Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

वैद्यको उर्दी– कार्यालय सचिवले बोलाएको बैठकमा भाग नलिनुस्

\"kiran=badal\" काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का कार्यालय सचिव रामबहादुर थापा ‘बादल’ले बोलाएको बैठकमा सहभागी नहुनु भन्दै अध्यक्ष मोहन वैद्यले आफू मातहतका केन्द्रीय सदस्यहरुलाई उर्दी जारी गरेका छन् । वैद्यले एकीकृत नेकपा माओवादीसहित विभाजित माओवादीहरुबीच एकताको गर्नेबारेमा निर्णय गर्न भन्दै बसेको १२ चैतको केन्द्रीय समिति बैठक चैत २८ गदेदेखि एक महिनाका लागि स्थगित गरेका थिए । एक महिनालाई बैठक स्थगित गरेर वैद्यले एकता टारेको भन्दै बादलले एकता पक्षधरहरुसँग छलफल चलाउँदै आएका थिए । एक महिनालाई स्थगित गरिएको बैठक पार्टीको आन्तरिक गृहकार्यका लागि भन्दै वैद्यले पुनः अर्को एक महिनालाई स्थगित गरेपछि बादलले नै बैठक बोलाएका छन् । वैठक स्थगित भएको ठीक एक महिनापछि बैशाख २८का लागि बादलले केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठकमा सहभागी नहुन वैद्यको उर्दी वैद्य माओवादीले परि थापा समूहको नेकपा एकीकृतसँग एकतापछि अध्यक्ष मात्रै रहने गरी पार्टी संरचनाहरु विघटन गरेको छ । केन्द्रमा केन्द्रीय सचिवालय समिति कायम गरिएको छ । अध्यक्षलाई सहयोग गर्न भन्दै कार्यालय सचिव बनाइएका बादलले केन्द्रीय समिति बोलाएको भन्दै वैद्यले आफ्ना पक्षधर नेताहरुलाई बैठकमा सहभागी नहुन उर्दी जारी गरेका छन् । बादलले भने २८ बैशाखको बैठकका लागि २७ गते नै सम्पर्क दिएका छन् । ‘अध्यक्षलाई सहयोगका लागि भन्दै बादललाई कार्यालय सचिव बनाइएको हो’, वैद्यलाई उद्धृत गर्दै वैद्य निकट केन्द्रीय सदस्यले भने, ‘कार्यालय सचिवले बोलाएको बैठकमा भाग नलिनुस् भनी सर्कुलर आएको छ ।’ बादलको निर्णयको पर्खाइमा वैद्य एकताका लागि कुरा नमिलेको भन्दै वैद्यले केन्द्रीय समितिको बैठक बसाल्न नचाहेपछि बादलले नै बोलाएको केन्द्रीय समितिबाटै वैद्य माओवादी विभाजित हुने निश्चित भएको छ । केन्द्रीय समिति बैठकबाट बहुमत पुर्याएर हो–हल्ला गर्न लागेको भन्दै वैठक टारेका वैद्यले बादलको निर्णय पर्खेर थप कदम चाल्ने योजनामा छन् । वैद्य आफू कसरी अगाडि बढ्ने भन्नेबारेमा बादलको निर्णयको पर्खाइमा छन् । पार्टी सिद्धान्तलाई ‘मर्न दिइन्न’ भन्दै वैद्यले बादलको निर्णयपछि थप निर्णय गर्ने भनी आफू निकट नेताहरुलाई ढाडस दिएका छन् । बादलले केन्द्रीय समिति बैठकबाट एमाओवादीसँग एकताका लागि वार्ता समिति बनाउने तयारी गरेको स्रोतको भनाइ छ । आगामी जेठ १ गतेसम्ममा एमाओवादीसँगको एकता प्रक्रियामा जाने बादलको योजना छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies