Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

एक नम्बर प्रदेशको राजधानी ‘धनकुटा’

\"dhankuta धनकुटा । एक नम्बर प्रदेशको राजधानी धनकुटा बनाउन माग गर्दै त्यस क्षेत्रका बासिन्दाले आन्दोलन चर्काउने भएका छन् । स्थानीय नेता कार्यकर्ताको सक्रियतामा आन्दोलन चर्काउने तयारी गरिएको हो । धनकुटामा वृहत सर्वपक्षीय भेलाको आयोजना गरी भौतिक पूर्वाधार, सामथ्र्य, सुरक्षा र सुन्दरताका दृष्टिकोणले धनकुटालाई एक नम्बर प्रदेशको राजधानी बनाउन दबाब दिने निर्णय गरिएको हो । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी तत्काल घोषणा गर्न नेपाल सरकार समक्ष माग गर्दै त्यसका लागि सवै किसिमको अभियान संचालन गर्ने उनीहरुले निर्णय गरेका छन् । संविधान विरोधी दलहरूले पनि अान्दोलनलार्इ साथ दिने भएका छन् । धनकुटाका सासंद मनोहरनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको वृहत सर्वपक्षीय भेलामा पूर्व सासंद लीला सुब्बा, नेपाली कांग्रेस धनकुटाका सभापति अग्नि पौडेल, नेकपा एमाले धनकुटाका प्रचार विभाग प्रमुख नैन विश्वकर्मा, एकीकृत नेकपा माओवादीका सचिव ऋषिराम ढुंगाना, नेकपा माओवादी क्रान्तिकारीका गोपाल विक, राप्रपा नेपालका प्रवक्ता चन्द्र विष्ट, राष्टिय प्रजातन्त्र पार्टीका टिकाप्रसाद घिमिरे, संघीय समाजवादी फोरम नेपालका गोपाल लिम्बु, लिम्बुवान पार्टीका चन्द्रसिंह नेम्वाङ, राष्ट्रिय जनमोर्चाका तुलमान राई, जनमुक्ति पार्टीका हरी भक्त वान्तवा लगायतले सवै प्रकारले उपयूक्त रहेको धनकुटालाई प्रादेशिक राज्यको राजधानी बनाउन जस्तो सुकै मल्य चुकाउन तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन । नेपाल मानवअधिकार एलायन्सका केन्द्रीय उपाध्यक्ष विदुर सुवेदी, अधिवक्ता तेजनारायण सिंह राईले धनकुटालाई प्रादेशिक राज्यको राजधानी बनाउनका लागि अवधारण प्रस्तुत गरेका थिए । कार्यक्रमका धनकुटा वहुमुखी क्याम्पसका प्रमुख निरञ्जन वस्ती, पूर्व क्याम्पस प्रमुखहरु उपेन्द्र पोखरेल, नारायण जोशी, प्राध्यापकहरु डा.शम्भु खतिवडा, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, धनकुटा बजार व्यवस्थापन समितिका कुसुम राना, सम्पादक मञ्चका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले धनकुटालाई प्रदेशको राजधानी बनाउन सबै एक भइ अघि बढ्नुपर्नेमा जोड दिएका थिए । सडक सञ्जाल, हजारौ सरकारी जग्गा, ४ सय भन्दा बढी ठूला ठूला सरकारी भवनहरु, मजमुद सुरक्षा, उपयूक्त हावापानी लगायत भौतिक पूर्वाधार, सार्मथ्यले पनि उपयूक्त रहेको धनकुटलाई प्रदेश नम्बर १ को राजधानी बनाउन भेलाले धनकुटाबाट प्रतिनिधित्व गर्ने ७ जना सांसदहलाई समिति निर्माण गरेर तत्काल सवै किसिमको अभियान संचालन गर्ने निर्णय गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending