Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

एकतामा नआए बैद्य सिद्धिन्छन् : देव गुरुङ

\"devभक्तपुर । एकीकृत नेकपा माओवादीसँग एकताको तयारीमा रहेका नेपाल क्रान्तिकारी माओबादीका नेता देव गुरुङले अध्यक्ष मोहन बैद्य एकतामा नआए सिद्धिने दाबी गरेका छन् । रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वैद्य पनि एकतामा आउनुको विकल्प नभएको बताए । वैद्यले कम्युनिष्ट धार र राष्ट्रियताको बिषयलाई छाडे बाबुरामकै स्थानमा पुग्ने उनले बताए । छिट्टै हुन लागेको बिभिन्न माओबादी पार्टी एकिकरणमा बैद्य माओबादी तत्काल नआएता पनि अन्ततः अन्य बिकल्प नभएको गुरुङको भनाइ छ । एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो हठलाई परित्याग गरी भएका गल्तीहरुको समीक्षा गर्दै अव नयाँ कार्यदिशातर्फ अग्रसरता दिने भएकाले पार्टी एकिकरण गर्न लागिएको उनले बताए । गुरुङले प्रचण्डसँग १३ बँुदे प्रस्तावका आधारमा सहमति भएको बताए । एकिकरणको विषयले पूर्णता पाए पनि पदीयताको सवालमा कुनै छलफल नभएको उनको भनाइ छ । लैनचौर दिल्लीको साथमा मधेस आन्दोलन एमाओवादीमा आउन लागेका नेता गुरुङले दिल्ली र लैनचौरको साथमा मधेस आन्दोलन चर्किएको आरोप लगाए । मधेश आन्दोलनका नेताहरुले लैनचौर र दिल्लीका गतिबिधिलाई आत्मसाथ गरेर आन्दोलन जारी राख्नु गलत भएको उनका टिप्पणी थियो । मधेश आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । साम्राज्यबादी र बिस्तारबादी बिदेशी शक्तिहरुको प्रत्यक्ष हस्तक्षेप रहेको औंल्याउदै नेपालका ब्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामा आफ्ना एजेन्टहरुद्वारा हरेक क्रियाकलाप सञ्चालनमा सक्षम रहेका बिदेशीहरुबाटै नेपालका हरेका गतिबिधि सञ्चालन गरिरहेकाले नेपाल नव उपनिबेश भएको र यसले नेपाललाई सिक्किमीकरण र अफगानिस्तानको बाटो तर्फ लगिरहेको उनको भनाइ छ । भूकम्पपीडितका नाममा बिदेशी डलर कमाउने नियत नेता गुरुङले भूकम्पपछि पुनर्निर्माणका सवालमा सरकारले केही गर्न नसकेको आरोप लगाए । भूकम्प पुनर्निर्माणको नाममा बिदेशी डलर कमाउने नियत मात्र रहेकाले तीब्र काम गर्न नसकेको उनको भनाइ छ । भूकम्पपीडितको अवस्था यस्तै देखाएर डलरको खेती गर्दै नेपाललाई हैटटी बनाउन खोजेको उनले आरोप लगाए । संविधान सकारात्मक गत असोज ३ गते संविधान जारी भए लगत्तै कालो संविधान भनी संविधान जलाएका गुरुङले संविधान सकारात्मक भएको बताए । यो संबिधान पनि पश्चगामी शैलीको भएता पनि यसले संस्थागत गरेका गणतन्त्र, संघीयता र धर्म निरपक्षेता लगायत केहि बिषय सकारात्मक रहेको उल्लेख गरे । २०४७ सालकै संसदीय प्रणाली लगायत विविध पक्षमा आफूहरुको विरोध एकता पछि पनि कायमै रहने गुरुङले स्पष्ट पारे । दक्षिण र उत्तरतर्फ दुबै छिमेकी देशहरुसँग कुटनीतिक सम्बन्ध सफल पार्न नसक्नुको पछाडि बिदेशीहरुकै हस्तक्षेप रहेको उनको भनाइ थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending