Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

विजुक्छे भन्छन् : हिट्लर, मुसोलिनी र मोदी उस्तै

\"narayanman-bijukchhe-400\"जुम्ला । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले हिट्लर, मुसोलिनी र मोदी एउटै भएको टिप्पणी गरेका छन् । नेमकिपा कालीकोटको जिल्ला अधिवेशन उद्घाटनका लागि जुम्ला आइपुग्नुभएका अध्यक्ष बिजुक्छेले पत्रकार भेटघाटमा यस्तो बताएका हुन । उनले भने , ‘ भारतीय नाकाबन्दीका कारण देशले २७ खर्ब क्षति व्यहोर्नु प¥यो, भारत सरकार, भारतीय एकाधिकार पुँजीले नेपाललाई असर पार्दैछ र भारतको इसारामा नाच्ने ठूला दलका नेता खोक्रो राष्ट्रवादको नारा दिन्छन् ।” “भारतीय इसारामा अहिले नेपालमा रातारात सत्ता परिवर्तनको फोहोरी खेल सुरु भएको छ । तर जनतालाई नसोधेर जे गर्न चाह्यो त्यो छुट नेतामा छैन”, उनले थपे। छ महिने सरकारले देशको अर्थतन्त्र उँभो नलाग्ने औँल्याउँदै अध्यक्ष बिजुक्छेले शासक घरीघरी फेर्ने प्रवृत्तीले जनताले फेरि दुःख पाउने बताए । विदेशीसंग झुक्दै गए झुक्ने ठाउँ नै नहुने र देश डुब्ने परिवेशमा पुग्ने तर्क गर्दै अध्यक्ष बिजुक्छेले जनताका प्रतिनिधिले देश विकासका लागि संसद्मै बोल्न आग्रह गरे । कार्यक्रममा व्यवस्थापिका संसद सदस्य डिल्लीप्रसाद काफ्ले, नेमकिपाका केन्द्रीय सदस्यहरु जयबहादुर शाही, हरिसुन्दर वासी, सरोजराज गोसाईं, नेक्राविसंका अध्यक्ष निरज लवजु, नेक्राशिसंका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालको पनि सहभागिता रहेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: