Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

गर्मीमा युवतिलाई ९ टिप्स

\"samar_feshon\"युवकभन्दा युवती फेसनमा चुजी हुन्छन् । त्यसैले त युवतीका फेसन आइटम हप्ता–हप्तामा बदलिन्छन् । टिनेजरदेखि ३५ वर्षसम्मका युवती फेसनमा बढी नै सोख राख्छन् । गर्मीको यो मौसममा युवतीका छनोटमा पर्छन्– छोटा, हल्का, खुकुला र पातला कपडा । तर, यस्ता कपडा रहर गर्ने युवतीले तलदेखि माथिसम्मको ड्रेसअप म्याच गर्न जरुरी हुन्छ भने कपडा छान्दा रङमा पनि विशेष ध्यान दिनुपर्छ । फेसनडिजाइनर जोस्ना देवानले युवतीहरूलाई गर्मीमा ब्युटिफुल देखिने केही ड्रेसअप टिप्स दिएकी छिन् :
  • उज्याला रङका कपडा छान्नुहोस् । सेतो, गुलाबी, निलो, सुन्तलाजस्ता रङ रोज्नु राम्रो हुन्छ । बुट्टेदार कपडा पनि गर्मीमा राम्रो हुन्छ, तर उज्याला रङमा फुलबुट्टा प्रिन्ट गरिएका रोज्नुहोस् ।
  • बुनेका विभिन्न खाले कपडा पनि बजारमा पाइन्छन् । कटन, सिल्क र रेबनको रोज्नु उत्तम हुन्छ । हल्का हुने भएकाले यस्ता कपडाले शरीरमा सहज महसुस गराउँछ ।
  • जाली (नेट) र बुट्टेदार जाली (नेटभन्दा थोरै बाक्लो), सिफोन, जर्जेट (सिफोनभन्दा हल्का कडा) खालका कपडा पनि अहिले फेसनमा छन् ।
  • गर्मीमा सजिलो र धेरै युवतीले रुचाउने जिन्स पाइन्ट हो । बजारमा विभिन्न किसिमका जिन्स पाइन्ट आएका छन् । ब्वायफ्रेन्ड जिन्स (कमरको माथिसम्म पुग्ने, ग्रन्च भएको, केही खुकुलो र छोटो), स्किनी जिन्स, डेनिम जिन्स, सर्टस् (हाफ पाइन्ट) रोज्न सक्नुहुन्छ । गर्मीका लागि स्कर्ट पनि राम्रो ड्रेसअप हो । स्कर्टमा म्याच गराउन कलरफुल सर्ट नै रोज्नुहोला ।
  • गाउन पनि गर्मीको उत्तम ड्रेसअप हो । गाउन रोज्दा ट्यांक्स सबैभन्दा राम्रो हुन्छ । स्लिभलेस (बाहुला नभएको), अफ सोल्जर्स ड्रेस (कुमको भाग नभएको) फेसनमा छन् ।
  • वान पिस पनि गर्मीका लागि हल्का ड्रेसअप हो । यसले शीतलता पनि दिन्छ । वान पिसमा केही फेसनेबल र एक्स्ट्रा देखिन चाहनुहुन्छ भने टेलहेम डिजाइनको वान पिस (अगाडि छोटो, पछाडि लामो पुच्छरजस्तो निस्किएको) लगाउनुहोस् ।
  • क्याप स्लिभ, पफ स्लिभ, हाफ स्लिभ ड्रेस पनि गर्मीका लागि फरक फेसनेबल ड्रेस हुन् । ड्रेसअपमा क्यापको कम्बिनेसनले एक्स्ट्रा लुक्स दिने भएकाले ह्याट पनि गर्मीको एक फेसनेबल आइटम हो । फ्रिन्ग्स र प्लिट्सयुक्त ड्रेसअप पनि रोज्न सक्नुहुन्छ । स्पोर्टी लुक्स दिने ड्रेसअप टिनेजरलाई बढी म्याच गर्छ ।
  • अफ सोल्जरर्स टप्स अहिले फेसनमा चलेको टप्स हो । ड्रेसअपमा म्याच गर्न डेकोरेटिभ ब्याग, वर्ड प्रिन्ट (अक्षर प्रिन्ट गरिएको) बकेट ब्याग छान्न सक्नुहुन्छ । सिल्क स्कार्फ र चोकर्स लगाउँदा तपाईं थप आकर्षक देखिनुहुन्छ ।
  • ड्रेसअपअनुसार जुत्ता–स्यान्डल म्याच गराउनु आवश्यक हुन्छ । ओपन हिल्स, लोफर्स र हल्का स्यान्डलहरू लगाउँदा राम्रो हुन्छ ।
(नयाँ पत्रिका दैनिकबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending