Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

सरकारको आयु अब एक महिना मात्रै !

\"singa-darbar-cabinet काठमाडौं । सत्तारुढ प्रमुख घटक एकीकृत नेकपा माओवादीसँग नौं बुँदे सहमति गरी बाँचेको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको आयु अब कति भन्ने बहस सबैतिर चलेको छ । आगामी बजेट ल्याउँदासम्म यही सरकारलाई टिकाइराख्ने भनी एकीकृत माओवादीसँग सहमति भएको सत्तारुढ दलका नेताहरु बताउँछन् । तर एमाओवादीसँग भएको नौं बुँदे सहमतिमा भने सरकार परिवर्तन गर्नेबारेमा कुनै कुरा उल्लेख छैन । आगामी बजेट ल्याउँदासम्म ओली सरकारलाई नै कायम राख्ने र त्यसपछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा एमालेकै समर्थनमा सरकार बनाउने भित्री सहमति भएको आशंका सबैतिर गरिएको छ । ओली सरकारमा रहेका एकीकृत माओवादीका नेता तथा उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आगामी बजेटसम्म यहि सरकार कायम रहने भन्दै सरकारको आयु धेरै दिन नरहेको संकेत दिए । भक्तपुरमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले सरकार बनाउने र ढाल्ने क्रम शुरु भइसकेको उल्लेख गर्दै उनले यो क्रम शुरु भइसके पनि आगामी बजेट सम्म सरकार नढल्ने बताए । नयाँ संविधानअनुसार जेठ १५ गते भित्र बजेट ल्याइसक्नुपर्छ । केही समयको संजिवनी बुटी पाएका प्रधानमन्त्री ओलीले भने आफ्नै सरकारलाई स्थानीय निकायको निर्वाचनसम्म निरन्तरता दिने योजना बुनिरहेका छन् । त्यसैले शनिबार मात्रै प्रधानमन्त्री ओलीले आगामी कात्तिक–मंसिरमा स्थानीय निकायको निर्वाचन हुने अनौपचारिक समय घोषणा गरेका छन् । चार दिनअघि मात्रै एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेसको समर्थनमा आफ्नो नेतृत्वको सरकार बनाउने निर्णय सुनाएका थिए । तर उनले उक्त निर्णय भने २४ घण्टा नबित्दै उल्टाएका थिए । तत्काल ओली नेतृत्वको सरकार ढाल्ने निर्णय उल्टाउँदै प्रचण्डले नौं बुँदे सहमति गरेका थिए । एमाले–एमाओवादीबीच आलोपालो सरकारको नेतृत्व लिने भित्री सहमति भएको आशंकामा सरकारमा सहभागी संसदको चौंथो ठूलो दल राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले भने प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुनै सहमति दुई दलबीच नभएको भन्दै लिखित सहमति अनुसार अघि बढ्ने भन्दै आफूसहितको सरकारको बचाउ गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies