Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

कांग्रेस भन्छ एमाओवादी अविश्वासिलो

\"congressकाठमाडौं । कांग्रेसले सरकारको कामकारबाहीप्रति तीव्र असन्तुष्टि जनाउँदै सरकार फेर्ने कसरतमा जुटेको एमाओवादी नेतृत्वले केही घन्टामा पछाडि फर्किएर विश्वसनीयता गुमाएको जनाएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–एमाओवादीले बिहीवार बिहान अघिल्लो दिनको आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय फिर्ता लिँदै वर्तमान सरकारलाई नै बजेट ल्याउन दिने निर्णय लिएको थियो । एमाओवादीको एक दिन पनि टिक्न नसकेको निर्णयले उसको नेतृत्व अविश्वसनीय साथै स्पष्ट नभएको टिप्पणी कांग्रेसले गरेको हो । ‘सरकारको कामकारबाही राम्रो भएन । कोही सरकारप्रति सन्तुष्ट हुन सकेनन् । अब सरकार फेर्नुपर्यो भनेर पहिला एमाओवादीले नै हामीसँग प्रस्ताव गरेको हो’, कांग्रेस नेता प्रकाशशरण महतले भने, ‘त्यसमा हामीले सरकारको नेतृत्व गर्ने कुनै आशा नदेखाई सरकारको कामाकारबाहीप्रतिको असन्तुष्टिमा एकरुपता भएकाले एमाओवादी नेतृत्वको सरकार निर्माणमा सहयोग गर्ने वचन दिएका हौं तर एमाओवादी नेतृत्व विश्वसनीय देखिएन ।’ कांग्रेसले एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार भूकम्पपछि पुनर्निर्माण, राहत वितरणलगायत सामान्य काम समेत गर्न नसकेको भनेर आलोचना गर्दै आएको थियो । कांग्रेसको आलोचनामा सरकारमा सहभागी एमाओवादीसमेत सहमत भएपछि विकल्प खोज्न तयार हुने निष्कर्षमा कांग्रेस पुगेको थियो । ‘सरकारको कामप्रतिको असन्तुष्टिमा एमाओवादी पनि मिसिएर विरोध गर्ने र विकल्प खोज्ने प्रस्ताव हामीलाई राख्यो’ महतले भने, ‘त्यसपछि हामीले आफ्नै नेतृत्वमा सरकार बनाउने विषयलाई पर राखेर एमाओवादीलाई सहयोग गर्ने मौखिक आश्वासन दिएका हौं तर, उनीहरुमा दुरदृष्टि देखिएन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending