Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

कांग्रेसमा व्यापक सन्तुष्टि , देउवा एकपक्षिय ढंगले चलेको केन्द्रीय सदस्यहरुको आरोप

\"Nepali-congress-750\"काठमाडौं । पार्टीभित्र छलफल नगरी सभापति शेरबहादुर देउवा एकपक्षीय ढङ्गले अघि बढ्न खोजेको भन्दै नेपाली काँग्रेसभित्र असन्तुष्टि बढेको छ । सरकार परिवर्तनको खेलमा लागेर पार्टीको साख गिराएको भन्दै काँग्रेसका प्रभावशाली नेताहरुले सभापति देउवाको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । बिहीबार दुई दर्जन भन्दा बढी केन्द्रीय सदस्यहरुले छुट्टै भेला गरी शुक्रबार सभापतिको ध्यानाकर्षण गराएका छन् । केन्द्रीय सदस्य प्रकाशमान सिंहको नेतृत्वमा गएको टोलीले सभापति देउवालाई बूढानिलकण्ठस्थित निवासमा भेटी पार्टीलाई संस्थागत निर्णयका आधारमा अघि बढाउन ध्यानाकर्षण गराएको हो । पार्टीले लिनुपर्ने महत्वपूर्ण निर्णयमा एकपक्षीय ढङ्गले अघि बढेकोमा आपत्ति जनाउँदै नेताहरुले सरकार परिवर्तन जस्तो संवेदनशील विषयमा पार्टीभित्र आवश्यक छलफल समेत नगरी अघि बढ्दा अहिले सकारात्मक परिणाम आउन नसकेको निष्कर्ष निकालेका छन् । केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्र कुनै छलफल नगरी अघि बढ्न खोज्दा समस्या उत्पन्न हुने भन्दै पार्टीभित्र आन्तिरिक छलफल गरेर मात्र निर्णय लिन सभापतिलाई आग्रह गरेका थिए । जवाफमा सभापति देउवाले आगामी दिनमा यस्तो हुन नदिने र आफू सबैसित छलफल गरेर अगि बढ्ने प्रतिबद्धता जनाएका थिए । सभापतिको पछिल्लो कार्यशैलीले पार्टीलाई कमजोर बनाउने भन्दै केन्द्रीय सदस्यले निर्णय प्रक्रियामा जानु पूर्व आवश्यक छलफल गर्न समेत सभापतिलाई आग्रह गरेका थिए । भेटमा पार्टी कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, दिलेन्द्रप्रसाद बडू, डा मीनेन्द्र रिजाल, महेश आचार्य, दिलबहादुर घर्तीलगायतको सहभागिता थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending