Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

ओलीले ‘चिठी खल्तीमा, हल्ला बजारमा मान्दिनँ’ भनेपछि यसरी थामियो सत्ता

\"oli\"काठमाडौं । राजीनामाका लागि कुनै मिति तोकेर सत्तामा बस्नुभन्दा अहिले नै राजीनामा गर्ने अडान लिएपछि प्रधानमन्त्री केपी ओलीको बोलीकै आधारमा एमाओवादी नेता पुष्पकमल दाहाल प्रचण्डले सत्ताको विद्रोह फिर्ता लिएको बुझिएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–दाहालले कांग्रेसको समर्थनमा आफ्नै सरकारको नेतृत्व गर्ने र त्यसमा सहयोग पुर्याउन ओलीसँग आग्रह गरेपछि प्रधानमन्त्रीकै आग्रहमा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले बजेट पारित भएलगत्तै ओलीले राजीनामा गर्ने र एमालेकै प्रस्तावमा दाहाल प्रधानमन्त्री बन्ने प्रावधानसहितको तीनबुँदे सहमति मस्यौदा तयार गरेका थिए। ुसहमतिको वातावरण बनाउनुस् म छोड्न तयार छु तर मिति तोकेर राजीनामा गर्छु भन्नु भन्दा अहिले बस्न लागेको मन्त्रपरिषद्मै घोषणा गरिदिन्छु राजीनामाु भन्दै ओली कड्किएपछि एमाले नेतात्रयले चिठी सार्वजनिक नगरी खल्तीमै मात्र राख्न सुझाव दिए। ुचिठी खल्तीमा, हल्ला बजारमारु म मान्दिनँु भन्ने अडान ओलीले लिए। तर पछि दाहालले त्यसमा कुनै आपत्ति नजनाई समर्थन निरन्तरता दिने प्रतिबद्धता जनाएपछि सरकारको निरन्तरता सुनिश्चित भएको थियो। ओली सरकारले एमाओवादी समर्थनको निरन्तरता सुनिश्चित गरेपछि ुभारतीय चलखेलु र उसको राजदूतको राजनीतिमा खुला संलग्नतालाई मुद्दा बनाउने सामूहिक निर्णय एमाले, एमाओवादी नेतृत्वले गरे त्यसै बेला। राष्ट्रपति विद्या भण्डारीको प्रस्तावित भारत यात्रा रद्द, दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने र भारतीय राजदूत रन्जित रेलाई चेतावनी दिने सहमति पनि त्यहीं गरिएको उच्च सरकारी स्रोतले अन्नपूर्णलाई बतायो। उज्जैन महाकुम्भ पुग्नुअघि दिल्ली बसाइका क्रममा राष्ट्रपति भण्डारीप्रति भारत सरकारको आतिथ्य उपयुक्त नदेखिएपछि निर्धारित प्रस्थानको ७२ घन्टाअघि यात्रा रद्द गरिएको सरकारका एक उच्च पदाधिकारीले जानकारी दिए। नाम नखुलाउने सर्तमा अन्नपूर्णलाई दिइएको जानकारीअनुसार भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आमन्त्रणमा ुतपाईं उज्जैन जाने भएकालेु दिल्लीमा आफ्नो अतिथि बन्न आग्रह गरिएको र दिल्ली बसाइका क्रममा भण्डारीको प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट सात कोर्स रोड ९प्रधानमन्त्री निवास० मा निर्धारित गरिएपछि यात्रा अघि नबढाउने निर्णय गरिएको हो। राष्ट्रपति भण्डारीको भ्रमण रद्द गरिएको जानकारीसँगै दिल्लीस्थित नेपाली राजदूत उपाध्यायलाई राजीनामा गर्न बिहीबार मध्याह्नतिर परराष्ट्र सचिवले टेलिफोनमार्फत सूचित गरेको र दिइएको समयभित्र राजीनामा नआएपछि उनलाई बर्खास्त गरिएको स्रोतले बतायो। उपाध्याय बुधबार काठमाडौं फर्कंदैछन्। सरकारले लिएका यी दुवै निर्णय प्रधानमन्त्री ओलीलाई हटाउन भएको कसरत र त्यसमा भारतको आशंकित भूमिकाको सेरोफेरोमा गरिएको हो। उपाध्यायलाई यसअघि कमसेकम दुईपल्ट प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले राजदूत भएर दलीय राजनीति नगर्न र बिनासूचना दिल्ली नछोड्न चेतावनी दिए पनि त्यसलाई बेवास्ता गरेको मन्त्रालय स्रोतले बतायो। केही साताअघि भारतीय राजदूत रेसँग संवेदनशील तथा तनावग्रस्त पश्चिमी क्षेत्रमा जान लागेका उपाध्यायलाई बाटैबाट फिर्ता बोलाइएको थियो। यसपल्ट सरकार गिराउने कसरत हुँदा उपाध्याय एवं कांग्रेस सांसद र रेसँग निरन्तर सम्पर्कमा रहेको र मन्त्रालयमा जानकारी नदिई काठमाडौं आएपछि उनलाई हटाउने निर्णय प्रधानमन्त्री र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले गरेपछि मन्त्रिपरिषद्बाट अनुमोदन गराइएको थियो। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले भारतीय राजदूत रेलाई पनि नेपालको राजनीतिमा नलाग्न सुझाव दिएका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending