Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

प्रादेशिक संरचनामा सात स्मार्र्ट सिटी हुने

\"smartबनेपा । विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले नयाँ संविधानअनुसार निर्माण हुने प्रादेशिक संरचनामा सात स्मार्र्ट सिटी निर्माण हुने बताएका छन् । बुधबार धुलिखेलमा पत्रकारसँग कुरा गर्दै सात प्रदेशमा बायोटेक्नोलोजीको समेत घोषणा गर्न त्यसलाई बजेटमार्फत सम्बोधन गरिने तयारी भएको जानकारी दिए । ‘हामीले नीति तथा कार्यक्रममा नै सम्बोधन होस् भन्ने चाहेका थियौँ तर त्यसमा नदेखिएपनि अर्थमन्त्रीले बजेटमा सम्बोधन गर्ने आश्वासन दिनुभएको छ’’ मन्त्री थापाले भने । उनले आइटी पार्क सञ्चालनका लागि भएका सम्झौता पुनरावलोकन हुने उल्लेख गर्दै काठमाडौँ विश्वविद्यालयसँगको आइटी पार्कसम्बन्धी सम्झौता छलफलको विषय भएको बताए । यसअघि क्यान काभ्रेको संयोजनमा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको स्मार्टसिटीः बहुआयामिक विकास अभियान विषयक कार्यशालामा बोल्दै मन्त्री थापाले स्मार्र्र्ट सिटीका लागि ठोस योजना आवश्यक भएकोमा जोड दिए । मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले स्मार्र्ट सिटीको अवधारणालाई मूर्तरुप दिन आवश्यक प्रक्रिया अघि बढेको बताए । कार्यक्रममा सभासद् कञ्चनचन्द्र वादे, क्यान काभ्रेका अध्यक्ष नवराज भुर्तेल, नगरपालिका सङ्घका उपाध्यक्ष अशोक व्याञ्जुलगायतले आइटी पार्क सञ्चालनमा जोड दिएका थिए । गोष्ठीमा चीन, भारतलगायत मुलुकबाट करिब ६० जना सहभागी छन् । गोष्ठीमा स्मार्र्ट सिटीका बारेमा अवधारणापत्र प्रस्तुत हुने क्रम जारी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending