Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

बाह्र दिनदेखि बालिकाको शव अस्पतालमै

रुकुम । मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित रुकुमको चौरजहारी अस्पतालमा मृत्यु भएकी एक बालिकाको शव १० दिनदेखि उठ्न सकेको छैन । बायाँ हात भाँच्चिएको उपचार गर्न उक्त अस्पतालमा भर्ना भएकी भेरीमालिका–११, मटेला जाजरकोटका अनिल शर्माकी एक वर्षीया छोरी अर्पणा शर्माको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले शव नबुझेका हुन् । अस्पतालको लापर्बाहीले बालिकाको मृत्यु भएको आफन्तजनको जिकिर छ । आफ्नो छोरीको मृत्यु डाक्टरकै लापर्बाहीका कारण भएको भन्दै बुबा अनिलले क्षतिपूर्ति र उपचारमा संलग्नमाथि कारबाही नभएसम्म शव नबुझ्ने जानकारी दिए । “हात भाँच्चिएकी छोरीलाई अर्कै सुई लगाएर अस्पतालले मारेको हो,” मृतक बालिकाका बुबा शर्माले भने – “सिक्दै गरेका प्रशिक्षार्थीले नजानेर लगाएको इन्जेक्सनले मृत्यु भएको हो । क्षतिपूर्ति र दोषीलाई कारबाही नभएसम्म शव बुझ्दैनौँ । तर अस्पताल प्रशासनले भने हात भाँच्चिएर उपचाररत बालिकाको आमाले दूध चुसाउने बेला सर्किएर ९सर्को परेर० मृत्यु भएको बताएको छ । बायाँ हात भाँच्चिएर अस्पतालमा वैशाख ६ गते भर्ना गरेकी बालिकाको ७ गते शल्यक्रिया गरेर हातको शल्यक्रिया गरिएको थियो । नौ गते बिहान आमाले दूध चुसाउँदा दूध सर्किएर फोक्सोमा गई बेहोस भएकी बालिकाको डा कालेव बुढालगायत अन्य स्वास्थ्यकर्मीको समूहले फोक्सोमा गएको दूध तानेको बताइएको छ । लगातार भेन्टिलेटरमा राखेर उपचार गराइरहेकी बालिकाको पाँच दिनपछि निधन भएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताउनुभयो । दूध सर्केर मृत्यु हुने समस्यालाई स्वास्थ्य विज्ञानले पनि जित्न नसकेको र अभिभावकले लगाएको यो आरोप कुनै पनि हालतमा स्वीकार गर्न नसकिने उपचारमा संलग्न अस्पतालका डा कालेव बुढाले बताए । “अस्पतालको औषधि र सुईमा कुनै पनि शङ्का लागेमा प्रयोगशाला परीक्षण गर्न र छानबिन समिति गठन गरेर सत्यतथ्य पत्ता लगाउन हामीले भनेका छौँ” – डा बुढाले बताए । मृतकका आफन्तले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालय रुकुममा उजुरीसमेत दिएका छन् । रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनको पहलमा पीडित पक्ष र अस्पताल प्रशासनबीच पटक पटक भएको वार्ता सहमतिमा पुग्न नसकेको भए पनि छानबिन समिति गठन गरेर समस्या समाधान गर्ने सहमति भएको बताइएको छ । पीडित पक्षले अस्पतालमा तोडफोड गर्न सक्ने भन्दै प्रहरीले लामो समयदेखि सुरक्षा दिँदै आएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: