Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

एकतामा नआए बैद्य सिद्धिन्छन् : देव गुरुङ

\"devभक्तपुर । एकीकृत नेकपा माओवादीसँग एकताको तयारीमा रहेका नेपाल क्रान्तिकारी माओबादीका नेता देव गुरुङले अध्यक्ष मोहन बैद्य एकतामा नआए सिद्धिने दाबी गरेका छन् । रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वैद्य पनि एकतामा आउनुको विकल्प नभएको बताए । वैद्यले कम्युनिष्ट धार र राष्ट्रियताको बिषयलाई छाडे बाबुरामकै स्थानमा पुग्ने उनले बताए । छिट्टै हुन लागेको बिभिन्न माओबादी पार्टी एकिकरणमा बैद्य माओबादी तत्काल नआएता पनि अन्ततः अन्य बिकल्प नभएको गुरुङको भनाइ छ । एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो हठलाई परित्याग गरी भएका गल्तीहरुको समीक्षा गर्दै अव नयाँ कार्यदिशातर्फ अग्रसरता दिने भएकाले पार्टी एकिकरण गर्न लागिएको उनले बताए । गुरुङले प्रचण्डसँग १३ बँुदे प्रस्तावका आधारमा सहमति भएको बताए । एकिकरणको विषयले पूर्णता पाए पनि पदीयताको सवालमा कुनै छलफल नभएको उनको भनाइ छ । लैनचौर दिल्लीको साथमा मधेस आन्दोलन एमाओवादीमा आउन लागेका नेता गुरुङले दिल्ली र लैनचौरको साथमा मधेस आन्दोलन चर्किएको आरोप लगाए । मधेश आन्दोलनका नेताहरुले लैनचौर र दिल्लीका गतिबिधिलाई आत्मसाथ गरेर आन्दोलन जारी राख्नु गलत भएको उनका टिप्पणी थियो । मधेश आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । साम्राज्यबादी र बिस्तारबादी बिदेशी शक्तिहरुको प्रत्यक्ष हस्तक्षेप रहेको औंल्याउदै नेपालका ब्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामा आफ्ना एजेन्टहरुद्वारा हरेक क्रियाकलाप सञ्चालनमा सक्षम रहेका बिदेशीहरुबाटै नेपालका हरेका गतिबिधि सञ्चालन गरिरहेकाले नेपाल नव उपनिबेश भएको र यसले नेपाललाई सिक्किमीकरण र अफगानिस्तानको बाटो तर्फ लगिरहेको उनको भनाइ छ । भूकम्पपीडितका नाममा बिदेशी डलर कमाउने नियत नेता गुरुङले भूकम्पपछि पुनर्निर्माणका सवालमा सरकारले केही गर्न नसकेको आरोप लगाए । भूकम्प पुनर्निर्माणको नाममा बिदेशी डलर कमाउने नियत मात्र रहेकाले तीब्र काम गर्न नसकेको उनको भनाइ छ । भूकम्पपीडितको अवस्था यस्तै देखाएर डलरको खेती गर्दै नेपाललाई हैटटी बनाउन खोजेको उनले आरोप लगाए । संविधान सकारात्मक गत असोज ३ गते संविधान जारी भए लगत्तै कालो संविधान भनी संविधान जलाएका गुरुङले संविधान सकारात्मक भएको बताए । यो संबिधान पनि पश्चगामी शैलीको भएता पनि यसले संस्थागत गरेका गणतन्त्र, संघीयता र धर्म निरपक्षेता लगायत केहि बिषय सकारात्मक रहेको उल्लेख गरे । २०४७ सालकै संसदीय प्रणाली लगायत विविध पक्षमा आफूहरुको विरोध एकता पछि पनि कायमै रहने गुरुङले स्पष्ट पारे । दक्षिण र उत्तरतर्फ दुबै छिमेकी देशहरुसँग कुटनीतिक सम्बन्ध सफल पार्न नसक्नुको पछाडि बिदेशीहरुकै हस्तक्षेप रहेको उनको भनाइ थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: