Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सुरु भयो कांग्रेसमा देउवाको दादागिरी !

\"deuba-poudel-1\"काठमाडौं । नेता हुँदा कांग्रेस सभापति शेरबहादुर देउवाले सुशील कोइरालाका हरेक कदममा भाँजो हाल्न खोजे । पदाधिकारी मनोनयन होस् की विभाग गठन, भातृ संस्थाको अधिवेशन गर्ने विषय सबैमा देउवालाई थाहा दिनुपथ्र्यो । मनाउनु पनि पथ्र्यो । सुशील कोइरालाका ५ वर्ष उही लडझड गरी देउवालाई थामथुम पार्नमै बित्यो । थामथुम नपार्दा देउवा सन्कँदै कहिले केन्द्रीय सदस्यबाट राजीनामा दिन्थे त कहिले पार्टीका गतिविधि बहिष्कार गर्थे । पार्टी एक भएदेखि रोपिएको ४० प्रतिशतको भागबण्डा देउवाको लागि संस्थागत नियमजत्तिकै थियो । र, यो गर्न कोइराला अभिसत्त थिए । तर, कोइरालाको निधनपछि देउवा कांग्रेसको सत्तामा उदाएका छन् । सभापति उनै भए, संसदीय दलको नेतामा विजयी हुन पुगे । यी दुई प्रमुख पदमा बाजी मारेपछि देउवा यतिखेर राजनीतिका केन्द्रमा थिए । आफ्नो बढ्दो शक्तिको प्रयोग गर्दै सत्ता परिवर्तनमा लागि कदम चाल्दै गर्दा भने देउवाले आफूले पहिले पाएको र गरेको भागबण्डालाई बिर्सदै एक्लै अघि बढे । यसले अलिहे कांग्रेसमा भूकम्प ल्याइदिएको छ । अर्को पक्षका प्रमुख नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला यतिखेर अमेरिका सयरमा छन् । तर, प्रधानमन्त्री परिवर्तन गर्न पार्टीमा कुनै सल्लाह नगरी ‘म नै सबैथोक हुँ’ भन्ने शैलीमा देउवा उफ्रदै अन्ततः थन्किनुपरेपछि पार्टीभित्र उनले दादागिरी देखाएको भन्दै आलोचना हुन थालेका छ । ‘५ वर्ष देउवाजीले पार्टीमा भागबण्डामा संस्कृतिलाई कसरी संस्थागत गर्नुभयो भन्ने दुनियाँ जान्दछ, हामीले पनि त्यस्तै भागबण्डाको थालनी गरौं भनेका त होइनौं’ पौडेल निकट एक नेताको कथन छ, ‘उहाँ कांग्रेसमा स्थापित भएपछि जेसुकै गर्न पनि छुट छैन भन्ने हाम्रो भनाई हो ।’ कुनै भरपर्दो आधारविना नै एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सार्ने र बनाउन नसक्ने खेलप्रति देउवाले कच्चा र कमजोर प्रयास गर्दा पार्टीको छवि धुमिल भएकोप्रति उनको चिन्ता थियो । प्रधानमन्त्री बनाउने भन्ने विषय सामान्य नभए पनि सभापति देउवाले परामर्श नै नगरी एकलौटी रुपमा आफ्नै आफ्नै खल्तीबाट झिकेर दिने जस्ता गरी अघि बढेकोमा ती नेताको आपत्ति थियो । ‘प्रधानमन्त्री पद देउवाजीको खल्तीबाट निकाल्ने र कसैलाई बनाउने भन्ने विषय होइन’ कांग्रेसका तीन नेताको भनाई छ, ‘यो महत्वपूर्ण विषय हो । पार्टीमा सबैले थाहा पाउने गरी पारदर्शी ढंगले गर्न सकेको भए हाम्रो पक्षमा जनमत पनि बढ्थ्यो । तर, रणनीतिक प्रयास भन्दै गरिएको कच्चा खेलले पार्टीलाई नै बदनाम बनायो ।’ परिस्थिति नबुझी अघि बढ्दा र आवश्यक तयारी नगर्दा एमाले–एमाओवादी गठबन्धन फुटाउन नसकिएको भन्दै उनीहरुले आलोचना गरेका हुन् । देउवाले गठबन्धन फुटाएर प्रचण्डलाई केही महिना प्रधानमन्त्री बनाउने योजना बनाए पनि अन्ततः एमाले र एमाओवादी सत्तलाई निरन्तरता दिन सहमत भएका थिए । पार्टीका छवि धुमिल भएको भन्दै पौडेल पक्षीय नेताहरुको छुट्टै बैठक बसी शुक्रबार सभापति  देउवालाई आइन्दा हचुवाको भरमा यस्तो एकलौटी निर्णय गरेर पार्टीको छवि धुमिल नबनाउन उनीहरुले उनकै निवास बुढानिलकण्ठ पुगी चेतावनी दिएका थिए । देउवाले सभापतिमा निर्वाचित भएलगत्तै पौडेल पक्षसँग छलफल नगरी सात केन्द्रीय सदस्यलाई मनोनित गरेको, पहिलो केन्द्रीय समिति बैठक डाकेको भनेर पनि आलोचना भएको थियो । कांग्रेसका विधानमा दुई महिनाभित्र पार्टीका सबै निकायले पूर्णता पाउनुपर्ने विषय उल्लेख छ । तर, देउवाको निर्वाचत भएको आजबाट दुई महिना पुगे पनि उनले यी निकालाई पूर्णता दिनेगरी काम थालेका छैनन् । न पदाधिकारी मनोनयनको विषय अघि बढेको छ न विभागीय जिम्मेवारी दिने गरी नै देउवा अघि बढेका छन् । उनले सुशीलको कार्यशैलीको आलोचना गरे पनि उनीभन्दा एक कदम अगाडि सरेर आफ्नै मनलाग्दी  व्यवहार देखाउन थालेका छन् । नेता पौडेल अमेरिकाबाट फर्केपछि देउवाको यस्तो शैलीको विरोध गर्ने तयारी सो पक्षको छ । यसका लागि उनीहरुले केन्द्रीय समितिको बैठक छिट्टै डाक्न मागसमेत गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending