Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

लुम्बिनीका ६ जिल्लामा माओवादीको प्रदर्शन

\"IMG_7977-750\" बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृतवको नेकपा माओवादीका अर्घाखाँची सेक्रेटरी गंगाप्रसाद ज्ञवाली सुमनलाई प्रहरीले गत वुधबार गिरफ्तार गरेको विरोधमा आज लुम्बिनी व्यूरोका ६ बटै जिल्लाले विरोधस्वरुप कोणसभा सम्पन्न गरेका छन् । रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र गुल्मीले अर्घाखाँची सेक्रेटरीलाई पार्टीको कामको शिलशिलामा जादा प्रहरीले गिरफ्तार गरेको भन्दै तुरुन्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिईएको छ । रुपन्देहीको विरोध सभामा बोल्दै रुपन्देहीका सेक्रेटरी शरद ओलीले प्रतिक्रियावादी राज्यसत्ताले झुट्टा मुद्दा लगाएर, माओवादीहरुलाई तारो बनाएको भन्दै मुद्दा लगाउनेका मुद्दासमेत जनसरकारमा दाखिल गर्ने र कारबाही आफूहरुले पनि गर्ने बताए । [caption id=\"attachment_73027\" align=\"alignleft\" width=\"195\"]\"गंगाप्रसाद गंगाप्रसाद ज्ञवाली \'सुमन\'[/caption] त्यस्तै विरोध सभामा नवलपरासीका सेक्रेटरी जुझारु, कपिलवस्तुका सक्रेटरी संगम, पाल्पा सेक्रेटरी धिरज, गुल्मी सेक्रेटरी विष्णु लगायतले आफ्नो पार्टीका नेतालाई विनासर्त रिहा नगरेमा आफुहरुले जस्तोसुकै कदम पनि चाल्न तयार रहेको बताउँदै, जनमुखी काम गर्दा दलालहरु तर्सेर अनावश्यक मुद्दाहरु लाएको भन्दै विरोध गरे । यता लुम्बिनी व्यूरो ईन्चार्ज विरजंगले एक विज्ञप्ती मार्फत अर्घाँखाची सेक्रेटरी सुमनलाई विनासर्त नछोडिए, यसले ठुलो रुप लिने र स्वंय प्रतिक्रियावादी राज्यसत्तालाई जनसरकारको कठघरामा उभ्भाउने बताए । झण्डै ६ महिना अगाडीमात्रै जिल्ला सेक्रेटरी बनेर पुगेका सुमन लामो समयदेखी माओवादी राजनीतिमा सक्रिय नेता हुन्, यसअघी नवलपरासीमा रहेका उनलाई जिल्लास्थित प्राकृतिक सम्पत्तिको दोहन गरीरहेको स्काईभेटर आगजानी गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो । \"12345-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: