Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

बाह्र दिनदेखि बालिकाको शव अस्पतालमै

रुकुम । मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित रुकुमको चौरजहारी अस्पतालमा मृत्यु भएकी एक बालिकाको शव १० दिनदेखि उठ्न सकेको छैन । बायाँ हात भाँच्चिएको उपचार गर्न उक्त अस्पतालमा भर्ना भएकी भेरीमालिका–११, मटेला जाजरकोटका अनिल शर्माकी एक वर्षीया छोरी अर्पणा शर्माको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले शव नबुझेका हुन् । अस्पतालको लापर्बाहीले बालिकाको मृत्यु भएको आफन्तजनको जिकिर छ । आफ्नो छोरीको मृत्यु डाक्टरकै लापर्बाहीका कारण भएको भन्दै बुबा अनिलले क्षतिपूर्ति र उपचारमा संलग्नमाथि कारबाही नभएसम्म शव नबुझ्ने जानकारी दिए । “हात भाँच्चिएकी छोरीलाई अर्कै सुई लगाएर अस्पतालले मारेको हो,” मृतक बालिकाका बुबा शर्माले भने – “सिक्दै गरेका प्रशिक्षार्थीले नजानेर लगाएको इन्जेक्सनले मृत्यु भएको हो । क्षतिपूर्ति र दोषीलाई कारबाही नभएसम्म शव बुझ्दैनौँ । तर अस्पताल प्रशासनले भने हात भाँच्चिएर उपचाररत बालिकाको आमाले दूध चुसाउने बेला सर्किएर ९सर्को परेर० मृत्यु भएको बताएको छ । बायाँ हात भाँच्चिएर अस्पतालमा वैशाख ६ गते भर्ना गरेकी बालिकाको ७ गते शल्यक्रिया गरेर हातको शल्यक्रिया गरिएको थियो । नौ गते बिहान आमाले दूध चुसाउँदा दूध सर्किएर फोक्सोमा गई बेहोस भएकी बालिकाको डा कालेव बुढालगायत अन्य स्वास्थ्यकर्मीको समूहले फोक्सोमा गएको दूध तानेको बताइएको छ । लगातार भेन्टिलेटरमा राखेर उपचार गराइरहेकी बालिकाको पाँच दिनपछि निधन भएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताउनुभयो । दूध सर्केर मृत्यु हुने समस्यालाई स्वास्थ्य विज्ञानले पनि जित्न नसकेको र अभिभावकले लगाएको यो आरोप कुनै पनि हालतमा स्वीकार गर्न नसकिने उपचारमा संलग्न अस्पतालका डा कालेव बुढाले बताए । “अस्पतालको औषधि र सुईमा कुनै पनि शङ्का लागेमा प्रयोगशाला परीक्षण गर्न र छानबिन समिति गठन गरेर सत्यतथ्य पत्ता लगाउन हामीले भनेका छौँ” – डा बुढाले बताए । मृतकका आफन्तले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालय रुकुममा उजुरीसमेत दिएका छन् । रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनको पहलमा पीडित पक्ष र अस्पताल प्रशासनबीच पटक पटक भएको वार्ता सहमतिमा पुग्न नसकेको भए पनि छानबिन समिति गठन गरेर समस्या समाधान गर्ने सहमति भएको बताइएको छ । पीडित पक्षले अस्पतालमा तोडफोड गर्न सक्ने भन्दै प्रहरीले लामो समयदेखि सुरक्षा दिँदै आएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending