Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

के गर्दैछन्, मधेसवादी दलहरु ? किन उठ्न सकेन आन्दोलन ?

\"madheshi काठमाडौं । नयाँ संविधान जारी नहुँदै सीमांकनमा असन्तुष्टी जनाउँदै आन्दोलनमा उत्रिएका मधेसवादी दलहरुको आन्दोलन अहिले पनि कायमै छ । तर नयाँ संविधान जारी भएपछि भएको नेपाल–भारतको सीमा नाकामा धर्ना जस्ता आन्दोलनका कार्यक्रम भने अहिले छैनन् । तर आन्दोलन कायमै रहेको आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध नेताहरुले बताउने गरेका छन् । आफैलाई नै कष्ट हुने गरी नाकाबन्दीसहितको कार्यक्रम गरेर आलोचित भएपछि मोर्चाले अहिले जनतालाई कष्ट नहुने गरी शान्तिपूर्ण आन्दोलन गरेको जनाएको छ । आन्दोलन औपचारिकतामा सीमित लामो समयको आन्दोलन र सैयौं पटकका वार्ता र संवादबाट पनि निकास ननिस्किएपछि मोर्चाले संघीय गठबन्धनको नामबाट वैशाख १५ गतेदेखि पुनः आन्दोलन थालेको छ । यसअघि मधेसमा मात्रै आन्दोलन गरेका मधेसवादी दलहरुले वैशाख १५ गतेदेखि देशब्यापी आन्दोलन घोषणा गरेका छन् । ज्ञापनपत्र बुझाउने, र्याली, प्रदर्शन तथा सभा सम्मेलन गरी आन्दोलन गर्ने घोषणा गरे पनि देशब्यापी आन्दोलन मात्र नभइ मधेसमा समेत कार्यकर्ताले साथ छाडेका छन् । देशैभरका जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने, जिल्लास्थित सरकारी कार्यालयहरुमा कालोझण्डा गाड्ने, सदरमुकाम तथा मुह्य सहरहरुमा र्याली, प्रदर्शनी र आमसभाका कार्यक्रमहरु सम्पन्न भइसकेका छन् । पूर्वको विराटनगरदेखि पश्चिमको कञ्चनपुरसम्मको निर्धारित गरिएको विरोधसभाका कार्यक्रमहरु पनि सम्पन्न भइसकेका छन् । गठबन्धनले सोमवार धरान, राजविराज, दाङ, महोत्तरी, रौतहट र कंचनपुरमा एकै साथ विरोधसभाको आयोजना गरेको छ । तर वैशाख १५ गतेदेखि भएका आन्दोलनका कार्यक्रमहरु भने केवल औपचारिकतामा मात्र सीमित भएका छन् । संघीय गठबन्धनभित्रको असन्तुष्टी यसअघि मधेसमा आन्दोलन चर्काएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा संघीय समाजवादी फोरमसहित चार मधेसवादी दल मात्रै संलग्न थिए । आन्दोलन मत्थर हुँदै गर्दा अन्य साना तीन मधेसी दल पनि मोर्चामा गाभिए । अहिले पनि कडा आन्दोलन चर्काउने भन्दै आन्दोलन घोषणा गरेको संघीय गठबन्धनमा विभिन्न नामका २७ संघ–संगठनहरुले ऐक्यवद्धता जनाएका छन् । धेरै जातीय मोर्चाहरुको साथ रहेको भनिए पनि गठबन्धनमा आवद्ध भनिएका संघसंस्थाहरुले आन्दोलनमा साथ दिएनन् । मधेसी मोर्चामा आवद्ध भनिएका सात दल मध्ये संघीय समाजवादी फोरममा मात्रै गैर मधेसी कार्यकर्ता छन् । अशोक राई समूहको संघीय समाजवादी पार्टीसँगको एकता भएकाले फोरमले आफूलाई राष्ट्रिय पार्टीको रुपमा आंकलन गर्ने गरेको छ । मधेसी र गैरमधेसीबीच मतान्तर संघीय समाजवादी फोरमकै बलमा गठबन्धनको ब्यानरमा देशब्यापी आन्दोलन घोषणा गरिएपछि मधेसलाई मात्रै आफ्नो राजनीतिक थलो बनाएका मधेसी दलका नेताहरु रुष्ट भएका हुन् । आदिवासी जनजातिसँग मिल्न नसकिने भन्ने मधेसी नेताहरु मात्र होइन, चौतर्फी आलोचना खेपेको मधेसी दलहरुसँग आन्दोलन हुन नसक्ने भन्दै फोरमकै जनजाति नेता कार्यकर्ता असन्तुष्ट छन् । मधेसी र गैरमधेसी दलको मतमतान्तरकै कारण अहिले न त मधेसमा आन्दोलन उठ्न सक्यो न त पहाडमा नै आन्दोलन उठ्ने सम्भावना छ । राजधानीमा शक्ति प्रदर्शन आन्दोलनको उत्कर्ष स्वरुप गठबन्धनले जेठ १ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने योजना बनाएको छ । १५ दिने आन्दोलनका क्रममा प्रचारात्मक अभियान चलाउने र देशैभरका कार्यकर्तालाई काठमाडौं उतारेर शक्ति देखाउने उनीहरुको तयारी छ । तर मधेस काठमाडौंको विरोधी र काठमाडौं मधेसीहरुको विरोधीजस्तो देखिएकाले मधेसी कार्यकर्ताहरु काठमाडौं आन्दोलन गर्न आउने आँट गर्दैनन् भने मधेसीको आन्दोलन भन्दै जनजातिहरुले पनि साथ नदिने सम्भावना देखिएको छ । मधेसका मठाधिस न जनजातिका अगुवा मधेसका मठाधिस भन्नेहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोहरुको सत्ताप्रतिको लालसाले कार्यकर्ताले विश्वास गर्न छाडेका छन् भने जनजातिका हस्ती भन्नेहरु पद्मरत्न तुलाधर, परशुराम तामाङ, मल्ल के सुन्दर तथा लिम्बुवानका हार्डलाइन कुमार लिङदेनहरुले मधेसीलाई साथ दिएको भन्दै जनजाति कार्यकर्ताहरुले नै पत्याउन छाडेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending