Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

‘बुद्धसम्बन्धी केही भ्रम चिरिन्छ’

\"gautambuddha\"काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बौद्ध सम्मेलनबाट बुद्ध सम्बन्धी केही भ्रमहरु चिरिने विश्वास ब्यक्त गरेका छन् । २५६०औँ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मुल समारोह समितिको सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सम्मेलनबाट बुद्धसम्बन्धी भ्रम चिर्न सफल हुने बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले बुद्धसम्बन्धी केही भ्रम रहेको उल्लेख गर्दै ती भ्रमहरु चिर्न सम्मेलन सफल हुने बताए । बुद्ध सम्बन्धी प्रचारप्रसारको कमीले भ्रम फैलिएको उनको भनाइ थियो । सम्मेलनले बुद्ध र बुद्ध दर्शन नेपालबाट सुरु भएको प्रमाणित गर्ने समेत उनले दाबी गरे । प्रधानमन्त्री ओलीले बुद्धजयन्ती र अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन मनाउन सिङ्गो नेपाल उत्साहित भइरहेको र राजनीतिज्ञ, सरकारी उच्च अधिकारी, धार्मिक संस्थाहरु सबैको एक्यबद्धता रहेको बताए । गौतम बुद्धको जन्मभूमि लुम्बिनी भएकाले बुद्धजयन्ती लुम्बिनीमै मनाइने भए पनि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भने काठमाडौँमा गर्न लागेको जानकारी दिए । बैठकमा उपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले शान्तिका अग्रदूत गौतम बुद्धको जन्म र कर्म थलो नेपाल नै भएकाले नेपाल बौद्ध दर्शनको मुहान भएको बताए । “लुम्बिनी, नेपाल: भगवान् बुद्धको जन्मस्थल तथा दर्शनको उद्गमस्थल” भन्ने नाराका साथ आगामी जेठ ७ र ८ गते अन्तर्राष्ट्रिय गोष्ठी काठमाडौँमा तथा २५६० औँ बुद्धजयन्ती समारोह लुम्बिनीमा जेठ ८ गते मनाइदैछ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बनेको ५०१ मूल समारोह समितिको बैठकमा मूल समारोह समितिका सदस्य–सचिव बच्चुनारायण श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै सम्मेलनमा १३ देशका संस्कृति मन्त्रीहरु आउने जानकारी दिए । सम्मेलनमा १८ विदेशी र छ नेपाली गरी २४ वटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ । बौद्ध सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने तयारी गरे पनि त्यसबारेमा भने सरकारले कुनै जानकारी गराएको छैन । स्रोतका अनुसार नेपाल आउन लागेका मोदी राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित गरेपछि नेपाल नआउने भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending