Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

१८ वर्ष पुगेको युवा सवै विदेश, युवा बिहिन बन्दै गाँउ

\"yubaमोरङ । एकपछि अर्को गर्दै गाउँका युवा वैदेशिक रोजगारमा हिँडेपछि पूर्वी मोरङको राजघाट गाविसका गाउँटोल युवाविहीन भएको छ । गाउँमा बहुसङ्ख्यक युवा नहुँदा नियन्त्रणमा लिन सकिने आगलागीले राजघाट–६ का नरेन्द्र देवानको परालको माच हेर्दाहेर्दै खरानी पा¥यो । उन भन्छन्– “गाउँमा बूढापाका, महिला र केटाकेटी मात्रै छन् । हामी बूढापालाई बारुणयन्त्र र प्रहरी बोलाउने हेक्कासमेत समयमा आउँदैन ।” केही वर्ष अघिसम्म विवाह, व्रतबन्ध वा कुनै धार्मिक उत्सवमा युवाको उल्लेख्य सहभागिता हुने गथ्र्यो । नाचगानको रमाइलो नै बेग्लै हुन्थ्यो तर त्यो सबै सपना जस्तो लाग्छ राजघाट–६ की तुलशा निरौलालाई । उनी भन्छन् – “दुई छोरा र एउटी बुहारी कामको सिलसिलामा बाहिर बस्छन्, गाह्रो सारोमा सहयोग दिने र बिरामी पर्दा पानी तताएर दिने कोही छैनन् ।” गाविसको चक्रेटोल, डाँडाटोल, खोपीडाँडा, भोटेपुल, आम्बारी, दुर्गापुरी, नेगिटोल, बोर्डरलाइन, आसामेटोल, कुलझोडा, इन्द्रझोडालगायतका गाउँ टोलका युवा अधिकांश वैदेशिक रोजगारमा गएका छन् । रहेका केही पढ्न नजिकैको सहरतिर छिरेका छन् भने सरकारी जागिर खाने पनि गाउँमा बस्दैनन् । स्थानीय सञ्चारकर्मी तेजन खड्काका अनुसार गाउँमा १८ वर्ष नाघेका युवा भेट्न गाह्रो हुन थालेको छ । गाउँमा प्राकृतिक र दैवी विपत्ति आइलाग्दा मात्र होइन कोही मान्छे कालगतिले बेलुका पख म¥यो भने रातभर रुघ्ने लाठे समेत गाउँमा नपाइने गरेको राजघाट–७ का हेमन्त पौडेलले बताए । राजघाटमा बूढाबूढीमात्र भएका कतिपय जग्गाधनीले काम गर्न नसकेर आफूसँग भएको थोरै खेतबारीसमेत बाँझै राख्न थालेका छन् भने कतिपयले बिरुवा रोपेर खेतको सुरक्षा गर्न थालेका छन् । आफू काम गर्न नसक्नु र काम गर्ने मान्छे नभेटिएका कारण खेतबारी बाँझै राख्न बाध्य भएको उनीहरूको भनाइ छ । जसका कारण खेतीयोग्य जमिन मरुभूमिमा परिणत हुन थालेको छ । सामान्य अक्षर चिनेपछि नेपालमा केही हुँदैन भन्दै युवा रोजगारका लागि खाडीमुलुक पस्ने गरेका हुन् । वर्षभरि खेती गर्दा पनि नगद नदेखिने र समस्या आइपर्दा जहिले ऋण काट्नु पर्ने पिरले विदेशिएका राजघाट–६ का श्याम लिम्बूले बताए । भर्खरै बिदामा घर आएका उनले भने, “वर्षभरि दुःख गर्दा रु ३० हजार कमाउन चर्को पर्छ, उस्तै प¥यो भने विदेशमा एकै महिनामा त्यति पैसा कमाइन्छ अनि किन नेपाल बस्ने ।” प्राविधिक शिक्षा र वैज्ञानिक कृषि प्रणालीको अभावमा नेपालीले यस्तो मार खेप्नुपरेको उनको भनाइ छ । उता राजघाट गाविसका सचिव चन्द्रप्रसाद पराजुली पनि राजघाटमा वैदेशिक रोजगारमा जानेको सङ्ख्या अरु छिमेकी गाविसको तुलना बढी भएको बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies