Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

राष्ट्रपतिको भ्रमण रोकिएपछि भारतमा खैलाबैला

\"Narendraकाठमाडौं । तीन दिन यता भएको राजनीतिक उतारचढावले नेपालको मात्र नभई भारतीय राजनीतिमा समेत खैलाबैला मच्चिएको छ । भारतीय समर्थनबिना प्रधानमन्त्री बन्ने सौभाग्य पाएका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको खेलमा स्वयं प्रमुख सत्तारुढ घटकहरु नै लागिपरेपछि नेपाली राजनीतिमा खैलाबैला मच्चियो । भारतको एक साताको राजकीय भ्रमण गरी फर्किएका प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्ध सुध्रिएको भने पनि दुई देशबीचको सम्बन्धमा सुधार आउन सकेको थिएन । राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि पनि नेपाल आउने तरखरमा थिए । लुम्बिनीमा हुन लागेको बौद्ध सम्मेलनमा भाग लिन भन्दै नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री मोदीे नेपालकी राष्ट्रपति भण्डारीको भारत भ्रमण स्थगनपछि नेपाल आउने नआउने अन्यौलमा छन् । नेपाल–भारत सम्बन्ध सुधार्न ओली सरकार मात्र होइन, भारतीय प्रधानमन्त्री मोदी स्वयंले चाहेका थिए । सम्बन्ध सुधारकै शिलशिलामा राष्ट्रपति भण्डारीको पहिलो भारत भ्रमणपछि मोदी नेपाल आउने योजनामा थिए । मोदी नेपाल आउने औपचारिक पुष्टी नभए पनि भारतीय मिडियाहरुले नै लुम्बिनीमा हुने बौद्ध सम्मेलनमा भाग लिन मोदी नेपाल आउने जनाएका थिए । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा वैशाख २७ गते साताब्यापी भारत भ्रमणमा जाने तयारी गरेकी राष्ट्रपति भण्डारीले जेठ २ मा उज्जैनको सिंहस्थ कुम्भको शाही स्थानमा भाग लिने कार्यक्रम रहेको थियो । परिवर्तित घटनाक्रमसँगै राष्ट्रपतिको भारत भ्रमण स्थगन र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई राजदूतबाट फिर्ता बोलाउने सरकारको निर्णयपछि दुई देशबीचको सम्बन्धमा झनै दरार पैदा भएको छ । नेपाली काग्रेसको कोटाबाट गत वर्ष राजदूत नियुक्त भएका उपाध्यायले भारतकै मिलेमतोमा सरकार परिवर्तनको खेल खेलेको आरोप लगाउँदै राजदूतबाट फिर्ता बोलाउने सरकारले निर्णय गरेको थियो । स्रोतका अनुसार नेपाल नीति सम्बन्धमा भारतीय प्रधानमन्त्री मोदीले आन्तरिक रुपमा विभिन्न पक्षसँग छलफल चलाइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending