Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

वार्ता सुरु हुनासाथ असफल

काठमाडौं, दलबीच वार्ता सुरु हुनासाथ एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । विपक्षीले आन्दोलन घोषणा गरेसँगै डेढ महिनापछि सुरु हुन लागेको वार्ता प्रक्रिया पुनः रोकिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ–सत्तारुढ दलहरु सहमतिमा संविधान बनाउन तयार नभएको भन्दै ३० दलीय मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गरेपछि वार्ता असफल भएको हो । आइतबार साँझ मोर्चाले चैत ५ देखि २६ सम्मलाई आन्दोलनको विभिन्न कार्यक्रम घोषणा गरेको हो  । दोस्रो चरणको आन्दोलन अन्तर्गत विपक्षीले चैत १९, २४, २५ र २६ गते देशव्यापी आमहड्ताल गर्ने घोषणा गरेका छन् । सत्तारुढ दलले ऐतिहासिक सहमति सम्झौता विपरीत पेल्न खोल्न खोजेको भन्दै बाध्य भएर आन्दोलन घोषणा गर्नुपरेको मोर्चाको भनाई छ । कात्तिक १७ गते राखेको ९ बुँदे प्रस्तावमा टसमस नगर्ने सत्तारुढ दलको अडानपछि आन्दोलन गर्नुपरेको एमाओवादी नेत कृष्णबहादुर महराले बताए । सत्तारुढ दलले भने दलबीच वार्ता संवादबाट सहमति खोज्ने प्रयत्न जारी रहँदा मोर्चाले आन्दोलन घोषणा गरेर वातावरण झन् बिगारेको आरोप लागएका छन् । यद्यपी वार्ता र आन्दोलनसँगै अघि बढाउने मोर्चाको भनाईले पुनः वार्ता भई उनीहरुको आन्दोलन मत्थर हुने विश्वास कांग्रेसले लिएको छ । ‘प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले आन्दोलन र वार्ता  र सँगै चलाउने भन्नुभएको छ, वार्तामा प्रगति भए आन्दोलन मत्तथर हुन्छ भन्ने सोचेका छौं ।’ कांग्रेस प्रवंक्त दिलेन्द्रप्रसाद बडुले भने । एमाले प्रमुख सचेतक अग्नी खरेलले भने सहमतिका नाममा धेरै समय खर्चिएको भन्दै अब सहमतिमात्रै भनेर बस्न नहुने बताए । ‘उहाँहरुले आन्दालन र संवादसँगै भन्नुभएको छ । संवाद नगर्ने भनेका छैनौं, अब प्रक्रिया अघि बढाउने तयारीमा लाग्छौं ।’खरेलले भने । माघ ५ पछि संवादमा नजुटेका दलबीच एक हप्ताअघिबाट औपचारिक वार्ता सुरु भए पनि केही दिनमा नै असफल भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending