Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सरकार, मधेसी मोर्चालाई फेरि सीमातिरै फर्काइदिने कि !

\"madheshi काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले झण्डै पाँच महिना नेपाल–भारत सीमानाकामा धर्ना दिएर गरेको आन्दोलनले काठमाडौंमा संकट निम्त्यायो । नयाँ संविधान जारी गर्नुअघि नै प्रमुख तीन राजनीतिक दलले सीमांकनमा गरेको सहमतिमा असन्तुष्टी जनाउँदै मधेसवादी दलहरु संविधानसभा नै छाडेर मधेस आन्दोलनमा होमिएका थिए । सीमांकनको विषयमा मधेसी, थारु, जनजाती तथा पश्चिमेलीहरु आन्दोलनमा उत्रिए । आन्दोलन एक्कासी उठेपछि आन्दोलन मत्थर पार्न भन्दै ६ प्रदेशको सीमांकनलाई सच्चाउँदै सात प्रदेश गरियो । अखण्ड सुदूरपश्चिमको आन्दोलन रोकिए पनि थारु आन्दोलन झनै उत्कर्षमा पुग्यो । कैलालीको टीकापुरमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात प्रहरी मारिए भने एक अबोध बालकको समेत ज्यान गयो । मत्थर भयो मधेस आन्दोलन, थारु आन्दोलन दबाइयो टीकापुर घटनापछि मधेसका अन्य जिल्लाहरुमा आन्दोलन चर्किँदै गयो । आन्दोलन चर्किँदै गएपछि राज्य दमनमा उत्रियो । दंगाग्रस्त क्षेत्र घोषणा गर्दै नेपाली सेनालाई सडकमा उतारियो । थारु आन्दोलनलाई दबाइयो भने मधेसका आन्दोलनकारीहरु सीमातिर पठाइए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बनाएर चार मधेसवादी दलले आन्दोलनको अगुवाइ गरे । आफूलाई काठमाडौंले हेपेको निश्कर्षमा उनीहरु नाकामा धर्ना दिएर काठमाडौंमा संकट निम्याउने रणनीति बनाए । मोर्चाको आन्दोलनलाई साथ दिँदै भारतले पनि अघोषित रुपमा नाकाबन्दी गर्यो । मधेस आन्दोलनका क्रममा झण्डै ५५ जना मारिए । आन्दोलनको विकल्प वार्ता नै भएको भन्दै वार्ता समितिहरु बनाइयो । दर्जनौं पटक वार्ता र संवादहरु भए पनि निश्कर्षमा पुगेन । झण्डै आधा वर्षसम्मको निरन्तर आन्दोलनबाट पनि निकास नआएपछि आन्दोलनकारीहरु थकित भए । आन्दोलन मत्थर हुँदै गयो । सरकारले पनि लामो आन्दोलनपछि आन्दोलनकारीहरु नै थकित भइ आन्दोलन मत्थर हुने योजनामा रह्यो । सरकारको नेतृत्व गरेका राजनीतिक दलका नेताहरुले नै विहारीहरुको आन्दोलन भएको आक्षेप लगाए भने आन्दोलनको साँचो दिल्लीमा भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली सम्बन्ध बढाउन भन्दै दिल्लीको राजकीय भ्रमण गर्न भ्याए । सीमांकन र नयाँ संविधानप्रति असन्तुष्टी जनाउँदै भएको आन्दोलन त मत्थर भयो तर निकास आउन सकेन । मधेसवादी दलले गरेको नाकाबन्दीको कठोर आन्दोलनको चौतर्फी आलोचना भएपछि अहिले जनतालाई दुःख नदिने प्रण गरेको छ । सिंहदरबारले मधेसको माग नसुनेको भन्दै राजधानीमा शक्ति प्रदर्शन गर्ने तथा सिंहदरबारमा शान्तिपूर्ण धर्ना दिने कार्यक्रम आदिवासी जनजातिसहितको संघीय गठबन्धनले अघि सारेको छ । आन्दोलनको जोखना जेठ १ गते सिंहदरबार घेराउ कार्यक्रम राखे पनि मधेसी कार्यकर्ताहरु काठमाडौंसँग पंखेजोरी खोज्न राजधानी आउँने सम्भावना भने न्यून छ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले राजधानीमा शक्ति प्रदर्शन गरी आन्दोलनको जोखना गरिरहेको छ भने मधेसी दलहरुको राजधानी केन्द्रीत धर्नालाई असफल पार्न सरकारले हरसम्भव प्रयत्न गरिरहेको छ । असफल पार्न प्रहरीको पूर्वाभ्यास राजधानी केन्द्रित आन्दोलन नै गर्न नदिने गरी सरकारले सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ । मोर्चाको राजधानी केन्द्रित प्रदर्शनलाई असफल पार्न प्रहरीले केही दिनदेखि पूर्वाभ्यास नै थालिसकेको छ । काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन तथा धर्ना जुलुससमेत गर्न नदिएर सरकारले पुनः मधेसवादी दलहरुलाई सीमानाकातिर फर्काइदिने संकेत गरेको छ । मुठभेड निम्तिने खतरा एकातर्फ आन्दोलनरत मधेसी दलहरुलाई वार्ताका लागि पत्र पठाएर औपचारिकता निभाउने अर्कोतर्फ शान्तिपूर्ण धर्ना कार्यक्रमसमेत गर्न नदिएर सीमानाकातिर धपाइदिने सरकारको दोहोरोचरित्रले फेरि पनि मुठभेड निम्तिने खतरा बढेको छ । विश्वमै उत्कृष्ट संविधान भनिए पनि मधेसी, जनजाति, दलित, महिला तथा पिछडावर्गको असन्तुष्टी कायमै छ । त्यसैले संविधानसभाबाट जारी भएको पहिलो संविधान कार्यान्वयनका लागि सबै पक्षको सहमति आवश्यक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending