Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

दुई माओवादी छिट्टै एक हुन्छ : रायमाझी

\"Top भक्तपुर । उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले विभाजित अवस्थामा रहेको दुई माओवादी छिट्टै एक हुने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । उनले सरकार बनाउने र ढाल्ने क्रम शुरु भएतापनि बजेट आउनु अघिसम्म सरकार परिवर्तन नहुने समेत बताए । उपप्रधानमन्त्री रायमाझीले नीति तथा कार्यक्रमको सम्पूण तयारी भईसकेको र सरकार परिवर्तनले सबै क्षेत्रलाई प्रभाव पार्ने भएकाले समेत राजनीतिक समिकरणमा कुनै परिवर्तन नहुने प्रष्ट पारे । नेपालको संसदमा सबैभन्दा ठूलो पार्टी काँग्रेस भएकाले र उ सरकारमा नरहेको अवस्थाका कारण सरकार परिवर्तनका लागि उसले गर्ने कसरत समेत स्वभाविक रहेको उनको भनाई छ । उपप्रधानमन्त्री रायमाझीले वर्तमान समयमा सरकार गिराउने र बनाउने भन्दा राष्ट्रिय सरकारको आवश्यकता रहेको बताए । बहुमतीय प्रणालीमा सरकार परिवर्तन भएपनि कुनै परिवर्तन नहुने भएकाले सकेसम्म काँग्रेसलाई समेत समेटेर राष्ट्रिय सरकार निमार्णमा लाग्नु पर्नेमा उनले जोड दिए । राष्ट्रपतिको भारत भ्रमण र राजदुत फिर्ता बोलाउने काम कुटनीतिक पहल भएको भन्दै उनले प्राकृतिक प्रकोप र नेपालको आन्तरिक राजनीतिका कारण भ्रमण रोकिएको जिकिर गरे । उनले सरकारलाई असफल भयो भन्नु गलत हुने बताउँदै सरकारले भुकम्प त्यसपछिको मधेश आन्दोलन र अघोषित नाकाबन्दीका कारण सोचे अनुसार काम गर्न नसक्नुलाई सरकार असफल भयो भनि टिप्पणी गनु गलत हुने बताए । ६ जना उपप्रधानमन्त्री नेपालकालागि सुहाउँदो नभएतापनि जनताको जनादेश भएको बताउँदै उपप्रधानमन्त्री रायमाझीले भने, ‘जनताले कसैलाई बहुमत नदिएका कारण जनताकै आदेशमा छ उपप्रधानमन्त्रीको आवश्यकता भएको हो ।’ पछिल्लो समय एमाओवादी र बैद्य पक्षबीचको एकताको कामले तिब्रता पाएको भन्दै अव छिट्टै नै दूई पार्टी एक हुने उनले दावी गरे । उर्जाको प्रवर्धनमा नेपाल सरकार लागि परेको बताउँदै उनले नेपालीले भोग्नु परेको लोडसेडिङ अव छिटो भन्दा छिटो अन्त्य गर्न सरकार लागि परेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending