Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

माओवादी एकतामा ‘हाइप्रोफाइल’माथि आशा

काठमाडौं, विभाजनको तीन वर्षपछि एकीकृत माओवादी र नेकपा–माओवादीले पार्टी एकताको लागि औपचारिक वार्ता प्रक्रिया सुरु गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ– ‘हाइप्रोफाइल’ संयुक्त वार्ता समिति गठन गरेर उनीहरुले एकताको पहल थालेका हुन् । विभिन्न तहको अनौपचारिक संवादपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लाजिम्पाटस्थित निवासमा बसेको दुई दलीय बैठकले संयुक्त आन्दोलनसहित एकताको प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन् । एक घण्टा भएको छलफलले चार बुँदे सहमति गर्दै एकताको लागि ‘हाइप्रोफइल’ संयुक्त वार्ता टोली गठन गरेको हो । जसमा एमाओवादीका तर्फबाट प्रचण्ड, बरिष्ठ नेता डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव महरा र सचिव टोपबहादु रायमाझी छन् । नेकपा–माओवादीका तर्फबाट अध्यक्ष मोहन वैद्य ‘किरण’, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा बादल र सचिव देव गुरुङ छन् । माओवादी विचारधाराका पार्टीबीच एकताको लागि नेताहरुले भाषण गरे पनि एकताको लागि शीर्ष वार्ता टोली गठन हुन सकेको थिएन । तर, आइतबार औपचारिक रुपमा ‘हाइप्रोफाइल’ वार्ता टोली बनेपछि माओवादी एकता हुने आधार बलियो बनेको हो । ‘मुलुकको विद्यमान अवस्थालाई ध्यानमा राखी सबै माओवादी एवं सच्चा कम्युनिष्ट क्रान्तिकारीबीच पार्टी एकताको आवश्यकतालाई अनुभूत गरेर सिद्धान्तनिष्ठ पार्टी एकताको लागि नयाँ उचाईमा वैचारिक राजनीतिक प्रश्नमा साझा निष्कर्ष कायम गर्न दुवै पक्षको वार्ता समिति गठन गरिएको छ ।’ प्रचण्ड र किरणद्धारा जारी संयुक्त वक्तव्यमा भनिएको छ । ‘राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिकेन्द्र माओवादी धारलाई सिध्याउने खेलमा रहेको र त्यसलाई रोक्न एकता गर्नुपर्ने’ दुवै माओवादीका नेताहरुको बुझाई थियो । मुलुकमा बढ्दै गएको प्रतिगमनविरुद्ध संयुक्त आन्दोलनमा जाने घोषणा पनि दुई दलले गरेका छन् । विभाजनले माओवादी आन्दोलनलाई फाइदा नगरेको उल्टो ‘ब्याकफायर’ भएको, जनयुद्धकालीन मुद्दा ब्युझ्याउन सरकार लागेको, प्रगतिशीलको सट्टा यथास्थितिवादीको हातमा संविधानसभा पुगेको, विप्लव अलग भएपछि कार्यकर्ताबाट एकताको लागि दबाब आएको, कांग्रेस एमालेबाट हेपिएको जस्ता पक्षमा टेक्दै पार्टी एकताको पक्षमा माओवादीहरु पुगेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending