Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

एमाओवादीलाई एकता र फुटको पिरलो : पार्टी गतिहिन हुने चिन्ता

\"maoi_flag\"काठमाडौं । पहिलो संविधानसभाबाट देशकै सबैभन्दा ठुलो पार्टीको रुपमा उदाएको एकिकृत नेकपा माओवादी पटकपटकको फुट र एकताको गोलचक्करमा घुमिरहेको छ । संविधानसभाबाट आश्चार्यजनकरुपमा सबैभन्दा ठुलो शक्तिमा उदाएको तात्कालिन माओवादीले संसारमै नभएको विद्रोही शक्तिबाट जनमतद्धारा सबैभन्दा ठुलो हुने इतिहास समेत बनाएको थियो । तर समयक्रमसँगै एकता र फुटको गोलचक्करमा फसेको माओवादी अहिले तेस्रो शक्तिका रुपमा विद्यमान छ । जनयुद्धकालिन माओवादीबाट एकिकृत नेकपा माओवादी बनेलगत्तै फुट र एकताको कष्टमा रुँमलिदैँ आएको माओवादी फेरी एकपटक एकताको चक्करमा छ । आफैबाट ३ वर्षअघि फुटेको वैद्य नेतृत्वको माओवादीसँग एकताका लागी दैनिकजसो होमवर्क भईरहँदा एमाओवादीका बहुमत नेता तथा कार्यकर्ता भने मौनप्राय छन् । उनीहरु न एकताबाट हौसिएका छन् न एकताको कारण नै खोज्न सक्छन् । एकता किन र के का लागी भन्ने प्रश्नसमेत गर्न नसक्ने अवस्थामा उनीहरु रहेको माओवादीका एक नेता बताउँछन् । ‘किन एकता गर्ने’ भनेर प्रश्न गर्दा एकता विरोधी भइने र ‘एकता नै हो’ भन्दा एकताले के दिन्छ भन्नेमा उनीहरु आफैँ विश्वास्त छैनन् । माथील्ला केही नेताहरु एकताका लागी दिनरात पहल गरिरहेका भएपनि तल्ला तहका नेता र कार्यकर्ता भने खासै उत्साहि छैनन् र देखिदैनन् । शान्ति प्रकृयामा आएपछि पटकपटक फुट र एकता बेहोरेका नेता कार्यकर्तालाई ‘फुटप्रति भय’ र ‘एकताप्रति उत्साह’ हुनै छोडेको छ । उनीहरुको पार्टी जिवनमा न फुटले पहिरो लगेको छ न एकताले उमंग नै ल्याएको छ । बरु दुबैले उनीहरुलाई अन्योल, अकर्मन्यता, अनावश्यक अन्तरविरोधमा गिजलिनु परेको छ । जसका कारण उनीहरु करिबकरिब लक्ष्यविहनि हुनुपरेको मात्रै होईन सोही अकर्मन्यताले जनतामा उत्साहजनक गतिविधि समेत गर्न सकिरहेका छैनन् । गति रोकिने चिन्ता पछिल्लो समय मुल पार्टी एकिकृत नेकपा माओवादी संगठनात्मक रुपमा केही गतिशिल बनेको थियो । पार्टी कमिटिहरुको परिचालन, व्यावस्थापन तथा जवसमोर्चाहरुमा नयाँ जिवन आउन थालेको थियो । एमाओवादीले नियमित रुपमा पार्टी सदस्यकोहरुको नविकरण तथा संगठनहरुको गठनपूर्नगठनमा कामलाई गति दिन थालेको थियो । संविधानसभाबाट संविधान जारी गर्न एमाओवादी नेतृत्वले लिएको नेतृत्वदायी भूमिकाबाट जनतामा बढेको विश्वास र लोकप्रियतालाई एकहदसम्म संगठनमा रुपान्तरण गर्न थालेको एमाओवादीका मुख्य भातृसंगठनहरु मजदुर, विद्यार्थी, वाइसीएल तथा महिला लगायतका संगठनहरुमा जिवन आउन थालेको थियो । केही मात्रामा भएपनि संगठनात्मक अनुशासन तथा विधि र प्रकृयाको अवलम्बन हुन थालेको एमाओवादीमा एकताबाट नयाँ आउने नेता कार्यकर्ताको संगठनात्मक मिलानले निम्त्याउने दुखले गतिहिन बनाउने चिन्ता जाग्न थालेको प्रश्टै देखिन्छ । कस्तो बन्ला संगठन ? पछिल्लो समय एकताको चर्चा चलिरहेका अन्य पार्टीहरु हिजो विभिन्न समयमा आफैसँग फुटेर गएकाहरु हुन् । ति झण्डै १ दशकभन्दा लामो समय एउटै पार्टीमा थिए । फुटेर गएकाहरुले सानो पार्टी बनाए र तलका कार्यकर्तासमेत नेता भए । ति सबै एकता प्रक्रियामा नेता भएर नै भित्रिदैँ छन् । यता मुलधारमा बसिरहेका उनै सोसरहका नेता कार्यकर्ताहरु हिजोकै तहमा छन् । मुलधारमा हुँदा आफुभन्दा तल रहेका तर अहिले एकता हुँदा आफुभन्दा माथि भएर आउने उनीहरुलाई मुलधारका नेता कार्यकर्ताले कसरी स्विकार गर्लान् ? यो सामान्य प्रश्न होइन । एकताका लागी संगठनात्मक रुपमा माओवादी नेताहरुले दूई विकल्प सोचेको देखिन्छ । एक ः एउटा सो सरहका नेताकार्यकर्तालाई एउटै हैसियतमा बढुवा गर्ने । दुई ः सबैलाई समेटेर सम्मेलन आयोजक समितिहरु निर्माण गर्ने र सम्मेलन वा महाधिवेशनमा जाने । तेस्रो विकल्प तर कम छलफल हुने गरेको विकल्प भनेको हिजो नफुट्दाको अवस्थामा जजसको जे हेसियत थियो त्यसै संगठनात्मक अवस्थामा पार्टीलाई फर्काउने । तर अन्तिम विकल्प पनि सजिलो भने छैन । किनपनि भने यो बिचमा मुल पार्टीमा भएका अन्य एकताबाट आएकाहरुलाई तेस्रो विकल्पले सम्बोधन गर्दैन । चौथौं विकल्प कार्यकर्ताहरुसँग छ जसबारे नेताहरुले छलफल गरेका छैनन् । जो अन्य विकल्पभन्दा बैज्ञानिक र सन्तोषजनक देखिन्छ । सबै कमिटिहरुमा साना र छरिता आयोजक समितिहरु निर्माण गर्ने । पुराना सबै पार्टीका संगठनहरु विगठन गर्ने र महाधिवेशनमा जाने । अहिलेसम्मको छलफल र बहस हेर्दा एकताका पक्षधर नेताहरुले पहिलो विकल्प रोज्ने सम्भावना देखिन्छ । त्यो विकल्पले झण्डै ५०० को केन्द्रिय समति र सोही हाराहारी जिल्ला तहसम्मका कमिटिहरुमा पुर्र्याउँछ । पहिलो विकल्प रोज्दा एमाओवादीमा पछिल्लो पटक आएको उत्साह र संगठनात्मक गति अवरोध हुन्छ र लामो समय एमाओवादी फेरी गतिहिन हुन पुग्छ । फुटको असर ठुलो जुटको असर सानो एकिकृत नेकपा माओवादीको पछिल्लो जुट र फुटको इतिहास हेर्ने हो भने दर्जनौंको संख्यामा छ । तर अहिले जुट्ने भनेको वैद्य नेतृत्वको माओवादी फुटको असर एमाओवादीको इतिहासमा सबैभन्दा ठुलो असरका रुपमा रहेको छ भने बाबुराम भट्टराईको फुटको असर देखिन बाँकी छ । वैद्य नेतृत्वको माओवादी फुटेर मात्रै गएन उसले दोस्रो संविधानसभाको चुनावमा एमाओवादीलाई पराजित गर्न झण्डैझण्डै मुख्य भूमिका नै खेल्यो । सोही परिणाम स्वरुप एमाओवादी पहिलोबाट तेस्रो भयो । एमाओवादी पहिलो संविधानसभाबाट पहिलो पार्टी भएलगत्तै नारायणकाजी श्र्रेष्ठले नेतृत्व गरेको एकता केन्द्र मशालसँग एकता भयो । त्यो एकताले भावनात्मक र मनोबैज्ञानिक रुपमा बामपन्थी एकताको सन्देश त दियो तर परिणाममुखि असर राखे नराखेको कसैले ठोकुवा गर्न सक्दैन । एकता वा प्रवेशका दर्जनौं क्रम यो बिचमा चलेपनि तिनले एमाओवादीलाई सहयोग पुर्र्याएन । बरु संगठनात्मक भद्रगोल तथा अर्कमन्यताको स्थिति सिर्जना गर्यो । इमान्दार र वर्षौदेखि पार्टी क्रान्तिका लागी खटेका नेता कार्यकर्ता निराश मात्रै भए । पार्टीमा प्रथामिकता फेरियो र उनीहरु उपेक्षित भएको अनुभूति गरे । जसले पार्टीलाई जिवन दिनबाट बन्चित गर्यो । र अन्तिम कुरा... एमाओवादी र वैद्य नेतृत्वको माओवादी सहित, मातृका, मणि थापा लगायतका ५ माओवादीबिच चलेको एकताको प्रक्रिया करिबकरिब अन्तिम प्रक्रियामा छ । वैद्य स्वयंम आउने कि नआउने भन्ने कुरा अझै एकिन नभएपनि वैद्य नेतृत्वको माओवादीका बहुमत नेता कार्यकर्ता एकताको पक्षमा छन् । तयजस्तै भएको यो एकताको मनोबैज्ञानिक असर जसरी प्रभावकारी बन्न सक्छ त्यसैगरी संगठनात्मक असर प्रभावकारी नबन्न पनि सक्छ । पार्टी एकताको हतारो भन्दा पनि पार्टी एकतालाई संगठनात्मक एकतामा ढाल्ने बैज्ञानिक विधि नखोजेसम्म एकताको खास अर्थ र औचित्य रहँदैन । यसरी गरिएको एकताले पार्टी जिवनमा पून भद्रगोल, अर्कमन्यता र निरशा मात्रै होइन इमान्दार र गतिशिल नेता कार्यकर्ता गतिहिन बनाउने कुराको हेक्का माओवादी नेताहरुले राख्नैपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: