Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भूकम्पपीडित पालभित्रबाट चिहाउँदैछ, सरकार चामल बेच्दैछ

\"chamal-660x330-750\" काठमाडौं । सरकारले भूकम्पपीडितका लागि देश–विदेशबाट लाखौा किलो चामल संकलन गर्‍यो । जसमध्ये बंगलादेशले मात्रै ७८ लाख २९५ किलो चामल पीडितका लागि नेपाल पठायो । पीडितहरू चामल पाउने आशामा सरकारको बाटो हेरेर बसे । तर, सरकारले भोकभोकै बसेका पीडितलाई चामल बााडेन, बरु झापास्थित नेपाल खाद्य संस्थानको डिपोमा थन्क्याएर राख्यो । आजको नयाँ पत्रिका दैनिकमा सविन मिश्र, काठमाडौं र सुव्रत न्यौपानेले झापाबाट समाचार लेखेका छन् । एक वर्षपछि जब कुहिन थाल्यो तब सरकारले गोदाममा थन्क्याएको चामल बाहिर त निकालेको छ । तर, भूकम्पपीडितलाई वितरण गर्न होइन, काठमाडौंमा प्रतिकेजी ४१ रुपैयाामा बेचेर रकम उठाउन । १०७ बोरा चामल त गोदाममै कुहियो । बंगलादेशले पठाएको चामलमध्ये ४८ लाख २९५ किलो चामल बिक्री गरेर झन्डै २० करोड रकम उठाउने सरकारको लक्ष्य छ । काठमाडौंका अतिरिक्त गोरखा, मध्य र सुदूरपश्चिमका पहाडी जिल्लामा पनि चामल बिक्री गर्ने सरकारी योजना छ । भूकम्पपीडितका लागि चीन सरकारले अनुदानमा दिएको एक लाख किलो चामल पनि ४० रुपैयाा प्रतिकेजीका दरले बजारमा बिक्री गर्ने सरकारको तयारी छ । भूकम्पपीडितका लागि बंगलादेश र चीनले सहयोगस्वरूप दिएको चामल सरकारले बेच्न थालेको छ । भूकम्पपछि राहतका लागि आएको चामल एक वर्ष गोदाममा थन्क्याएर बेच्न लागेको हो । बंगलादेशबाट सहयोगस्वरूप गत वर्ष प्राप्त ७८ लाख दुई सय ९५ किलो चामल झापाको काँकडभिट्टास्थित नेपाल खाद्य संस्थानको डिपोमा एक वर्ष थन्किएको थियो । खाद्य संस्थानलाई चैतको अन्तिम साता वाणिज्य मन्त्रालयले चामल बेच्न स्वीकृति दिएको थियो । त्यसैअनुसार संस्थानले चामल काठमाडौं ल्याएर बेच्न थालेको हो । त्यो चामल संस्थानले काठमाडौंमा प्रतिकेजी ४१ रुपैयाँमा बेच्न थालेको छ । बंगलादेशबाट सहयोगमा प्राप्त चामलमध्ये ४८ लाख दुई सय ९५ किलो चामल बेचिँदै छ । बिक्रीबाट सरकारले करिब १९ करोड ८० लाख रुपैयाँ प्राप्त गर्ने अनुमान छ । ‘यो पैसा संस्थानले खर्च गर्ने होइन,’ संस्थानका प्रवक्ता पवन कार्कीले भने, ‘सरकारको आपत्विपत् कोषमा हामीले त्यो पैसा बुझाउनुपर्छ ।’ गोरखा, नेपालगन्ज, धनगढी र सुर्खेतमा पनि बेचिँदै संस्थानले झापा गोदामको चामल गोरखा, नेपालगन्ज, धनगढी र सुर्खेत पुर्‍याएर आसपासका पहाडी जिल्लामा बिक्री गर्ने तयारीसमेत गरेको छ । ती ठाउँमा बेचिने चामलको मूल्य भने तोकिएको छैन । ‘ढुवानी भाडा हिसाब गरेपछि मात्रै ती ठाउँमा बेचिने चामलको मूल्य तोकिनेछ,’ संस्थानका प्रवक्ता पवन कार्कीले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending