Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

वाइसीयलद्धारा पोखरामा एनसेल कार्यालय घेराउ, सिमकार्ड फिर्ता

\"13129043_10206320498307196_338547776_oकाठमाडौं । वाइसीयल ४ नम्बर प्रदेशद्धार बिहीबार एनसेल कार्यालय घेराउ गरेको छ । नेपालको सबैभन्दा ठूलो कर्पोरेट डिल एनसेलले नेपाल सरकारलाई उचित कर नबुझाएको र अर्वौ रुपयाँको राजस्व आम्दानी मार्नका लागि सरकार र केही भ्रष्ट कर्मचारीले एनसेलसँग लविङ गरेको भन्दै त्यसको विरोधमा देशव्यापी विरोधमा उत्रिएको वाईसियले बिहीबार पोखराको एनसेल कार्यलय घेराउ गरेको हो । वाईसिएल ४ नंम्बर प्रदेश संयोजक सुमन देवकोटाको नेतृत्वको टोलीले नेपालको प्राकृतिक स्रोत साधनका रुपमा रहेको फ्रिक्वेन्सी उपयोग गरेर सिर्जना गरिएको सम्पत्ति खरिद विक्रि गर्दा हुने लाभमा करको हकदार नेपाल सरकार भएको भन्दै कर छलि गर्ने एनसेललाई जनस्तरबाटै कारबाही गर्ने चेतावनी दिए । उनीहरुले एनसेल कार्यलय घेराउ गर्नुका साथै एनसेलको सिमकार्ड समेत फिर्ता गरेका थिए । उक्त कार्यक्रम वाइसियल नेपाल र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा गरिएको थियो । सिम फिर्ताको कार्यक्रम पछि एनसेल रिजनल अफिस पोखरा अगाडी कोणसभा गरिएको थियो । यस अघि विहीबार बिहान मात्रै वाइसीयलका केन्द्रीय अध्यक्ष आरसी शर्मा विज्ञान र महासचिव दीपशिखाले एक विज्ञप्ती जारी गर्दै मातहतका कमिटिलाई संघर्षमा उत्रिन अपिल गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: