Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

दुई माओवादी छिट्टै एक हुन्छ : रायमाझी

\"Top भक्तपुर । उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले विभाजित अवस्थामा रहेको दुई माओवादी छिट्टै एक हुने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । उनले सरकार बनाउने र ढाल्ने क्रम शुरु भएतापनि बजेट आउनु अघिसम्म सरकार परिवर्तन नहुने समेत बताए । उपप्रधानमन्त्री रायमाझीले नीति तथा कार्यक्रमको सम्पूण तयारी भईसकेको र सरकार परिवर्तनले सबै क्षेत्रलाई प्रभाव पार्ने भएकाले समेत राजनीतिक समिकरणमा कुनै परिवर्तन नहुने प्रष्ट पारे । नेपालको संसदमा सबैभन्दा ठूलो पार्टी काँग्रेस भएकाले र उ सरकारमा नरहेको अवस्थाका कारण सरकार परिवर्तनका लागि उसले गर्ने कसरत समेत स्वभाविक रहेको उनको भनाई छ । उपप्रधानमन्त्री रायमाझीले वर्तमान समयमा सरकार गिराउने र बनाउने भन्दा राष्ट्रिय सरकारको आवश्यकता रहेको बताए । बहुमतीय प्रणालीमा सरकार परिवर्तन भएपनि कुनै परिवर्तन नहुने भएकाले सकेसम्म काँग्रेसलाई समेत समेटेर राष्ट्रिय सरकार निमार्णमा लाग्नु पर्नेमा उनले जोड दिए । राष्ट्रपतिको भारत भ्रमण र राजदुत फिर्ता बोलाउने काम कुटनीतिक पहल भएको भन्दै उनले प्राकृतिक प्रकोप र नेपालको आन्तरिक राजनीतिका कारण भ्रमण रोकिएको जिकिर गरे । उनले सरकारलाई असफल भयो भन्नु गलत हुने बताउँदै सरकारले भुकम्प त्यसपछिको मधेश आन्दोलन र अघोषित नाकाबन्दीका कारण सोचे अनुसार काम गर्न नसक्नुलाई सरकार असफल भयो भनि टिप्पणी गनु गलत हुने बताए । ६ जना उपप्रधानमन्त्री नेपालकालागि सुहाउँदो नभएतापनि जनताको जनादेश भएको बताउँदै उपप्रधानमन्त्री रायमाझीले भने, ‘जनताले कसैलाई बहुमत नदिएका कारण जनताकै आदेशमा छ उपप्रधानमन्त्रीको आवश्यकता भएको हो ।’ पछिल्लो समय एमाओवादी र बैद्य पक्षबीचको एकताको कामले तिब्रता पाएको भन्दै अव छिट्टै नै दूई पार्टी एक हुने उनले दावी गरे । उर्जाको प्रवर्धनमा नेपाल सरकार लागि परेको बताउँदै उनले नेपालीले भोग्नु परेको लोडसेडिङ अव छिटो भन्दा छिटो अन्त्य गर्न सरकार लागि परेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: