Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

फोरम लोकतान्त्रिक अध्यक्षमा गच्छेदार सर्वसम्मत निर्वाचित

\"bijayaकाठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको अध्यक्षमा विजयकुमार गच्छदार सर्वसम्मतीबाट निर्वाचित भएका छन् । उनी सहति सहित ४३ केन्द्रीय सदस्य सर्वसम्मतीबाट निर्वाचित भएका हुन । गएराति विराटनगरमा सकिएको पहिलो महाधिवेशनबाट अध्यक्षमा गच्छदारसहित ४२ केन्द्रीय सदस्य सर्वसम्मतिबाट चयन भएका हुन्। ९७ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णयसँगै अध्यक्ष र केन्द्रीय सदस्य गरी ४३ केन्द्रीय सदस्य सर्वसम्मतिबाट चयन भएको हो । महासचिव लगायत अन्य मूख्य पदमा रहने ५४ जना अध्यक्षले मनोनयन गर्ने विधानमा व्यवस्था छ।केन्द्रीय सदस्यमा गणेश लामादेखि जयराज संयोग लिम्बुसम्म सर्वसम्मतिबाट चयन भएका हुन्। केन्द्रीय सदस्य खुल्लातर्फ नन्दकुमार सरदार, कामेश्वरप्रसाद साह, मोहम्मद मुस्ताव आलम, शिवकुमार गुर्माजखानी, छेदीलाल चौधरी थारु, उमा शंकर अग्रहरिया, सिद्धिकुमार महर्जन, सपन कुमार दास, योगेन्द्र चौधरी, लक्ष्मण यादव, सुवोधकुमार पोखरेल, प्रेम बीसी, महोमद तौखिक खान चयन भएका छन्। यसैगरी निरू कार्की, वेदनाराण गच्छदार, अनिल कुमार गढ, हरेन्द्र सिंह, राजकुमार नाल्बो, प्रदीप कुमार चौधरी र बासुदेव राणा पनि खुल्ला केन्द्रीय सदस्यतर्फ चयन भए। यस्तै महिलातर्फबाट जस्बी मण्डल र रूक्मणी मण्डल, आदिवासी जनजाति हिमाल पहाडतर्फबाट सार्कीमान बल र जयराज संयोग लिम्बु निर्वाचित भए। आदिवासी जनाजाति तराई–मधेसतर्फबाट उमा राजबंशी र शिव नारायण उडाव, दलित तराई मधेसीतर्फबाट कलावती देवी पासवान र रमणी राम, दलिद हिमाल पहाडतर्फबाट सन्तोषी विश्वकर्मा र हस्तबहादुर विश्वकर्मा चयन भएका छन्। यसैगरी पिछडा वर्गका तर्फबाट राम लखन ठाकुर बडही र देवनारायण मुखिया, खस आर्यतर्फवाट शीवप्रसाद दंगाल र दुर्गादेवी कोइराला, मधेसीतर्फबाट चन्दा साह, अर्जुनप्रसाद शर्मा, जवाहरलाल यादव र नारायण प्रसाद मेहता सर्वसम्मतीबाट चयन भएका छन्। अधिवेशनमा दुई हजार दुई सय ४४ प्रतिनिधि सहभागि थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending