Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

किन गरे प्रचण्डले दूस्साहसिक निर्णय ? यस्ता छन् कारण

\"Prachanda_Next\"काठमाडौं । एकिकृत नेकपा माओवादीले बुधबार विहान एक्कासी आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने निर्णय गर्यो । बुधबार बिहान बसेको पदाधिकारी बैठकमा एमाओवादीका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार निर्माण गर्ने निर्णय गरेलगत्तै एक वक्तव्य जारी गर्दै सरकार निर्माणमा सहयोग गर्न र राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न सबै राजनीतिक दललाई आव्हन समेत गर्यो । लगत्तै आफ्नै समर्थनमा बनेको सरकारका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रचण्डले सरकार निर्माणमा सहयोग गर्न आग्रह गरेको कुरा सार्वजनिक भयो । समाचारहरुमा बताइएअनुसार नेपाली कांग्रेस र मधेसी मोर्चाले राष्ट्रिय सरकारका लागी आफुलाई समर्थन गर्ने बचन दिएको कुरा प्रचण्डले ओलीलाई बताएका थिए । एमाओवादीले बाहिर भनेको कारण सरकार आफ्नै नेतृत्वमा निर्माण गर्नुका कारणबारे एमाओवादीले एक वक्तव्य जारी गरेको छ भने उक्त वक्तव्यमा शान्तिप्रकृया र द्वान्दकालिन मुद्धाहरु व्यूताउँने ओली सरकारको रबैया नसहनुको परिणामलाई मुख्य बताएको छ भने भूकम्पको पूनर्निर्माण नहुनु, समकक्षी तथा सहयात्री दलसँग सहकार्य नगर्नु, कालोबजारी तथा भ्रष्टचार नियन्त्रण गर्न नसक्नु लगायतका छन् । आन्तरिक कारण बाहिर देखाइएको कारणहरु यसअघि सार्वजनिक भएकै भएपनि अन्तर्यमा ओली सरकारको विकल्प खोज्नुमा एमाओवादी वाध्यजस्तै देखिन्छ । ओली सरकारको अन्धभक्त जस्तै समर्थन गरेको एमाओवादीलाई ओलीको एकल रबैया एक अर्को कम्युनिष्ट पार्टी हुनुको अर्थमा सह्य थिएन नै । न्यायधिश शिफारिश प्रकरण, राजदूत नियूक्ति प्रकरण तथा द्वन्दकालिन मुद्धाहरुको व्यावस्थापनमा प्रम ओलीले एकातर्फी पेल्न खोजेको निष्कर्षमा एमाओवादी पुगेको छ । धमाधम प्रहरी तथा अदालतबाट मुद्धाहरु चलाउन एमालेकै नेता तथा कार्यकर्ता लागिपर्नुलाई एमाओवादीले आफुलाई सिध्याउने रणनीतिका रुपमा बुझ्यो । सरकारमै रहेर पनि आफ्ना नेता तथा कार्यकर्ता जेल जानुपर्ने, आफैले उठाएको पहिचानको मधेसी मुद्धाबाट विस्तावित भएर मधेस गुमाउनुपर्ने, अन्तराष्ट्रिय समर्थन ओली सरकारमा भएसम्म कहिल्यै प्राप्त नहुने, संविधानको कार्यान्वयन हुन नसक्दा लागु नै हुन नसक्ने अवस्था सिर्जना हुने तथा पूनर्निमार्ण दू्रततर हुन नसक्दा अपजस एमाओवादीले नै भोग्नुपर्ने जस्ता आन्तरिक विश्लेशणमा एमाओवादी थियो । अर्कोतर्फ एमाओवादीका तर्फबाट सम्हालेका मन्त्रालयहरुमा अपेक्षाकृत काम हुन नसक्नु पनि अर्को एक सहायक कारण हुन सक्छ । द्वन्दकालिन मुद्धा र बामपन्थी ध्रुविकरणका सबालमा एमाओवादी अध्यक्षको नेतृत्वमा ५ वटै माओवादी पार्टीका नेताहरुले ओलीसँग गम्भिर छलफल गर्न पटकपटक प्रयत्न गर्दा पनि ओलीले बेवास्ता गर्नुलाई ओली सत्ताको दौडमा मात्रै सँगै रहेको भन्ने निष्कर्षमा एमाओवादीको पुगेको देखिन्छ । एमाओवादीमाथि गम्भिर आरोपको खतरा एमाओवादीमाथि भारतीय योजनामा चलेको गम्भिर आरोप लाग्न सुरु गरेको मात्रै होइन प्रचण्डले बनाएको राष्ट्रवादी छवि यो निर्णयसँगै जोगाउन धौधौ पर्नेछ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको भारत भ्रमण लगत्तै भएको यस्तो निर्णयलाई एमाओवादीले आम मानिससँग कसरी प्रतिरक्षा गर्छ भन्ने कुरा निकै चूनौतिको विषय हो । के चाहन्छ माओवादी ? किन गर्यो दूस्साहस ? एमाओवादीले प्रतिकुल अवस्थामा गरेको यस्तो दूस्साहसिक निर्णयको स्वागतभन्दा पनि विरोध बढी भईरहेको छ । राजनीतिक निकासका निमित्त यस्ता खतरानक निर्णय गर्न माहिर प्रचण्डले यस्तो दूस्साहिक कदम चाल्नुका पछाडी द्वन्द फेरी नब्युतिँने गरी शान्ति प्रकृया टुग्याउँन चान्हछन् । यो उनले ओली सरकारबाट चाहेका थिए तर ओली सरकार उल्टो चल्न थालेको आमले अनुभूति गरे । प्रचण्ड मधेस विरोधी भनेर लागेको आरोपको खण्डन चाहन्छन् र मधेससँग नजिकिन चाहन्छन्, ओलीसँगको सहकार्यबाट यो सम्भव थिएन । संविधान निर्माण भए पनि सिमांकन लगायत कानुन निर्माण लगायतका सबै विषय बाँकी रहेको अवस्थामा पहिलो ठुलो दल नेपाली कांग्रेस र असन्तुष्ट मधेसी मोर्चाको सहयोग बिना संविधान कार्यान्वयन हुनै नसक्ने अवस्था बन्दै गएपछि ओलीसँगको सहकार्य तोडेर संविधान कार्यान्वयनको अवस्था सृजना गर्नपनि प्रचण्डले यस्तो दुस्साहस गरेका हुन सक्छन् । भूकम्पले क्षति पुर्याएका १४ जिल्लामा पूनर्निमार्णको काममा सिन्को पनि नभाँचिने अवस्थाप्रति प्रचण्डले ओलीलाई झकझक्याइरहेका थिए । तर ओली उदाशिन भेटिए । प्रचण्ड पूनर्निमार्णमा चमात्कार गर्न चाहन्थे र राजनीतिप्रति आशावाद जगाउन चाहन्थे । सहयात्री दलसँग खासै संवादमा नरहने ओलीले करिब एक महिना अघि लेखेको माओवादी पत्र प्रतिको वेवास्ता वा उदाशिनताबाट प्रचण्ड झस्किए । मुडी र जे पायो त्यही बोल्ने ओलीको अपजस एमाओवादी र उनलाई टेको हाल्ने आफुलाई आउने भएपछि दुस्साहसिक निर्णय गर्न वाध्य भएको देखिन्छ । आए आँप, गए झटारो एमाओवादीले अहिले चालेको कदम ‘आए आँप,गए झटारो’ भन्ने नेपाली उखानसँग मेल खाँदो छ । यो निर्णयबाट सरकार आफ्नो नेतृत्वमा बनेको अवस्थामा एमाओवादीले मुख्यत लोकप्रिय कामहरु गर्न सक्छ । संविधानको कृयान्वयनमा सबै दलको संलग्नता जुटाउनेछ । असन्तुष्ट मधेशीमोर्चालाई केन्द्रिय सत्तासँग जोड्नेछ । द्वान्दकालिन मुद्धाहरुको व्यावस्थापन फेरी नव्यूउँतिने गरी गर्नेछ । पूनर्निमार्णमा इच्छाशक्ति सहित काम गर्यो भने उद्धरणिय काम गर्न एमाओवादीले सक्छ । लोकप्रिय कार्यक्रम ल्याउँदा र लोकप्रिय काम गर्दा प्रचण्ड नेतृत्वको सरकारले नै स्थानीय निकायको निर्बाचन गराउने अवस्था सिर्जना हुनसक्छ । यदी यस्तो अवस्था आएमा एमाओवादीले हिजो भोगेको नराम्रो पराजयलाई विजयमा बदल्ने अवसर हुनेछ । अर्को र मुख्य कुरा एमाओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरेर योजनाबद्ध रुपमा जनताको काम गर्ने अवसर आजसम्म प्राप्त गरेका छैनन् । उनी पहिला ९ महिना प्रधानमन्त्री बन्दा त्यो अवसर पाएनन् र उनकै भाषामा भन्ने हो भने,–बुझ्दाबुझ्दै उनको ९ महिना सकियो । उनले यसलाई अवसरका रुपमा प्रयोग गर्न सक्छन् । मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजाने केही राष्ट्रिय गर्वका योजनाहरुको कार्यान्वयन सुरु गरेको अवस्थामा प्रचण्डमाथि अहिले लाग्न सक्ने सबै आरोपहरु एकैचोटी पखालिने कुरा प्रचण्डले बुझेको हुनुपर्छ । अर्कोतिर उनकै नेतृत्वमा सरकार निर्माण नभएको अवस्थामा एमाओवादीको केही पनि बिग्रदैन । सरकारभन्दा बाहिर बसेर खबरदारी गर्ने छुट उसलाई सधैं हुनेछ भने अरुकै नेतृत्वको सरकारमा सहभागी भएको अवस्थामा पनि सरकारको साँचो सधै एमाओवादीको हातमा हुनेछ । कसले कसलाई प्रयोग गर्यो ? एमाओवादीको नयाँ प्रस्ताव सँगै भारतीय डिजाइनमा प्रचण्ड फसेको र प्रयोग भएको भन्ने आरोप प्रचण्डमाथि लाग्न थालेको छ । केही समय अघि भारत भ्रमणमा निम्त्याइएका प्रचण्डले भ्रमण अस्विकार गरेपछि पहिलो ठुलो दलका सभापति शेर बहादुर देउवा भ्रमणमा पुगे । उनै देउवा नेपाल फर्किएपछि प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको सन्दर्भलाई हेर्ने हो भने भारत जसरी पनि ओली सरकार गिराउने मेलोमा भएको सहजै बुझ्न सकिन्छ । तर याँहा प्रचण्ड सो योजना संलग्न छन् वा गोटी भए भनेर बोलीहाल्नु हतारो हुनेछ । प्रचण्डको पक्षमा भारत, चीन या अरु कोही राष्ट्रले सद्भाव देखाउनुमा प्रचण्डको दोष कसरी हुन्छ ? यसलाई प्रचण्डले भारत खेलाए भनेर पनि भन्न सकिन्छ । सबाल आज के भयो भन्ने होइन, भारतले हिन्दु राष्ट्र चाहेको छ । भोली प्रचण्डले हिन्दु राष्ट्र कायम गर्न भुमिका खेल्न थाले भनेपछि प्रचण्डमाथि प्रश्न उठाउन सकिन्छ । भोली भारतले भने झै चल्छन् कि नेपालीको हितमा काम गर्छन् भन्ने सबाल हो । यो सबाल दुबै अर्थ लगाउन सकिने सबाल हो । प्रचण्डले भारतलाई खेलाए कि भारतले प्रचण्डलाई खेलायो भन्ने सबाल कालान्तरमा प्रष्ट हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending