Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

नेपाल–भारत सम्बन्ध झनै टाढियो

\"nepal-bharat-flag\"काठमाडौं । केही समययता विग्रिएको नेपाल–भारतबीचको सम्बन्ध सुधार गर्ने प्रयास गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै दुई देशीय सम्बन्धमा चिसोपना ल्याइदिएका छन् । भारतको असन्तुष्टीका बाबजुद गत असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी गरिएपछि रुष्ट भएको भारतसँगको सम्बन्ध सुधार गर्न भन्दै प्रधानमन्त्री ओली गएको फागुनको पहिलो साता भारत भ्रमण गरेका थिए । भारतीय नाकाबन्दीका कारण आम नागरिकबाट भारतको आलोचना भइरहँदा दुई देशबीचको विग्रिएको सम्बन्ध सुधारकै लागि भन्दै प्रधानमन्त्री ओलीले गरेको भारत भ्रमणलाई राजकीय सम्मान समेत दिइएको थियो । राजकीय सम्मानका साथ भएको भारत भ्रमणबाट फर्किने बेला दुई देशका प्रधानमन्त्रीबीच संयुक्त बक्तब्य जारी नभएपछि दुई देशबीचको सम्बन्ध सुधार हुन नसकेको आशंका गरिए पनि प्रधानमन्त्री ओलीले सम्बन्ध सुधार भएको दाबी गर्दै आएका थिए । \"nepal-bharat-flag-2\"भारतमाथि आशंका प्रधानमन्त्री ओली दिल्ली भ्रमणबाट फर्किएको झण्डै तीन महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीको पनि भारत भ्रमण तय गरिएको थियो । तर पछिल्लो समय भारतले वर्तमान ओली नेतृत्वको सरकार ढाल्ने खेल खेलेको आरोप लगाउँदै राष्ट्रपतिको भ्रमण स्थगित गरिएपछि दुई देशबीचको सम्बन्धमा अर्को दरार पैदा भएको छ । राष्ट्रपति भण्डारी वैशाख २७ गते भारत भ्रमणमा जाने तय भएको थियो । तीन दिनअघि मात्रै २४ घण्टाभित्रै ठूलै राजनीतिक चलखेल भएको थियो । प्रमुख सत्तारुढ घटक एकीकृ नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नौं बुँदे सहमति भएर मात्रै ओली नेतृत्वको सरकार ढल्नबाट जोगिएको थियो । दीपकुमारमाथिको आरोप सरकार ढल्नबाट जोगिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाउने अर्को महत्वपूर्ण निर्णय गर्यो । उपाध्यायले भारतसँग मिलेर सरकार ढाल्न खोजेको ठहर गर्दै सरकारले राजदूतबाट फिर्ता बोलाएपछि दुई देशीय सम्बन्ध झनै चिसिएको छ । उपाध्यायले राष्ट्र हितबिपरित काम गरेकाले राजदूतबाट फिर्ता बोलाइएको सरकारका उपप्रधानमन्त्री तथा एमाले नेता भीम रावलले शनिवार सार्वजनिक अभिब्यक्ति दिएका थिए । राजदूत जस्तो ब्यक्तिले कुटनीतिक मर्यादा र राष्ट्रको हितबारेमा ख्याल गर्नुपर्नेमा राष्ट्रविरुद्ध लागेको उनले आरोप लगाए । परराष्ट्र मन्त्रालयलाई जानकारी नै नदिइ उपाध्यायले कार्यक्षेत्र छाड्ने, आन्दोलन जारी रहेको संवेदनशील क्षेत्रमा अर्को देशका राजदूतसँग कार्यक्रममा सहभागी हुने र सरकार ढाल्ने कसरतमा लागेको रावलले आरोप लगाए । उपाध्याय भारतको मिलेमतोमा सरकार ढाल्ने खेलमा लागेको आरोप लगाएको सरकारले राजदूतलाई फिर्ता बोलाउँदैमा सम्बन्ध नबिग्रने दाबी गरेको छ । राजदूत फिर्ताले भारतसँगको सम्बन्ध र समझदारी झनै बलियो बनाउन मद्दत गर्ने उपप्रधानमन्त्री रावलको दावी छ । सरकार ढाल्ने भारतीय चलखेल भन्दै राजदूत फिर्ता र राष्ट्रपतिको भ्रमण स्थगन एकसाथ गरेपछि वर्तमान ओली सरकारसँग भारत झनै टेँढिएको छ । बौद्ध सम्मेलनमा नेपाल भ्रमण गर्ने अनौपचारिक तयारी गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाल भ्रमण नगर्ने संकेत दिइसकेको अधिकारीहरुको बताउँछन् । संविधान कार्यान्वयनमा अर्को चुनौती संविधान जारी भएको सात महिनासम्म पनि कार्यान्वयन हुन नसकेपछि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बहस चलिरहँदा कांंग्रेस कोटाबाट भारतका राजदूत बनाइएका उपाध्यायलाई फिर्ता बोलाइएपछि कांग्रेस पनि सरकारसँग झनै रुष्ट बनेको छ । उपाध्यायलाई राजदूतबाट फिर्ता बोलाएर सरकारले मुठभेड निम्त्याएको नेपाली कांग्रेसका नेता शेखर कोइराला बताउँछन् । राजदूत फिर्तीको विषयमा सरकारले महंगो मूल्य चुकाउनुपर्ने कांग्रेसले चेतावनी दिइसकेको छ । ओली सरकार ढाल्ने योजना २४ घण्टामै भत्किनु तथा आफ्नो कोटाबाट बनाइएका राजदूतलाई फिर्ता बोलाउनु जस्ता कारणबाट प्रमुख विपक्षी दल कांग्रेस झनै क्रुद्ध बनेको छ । सात महिनाभन्दा बढी समयदेखि आन्दोलन गर्दै मधेसवादी दलको आन्दोलनले निकास नपाइरहेको बेला संविधान कार्यान्वयनमा जोड दिएको प्रमुख विपक्षी दल कांग्रेस झनै टाढा हुनुले गर्दा संविधान कार्यान्वयनको चुनौती झनै बढेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies