Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

विश्व स्वास्थ्य संगठन भन्छ– विश्वका असी प्रतिशतभन्दा बढी सहरिया वासिन्दा दुषित हावामा सास फेर्न बाध्य

\"chest-wall\"जेनेभा । विश्वका ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदुषित हावामा सास फेर्न बाध्य भएको तथ्य सार्वजनिक भएको छ । यसका कारण जनस्वास्थ्यमा जटिलताहरु थपिँदै गएको पाइएको छ । विश्व स्वास्थ्य संगठनले गरेको पछिल्लो अनुसन्धानमा संसारका कम्तीमा पनि ८० प्रतिशत नागरिकले फेर्ने सासको हावाको गुणस्तर अत्यन्तै कमसल तथा प्रदुषित रहेको पाइएको हो । उक्त संगठनले गरेको सो अनुसन्धानपछि यस्ता सहरमा यात्रा गर्ने वा स्थायी बसोबास गर्ने गरको व्यक्तिमा फोक्सोको क्यान्सको खतरा रहेको अनुमान गरिएको पनि देखाइएको छ । विश्वका गरिब देशका सहरहरुमा हिँड्ने बटुवा यस्तो समस्याबाट बढी ग्रस्त हुने गरेको तथ्य सो अनुुसन्धानमा राखिएको समाचारमा उल्लेख छ । विश्वका निम्न तथा मध्य आय भएका देशका सहरमा वायु प्रदुषण मुख्य समस्याका रुपमा देखिएको छ । यस्तो अवस्थाका देशका ९८ प्रतिशत सहर कमसल हावामा बाँचिरहेका देखिन्छ । संयुक्त राष्ट्रसंघीय स्वास्थ्य तथा वातावरणसम्बन्धी निकायले निर्धारण गरेका मापदण्ड पूरा गर्न नसक्ने अवस्थामा ती सहरहरु देखिन्छन् । जसले गर्दा नागरिकले यस्तो जोखिमपूर्ण वातावरणमा बाँच्नुपर्ने अवस्थामा पुगेका छन् । विश्व स्वास्थ्य संगठनको जनस्वास्थ्य विभागका प्रमुख मारिया नेइराले भन्नुभयो– हाल संसारमा यस्तो वायु प्रदुषणको अवस्था निकै नै गम्भीर रुपमा बढिरहेको छ र यसले नागरिकको स्वास्थ्यजस्तो सम्वेदनशिल विषयलाई पनि थप सम्वेदनशिल अवस्थामा नै पु¥याइदिएको छ । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वस्थ र वातावरणसम्बन्धी मापदण्डबाट विश्वका यस्ता देशका सहरहरु तल झरिसकेका पनि सो अनुसन्धानबाट खुलेको छ । मारियाले भन्नुभयो– यस्तो अवस्था निकै नै खतरनाक हो र यसैगरी आगामी दिनमा पनि स्वास्थ्यमा सुधारको लागि सबैले ध्यान नदिने हो भने यसले फोक्सोको क्यान्सरजस्तो घातक रोगलाई आमन्त्रण गर्ने खतरा दिन प्रतिदिन बढ्दै गएको छ । उक्त अनुसन्धानले अहिले पनि यस्ता नगरका नागरिक दम, हृदयघात तथा अन्य स्वासप्रस्वाससम्बन्धी समस्याबाट पीडित भएका पनि देखाएको छ । यो अनुसन्धनले घरभित्रको भन्दा बाहिरको वातावरणलाई केन्द्रित गरेको छ । विशेषत बटुवा र सहरमा आफ्नो काम विशेषले हिँड्ने नागरिकमा यो अध्ययन केन्द्रित रहेको छ । विश्वका ६७ देशका करिब ७९५ वटा सहरमा यो अध्ययन केन्द्रित गरिएको छ । यो अध्ययन सन् २००८ देखि सन् २०१३ सम्ममा गरिएको हो । विश्व स्वास्थ्य संगठनले वायु प्रदुषणको अवस्था धनी देशमा भन्दा बढी गरिब देशमा खतरनाक हुन पुगेको देखिएको पाइएको बताएको छ । सो प्रतिवेदनअनुसार विश्वका धनी देशहरुको क्षेत्र जस्तो कि युरोप र उत्तर अमेरिकामा हावामा पाइने गुणस्तरको मात्रा केही सुधारोन्मुख छ । तर पनि गरिब देशमा भने स्थिति झनभन्दा झन ह्रासोन्मुख हुदै गएको छ । यस्तो क्षेत्रमा विकासशील देशहरु मध्यपूर्वी क्षेत्र र दक्षिणपूर्वी एसियाली देशहरु पर्दछन् । वायुमण्डलमा देखिएको यो प्रदुषणका कारण विश्वमा अहिले पनि वर्षेनी कम्तीमा पनि तीस लाख मानिसको ज्यान जाने गरेको उक्त संगठनले जनाएको छ । स्याम्पलको रुपमा सहरहरुलाई लिँदा प्राय एक करोड ४० लाख जनसङ्ख्या भएको सहरलाई लिइएको उक्त अनुसन्धान प्रतिवेदनमा जनाइएको छ । सो प्रतिवेदनअनुसार अहिले पनि यसरी लिइएको स्याम्पलमा दक्षिण एसियामा सबैभन्दा बढी प्रदुषित सहर भारतको नयाँ दिल्ली हो । त्यसपछिका प्रदुषित सहरमा कायरो र बङ्गलादेशको राजधानी ढाका रहेको छ । यी दुई सहरको वायु प्रदुषणको अवस्थाले पनि तोकिएको हद नाघेको पाइएको छ । विश्व स्वास्थ्य संगठनको स्वास्थ्य तथा वातावरण विभागका संयोजक कार्लोस दोराले भन्नुभयो– प्रदुषणका विभिन्न कारण छन् र त्यसमध्ये अत्यधिक मात्रामा सवारी साधनको प्रयोग एक हो । मध्यमबर्गीय राष्ट्रहरुमा सवारी साधन पनि प्रदुषित मापदण्डलाई पालना नगरिएका सवारी साधन चलाउने र यसले बढी मात्रामा प्रदुषण बढाएको पाइएको छ । बढी मात्रामा सवारी साधनको प्रयोगलाई घटाएर ट्राफिक भार कमगर्ने, बटुवाको लागि सडक पेटी राखी विरुवा रोप्ने र साइकलको प्रयोगगरी सवारीको चाप घटाउने गर्नाले यो समस्याको समाधान निस्किने पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी तेस्रो विश्वका कतिपय देशहरुमा भने फोहोर व्यवस्थापनको अवस्था कमजोर भएको, फोहोरलाई डढाएर व्यवस्थापन गर्ने तरिका अपनाउदा त्यसले झनठूलो मात्रामा प्रदुषण बढाएको पाइएको पनि उल्लेख छ । त्यस्तै घरलाई न्यानो पार्नका लागि प्रयोग गरिने कतिपय धुवाँजन्य इन्धनले गर्दा पनि प्रदुषण बढाउने काम गरेको सो अनुसन्धानका क्रममा देखिएको पनि सो प्रतिवदेनमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदनले जतिसक्दो चाँडो त्यस्ता प्रदुषित वस्तुहरुलाई हटाउन, उर्जाका लागि विद्युतीय प्रविधि अपनाउन र दउरा या कोइलाको प्रयोगलाई निरुत्साहित गर्न तथा सवारी साधनको प्रदुषण मापदण्ड लागू गर्न पनि सुझाएको छ । त्यसैगरी सडक पेटिमा हरियाली कायम गर्न, बटुवालाई केन्द्रित गरी सडक पेटीहरु बनाइ त्यसमा विरुवा रोप्ने र हरियाली सडक बनाउने जस्ता कार्यक्रमहरु अपनाउन पनि सुझाएको छ । यसरी गरिने सुधारका कारण साइकलको प्रयोगको मात्रा बढ्ने र त्यसका कारण वायु प्रदुषणको अवस्थामा सुधार आउने उक्त अनुसन्धानमा जनाइएको छ । एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending