको छ । उसले सुनुवाइ समितिमा सबै दलको प्रतिनिधित्व हुने भन्दै कांग्रेसले सहयोग गर्न मधेसी मोर्चालाई आग्रह गरेको छ । सत्तारुढ दलहरुले भने नयाँ संविधानअनुसार १५ सदस्यी समिति बनाउनुपर्ने प्रस्ताव गर्दै आएको छ । संसद्को नियमालीको मस्यौदामाथि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दलहरुले अलग अलग संशोधन प्रस्ताव दर्ता गराएका छन् । कांग्रेसले संसदीय सुनुवाइ विशेष समिति ७५ सदस्यीय बनाउन संशोधन दर्ता गराएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending