Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

बादल पक्षको निर्णय–जेठ २ गतेपछि एमाओवादीसँग एकता

\"rambahadur काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एकता नचाहेको भन्दै रामबहादुर थापा बादलको नेतृत्वमा बसेको बैठकले जेठ २ गतेपछि एमाओवादीसँगको एकता प्रक्रियामा जाने निर्णय गरेको छ । वैद्यले एकता टारेको भन्दै सचिवालय सदस्य तथा संगठन ब्यूरो प्रमुख बादलले मंगलबार केन्द्रीय समिति बैठक बोलाएका थिए । बादलले बोलाएको बैठक वैद्य पक्षले भने बहिष्कार गरेका थिए । बादलले बोलाएको सामानान्तर बैठकले एमाओवादीसँगको एकता अनिवार्य भएकाले अध्यक्षले नचाहे पनि एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । अध्यक्ष वैद्यले जेठ २ गते बैठक बोलाएकाले २ गतेसम्मसम्म पर्खिने बैठकले निर्णय गरेको बादल समूहका केन्द्रीय सदस्य रामदीप आचार्यले बताए । पार्टी फुट्ने नफुट्ने अध्यक्षको निर्णयमा भर पर्ने बादल पक्षधर नेताहरुले बताए । वैद्यले जेठ २ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् । अध्यक्ष वैद्यलाई बेवास्ता गर्दै गुटको बैठक बोलाएको भन्दै वैद्यले जेठ २ गतेको बैठकमा सचिवालय सदस्यद्वय बादल र देव गुरुङलाई कारबाहीको प्रस्ताव गर्ने भएका छन् । बादल समूहको मंगलबार वैद्य माओवादीको नेवाः राज्य कार्यालय कुपण्डोलमा बसेको बैठकमा ६० जना भन्दा बढी केन्द्रीय सदस्य उपस्थित थिए । यसअघि बादलले चलाएको हस्ताक्षर अभियानमा एक सय भन्दा बढीले हस्ताक्षर गरे पनि बैठकमा न्यून उपस्थिति रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: