Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

श्रम कार्यालयमै प्रहरीको छापा, ट्राभल एजेन्सीहरु पनि प्रहरीको फन्दामा

\"sram काठमाडौं । श्रम विभागमा विकृति भेटिएको भन्दै महानगरीय अपराध महाशाखा काठमाडौंले सोमवार श्रम विभागमा छापा मारेको छ । वैदेशिक रोजगारीका नाममा ठगी गरेको भन्दै केही समयअघि राजधानीका डेढ दर्जन म्यानपावरमा एकैसाथ छापा मारेको प्रहरीले कारबाही अगाडि बढाउन नसकिरहेको बेला सोमवार श्रम विभागमा नै छापा मारेको हो । श्रम स्टीकरका नाममा विकृति भेटिएपछि महानगरीय अपराध महाशाखाले काठमाडौंको ताहाचलस्थित श्रम कार्यालयमा छापा मारेको हो । श्रम स्टिगरका सम्बन्धमा परेको उजुरीका आधारमा प्रहरीले छापा मारेको हो । श्रम कार्यालयले एक पटक पनि विदेश नगएकाहरुलाई पुनः प्रवेशको श्रम स्टीकर टाँस गर्ने गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । प्रहरीमा परेको उजुरीका आधारमा छापा मारिएको एसएसपी सर्वेन्द्र खनालले बताए । पुनःप्रवेशको स्टिगर लगाइएपछि फेरि जान लागेको भन्दै अध्यागमले पनि कडाइपूर्वक चेकजाँच नगर्ने भएकाले जस्तासुकै युवाहरु पनि विदेश जान सक्ने आशंका प्रहरीको छ । प्रहरीले श्रम कार्यालय ताहाचलबाट विभिन्न कागजातहरु समेत नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार विभागकै कर्मचारी, श्रम कार्यालयमा खटिएका प्रहरी, म्यानपावरका श्रम प्रतिनिधिले सेटिङ मिलाएर विदेश पठाउने गरेका छन् । वैदेशिक रोजगारका सम्बन्धमा अख्तियारमा समेत उजुरी परेपछि अख्तियारले समेत केही समय त्रिभुवन विमानस्थलमै अड्डा जमाएर बसेको थियो । तर विभागबाटै मिलाइएका सेटिङ अख्तियारले समेत भेऊ नपाउने म्यानपावर दलालीहरु बताउँछन् । त्यस्तै प्रहरीले अन्य केही म्यानपावर तथा ट्राभल एजेन्सीहरुमा पनि सोमवार नै एकैसाथ छापा मारेको छ । गौशालामा रहेको इन्टरनेसनल ट्रेड लिंक, हिमालयन रेड पाण्डा ट्राभर एण्ड टुर, एयरपोर्टमा रहेको किंङस् अकवर टुर एण्ड ट्राभल र सिटी टुर एण्ड ट्राभलमा छापा मारेको छ । म्यानपावरहरुले ट्राभल एजेन्सीहरुको मिलेमतोमा नक्कली टिकेटिङ गर्ने गरेको भन्दै प्रहरीले ट्राभल एजेन्सीहरुमा छापा मारेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies