Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बुद्धका वचन मानव जीवनका लागि मार्ग निर्देशक

\"buddha-400\"काठमाडौं । भगवान् बुद्धका वचन मानवजीवनका लागि मार्ग निर्देशक सिद्धान्त बन्न सक्नेमा बौद्ध धर्मगुरुहरुले जोड दिएका छन् । २५६० औँ बुद्धजयन्तीको अवसरमा आज बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको ‘मानव जीवनमा बुद्ध वचनको महत्व’ विषयक प्रवचन कार्यक्रममा धर्म गुरुहरुले यस विषयमा जोड दिए । खेन्पो जोर्देन, लोबोन बाबा सम्ज्योर, खेन्पो फुङ्छोक दोर्जे लामा, दोर्जे लोबोन केल्साङ र साङदेन रिन्पोछेले अन्य जीवको भन्दा मानवजीवनको महत्व बढी भएकाले जीवन यात्रालाई सही रुपमा अगाडि डो¥याउन बुद्ध वचनलाई पालना गर्नुपर्ने बताए । सो अवसरमा समितिले प्रकाशन गरेको पुस्तक बौद्ध महाचैत्य ९द ग्रेट बौद्ध स्तुप० को विमोचन गरियो । पुस्तकको लेखन विनोद कार्की र सविन श्रेष्ठले गरेका हुन । । पुस्तकका बारेमा मन्तव्य राख्दै लेखक कार्कीले बौद्ध स्तुपको बारेमा ज्ञान लिन चाहने विदेशी पर्यटकका लागि आवश्यक सूचना सङ्कलन गरिएको सुनाए । यसअघि आज बिहान बुद्धको मूर्ति र अस्थिधातु सहितको ¥यालीले बौद्ध क्षेत्र परिक्रमा गरेको थियो । अस्थिधातुलाई अहिले बौद्धको गुरु ल्हाखाङ गुम्बामा प्रदर्शनमा राखिएको छ । गुम्बामा आज बेलुकीसम्म अस्थिधातु प्रदर्शनमा राखिने बौद्ध घ्याङ गुठीका सचिव किरणकुमार लामाले जानकारी दिए । अस्थिधातुलाई बुद्धजयन्तीका दिनमा मात्र सर्वसाधारणका लागि प्रदर्शनमा राख्ने गरिएको छ । कार्यक्रममा समितिका अध्यक्ष सम्पूर्णकुमार लामा, कार्यकारी निर्देशक फबुयाङ्जी लामालगायतका वक्ताले बुद्ध वचनलाई दैनिक जीवनमा उतार्न आग्रह गरे । बेलुकी बौद्ध क्षेत्रमा सांस्कृतिक झाँकी, वेशभूषा र बाजागाजासहित बुद्धमूर्तिको शोभायात्रा निकालिने समितिले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: