Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

अन्ततः फेरि फुट्यो वैद्य माओवादी

\"kiran=badal\" काठमाडौं । पटक पटक विभाजनको शिकार भएको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पुनः विभाजित भएको छ । एकीकृत माओवादीसँग एकता गर्नेबारेमा छलफल हुँदै गर्दा पार्टी फुटको अवस्थामा आएको हो । माओवादी विभाजित भएका कारण माओवादी आन्दोलन कमजोर बनेको भन्दै माओवादीहरुबीचको एकताको बहस चर्किँदै गर्दा वैद्य माओवादी फुटतर्फ गएको हो । एमाओवादीसँगको एकताबारे छलफल गर्न भन्दै १२ चैतमा बोलाइएको केन्द्रीय समितिको बैठकमा विवाद चर्किएपछि अध्यक्ष वैद्यले वैठक एक महिनालाई स्थगित गरिदिएका थिए । एक महिनालाई वैठक स्थगित गरेर एक महिनापछि पनि बैठक नबसालेको भन्दै क्रान्तिकारी माओवादीका सचिवालय सदस्य तथा संगठन ब्युरो प्रमुख रामबहादुर थापा ‘बादल’ले बैठक आह्वान गरेपछि पार्टी विभाजित हुन पुगेको हो । बादलले बोलाएको केन्द्रीय समितिको बैठक मंगलबार दिउँसो १ बजेदेखि कुपण्डोलमा बस्दैछ । बादलले बोलाएको केन्द्रीय समिति बैठकमा अध्यक्ष वैद्यलाई समेत बोलाइएको उनी निकट केन्द्रीय सदस्य पूर्णबहादुर घर्तीले बताए । वैठकमा बैद्य अनुपस्थित भएमा पनि एमाओवादीसँगको एकताबारेको बहसमा छलफल केन्द्रीत हुने उनले बताए । वैठकमा एकता कसरी गर्ने भन्नेबारेमा नै निर्णय गरिने उनले बताए । राष्ट्रिय सम्मेलन तय गरी सबै कमिटी विघटनपछि सचिवालय सदस्य मात्रै रहेका बादललाई वैद्यले कार्यालय सचिवमा नियुक्त गरेकाले बादलले केन्द्रीय समितिको बैठक बोलाउने हैसियत नराख्ने वैद्य निकट नेताहरु बताउँछन् । अध्यक्ष वैद्यले भने जेठ २ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् । एकीकृत नेकपा माओवादीबाट अलग भएको तीन वर्ष नपुग्दै नेत्रविक्रम चन्द ‘विप्लव’ एक वर्षअघि विभाजित भएका थिए । मूल नेतृत्वसँग असन्तुष्टी जनाउँदै विप्लवले गत वर्ष २०७१ मंसिर ८ गते वैद्य र बादललाई पत्र बुझाएर सम्बन्ध विच्छेदको घोषणा गरेका थिए । वैद्यसँग अलग भएपछि विप्लवले नेकपा माओवादी गठन गरेका छन् भने केही समयअघि मात्रै परि थापाको नेकपा (एकीकृत)सँग एकता गरी वैद्य माअोवादीले नेकपा क्रान्तिकारी माअोवादी गठन गरेका छन् । यसअघि २०६९ असार ४ मा एमाओवादीबाट अलग भई नेकपा–माओवादी गठन भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: