Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कर नर्तिने एनसेललाई वाइसियलले कारबाही गर्ने

\"yclकाठमाडौं । नेपाल सरकारलाई कर नबुझाउने एनसेललाई वाइसियलले जनस्तरबाटै कारबाही थाल्ने चेतावनी दिएको छ । वाइसियलका अध्यक्ष अरसी शर्मा र महासचिव दिपशिखाले विहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालको सबैभन्दा ठूलो कर्पोरेट डिल एनसेललाई कर तिर्नबाट उन्मुक्ति दिए जनस्तरबाटै कारबाही थाल्ने चेतावनी दिएका हुन । नेपालको प्राकृतिक स्रोत साधनका रुपमा रहेको फ्रिक्वेन्सी उपयोग गरेर सिर्जना गरिएको सम्पत्ति खरिद विक्रि गर्दा हुने लाभमा करको हकदार नेपाल सरकार भएको र आयकर ऐन, अन्तराष्ट्रिय कानून तथा नजिरले पनि यो कुराको स्पष्ट व्याख्या गरिएको भएपनि कानुनको अपव्याख्या, अफसोर डिलका लागि सेल कम्पनी खडा तथा धेरै तहमा स्ट्रिपर कम्पनीको स्थापना गरेर अर्वौं रुपैयाँको राजस्व छल्ने प्रपञ्च गरिएको भन्दै उसले त्यसको भण्डाफोर गर्ने चेतावनी दिएको हो । विज्ञप्तीमा भनिएको छ – ‘ नेपालको सबैभन्दा ठूलो कर्पोरेट डिल एनसेलको सेयर खरिद विक्रिप्रक्रिया पूरा भएको जानकारी सार्वजनिक भएका छन् । सँगसँगै यो कारोवारबाट नेपाल सरकारले पाउनु पर्ने अपेक्षित राजस्वहरु अहिले सम्म दाखिला नभएको यथार्थ हाम्रा सामू छ । नेपालको प्राकृतिक स्रोत साधनका रुपमा रहेको फ्रिक्वेन्सी उपयोग गरेर सिर्जना गरिएको सम्पत्ति खरिद विक्रि गर्दा हुने लाभमा करको हकदार नेपाल सरकार हो । आयकर ऐन, अन्तराष्ट्रिय कानून तथा नजिरले पनि यो कुराको स्पष्ट व्याख्या गरेको छ । तर नेपालले कर लिन तथा विक्रेता कम्पनीले कर तिर्नका लागि यति बलियो आधार हुँदाहुँदै पनि कानुनको अपव्याख्या, अफसोर डिलका लागि सेल कम्पनी खडा तथा धेरै तहमा स्ट्रिपर कम्पनीको स्थापना गरेर अर्वौं रुपैयाँको राजस्व छल्ने प्रपञ्च गरेको छ । ’ वाइसिइलले अर्वौ रुपयाँको राजस्व आम्दानी मार्नका लागि सरकार र केही भ्रष्ट कर्मचारीको लविङ जिम्मेवार रहेको भन्दै केही सञ्चार माध्यमले यो विषयलाई खबरदारी गरे पनि सरकारले जनतालाई यस विषयमा सत्य तथ्य जानकारी गराउनु पर्ने दायित्वबाट पन्छिएको र सरकार राजस्व उठाउने विषयमा गम्भीर नभएको आरोप लगाएको छ । उसले सम्पत्ति जुन देशमा सिर्जना हुन्छ राजस्व त्यही देशले पाउनु पर्ने भन्दै कर उन्मुत्ति कुनै पनि हिसाबले क्षम्य हुन नसक्ने भन्दै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ । यस्तो छ विज्ञप्तीमो पूर्ण पाठ प्रेस वक्तव्य नेपालको सबैभन्दाठूलो कर्पोरेट डिलएनसेलको सेयर खरिद विक्रिप्रक्रिया पूरा भएको जानकारी सार्वजनिकभएकाछन् । सँगसँगै यो कारोवारबाट नेपाल सरकारले पाउनु पर्ने अपेक्षित राजस्वहरु अहिलेसम्मदाखिलानभएको यथार्थ पनिहाम्रा सामू छ । नेपालको प्राकृतिक स्रोत साधनका रुपमा रहेको फ्रिक्वेन्सीउपयोग गरेर सिर्जनागरिएको सम्पत्तीखरिद विक्रिगर्दा हुने लाभमा करको हकदार नेपाल सरकार हो। आयकर ऐन, अन्तराष्ट्रियकानूनतथानजिरले पनि यो कुराको स्पष्टव्याख्या गरेको छ । तर नेपालले कर लिनतथाविक्रेताकम्पनीले कर तिर्नकालागियतिबलियो आधार हुँदाहुँदै पनिकानुनको अपव्याख्या, अफसोर डिलकालागि सेल कम्पनीखडातथा धेरै तहमास्ट्रिपर कम्पनीको स्थापना गरेर अर्वौं रुपैयाँको राजस्वछल्ने प्रपञ्चगरियो। सँगसँगै अर्वौ रुपैयाँको राजस्वआम्दानीमार्नकालागि सरकार तथा केहीभ्रष्टकर्मचारीले गरेको गलतलविङ पनिजिम्मेवार छ। संसदकातीनवटा अर्थ, विकास तथा लेखा समितिले यस विषयमा कुरा गर्न खोजे तर प्रक्रियालाई किनारा नलगाई शंकास्पदढंगले छाडे। अर्थ मन्त्रालय र मन्त्रीजतिजिम्मेवार यो प्रकृयामा अरू कोहीछन् भनेर विस्वास गर्न सकिन्न । केही सञ्चार माध्यमले यो विषयलाई निरन्तर खबरदारी गरे पनि सरकारले जनतालाई यस विषयमा सत्य तथ्यजानकारी गराउनुपर्ने दायित्वबाट संधै पन्छियो। त्यसैले सरकार नै राजस्वउठाउने विषयमागम्भीर नभएको शंकागर्ने प्रसस्त ठाउँ भेटियो। संसदीय समितिमाभएको छलफलमाविभागीयमन्त्री, राजस्वको अधिकारीलगायतले कानुनअनुसार कर उठाउँछौं भन्ने स्पष्टअडान समेत देखाएनन्। हामी के स्पष्टगर्न चाहन्छौ भने, एक खर्व ४० अर्व रुपैयाँभन्दाबढीमूल्यमाविक्रिभएको यो कम्पनीको कुलमूल्य नेपालीजनताले चुकाएको सानो सानो रकमबाटसिर्जित भएको हो। यसबाटहुने लाभमा कर उन्मुक्तिकुनै पनिहिसावले क्षम्यहुन सक्दैन्। सम्पत्तीजुन देशमासिर्जनाभएको हुन्छ राजस्वत्यही देशले पाउनुपर्छ। नेपालको आयकर कानुन, अन्तराष्ट्रिय कर मान्यतातथाअभ्यासले यो कुराको ग्यारेन्टीपनि गरेको छ। नेपालीजनताले तिरेको शुल्कबाटआर्जित सम्पत्तीमालाग्ने करको मालिक नेपालीजनता नै हुन्। नेपालीजनतलाई छलेर केहीसिमितव्याक्तितथा संस्थालाई लाभहुने गरी करबाटउन्मुक्तिदिनपाईंदैन्। यदीकहिं कसैले कानुनको गलतव्याख्या गरेर कर उन्मुक्तिदिनखोजे हामीजनस्तरबाटै प्रतिरोध गर्न बाध्यहुनेछौं। हाम्रो संगठनआमजनसमुदायतथामातहतका संगठनलाइआआफ्नो सापेक्षतामाविरोध तथाभण्डाफोर गर्न अपिलगर्दछ । दीपशिखा                                                                                                                                        आरसि शर्मा महासचिव                                                                                                                                          अध्यक्ष    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending