Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भूकम्पपीडित भेट्न प्रचण्ड गोर्खा पुगे , पुनःनिर्माणमा सघाउने प्रतिबद्धता

\"prachanda\"गोरखा । पूर्वप्रधानमन्त्री एवम् एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले उत्तरी गोरखाका विभिन्न गाविस पुगेर भूकम्पपीडितको अवस्थाबारे जानकारी लिएका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत् बुधबार गुम्दा पुगेका प्रचण्डले पुनःनिर्माणलाई अनुदान वितरण कार्यक्रमको सरुवात गरे । गुम्दा –८ की लाभग्राही माया गुरुङलाई अनुदान सम्झौतापत्र हस्तान्तरण गर्दै प्रचण्डले भूकम्प प्रतिरोधी घर बनाउन आग्रह गरे । भूकम्प गएको एक वर्षसम्म पनि पुनःनिर्माणको काम सुरु नभएको भन्दै उनले अनुदान प्रक्रियाका लागि गाउँमै घुम्ती बैंक स्थापनाका लागि आफूले पहल गर्ने बताए । गाविस सचिव हरिबहादुर भुजेलले अनुदान वितरण प्रक्रिया गर्न ६६४ जना लाभग्राहीको नामावली मङ्गलबार सार्वजनिक गरेका थिए । सूचीमा नाम परेका लाभग्राहीले बैंक खाता खोलेपछि गाविस सचिवसँग सम्झौता गर्ने र बैंकमार्फत् रकम बुझेपछि पुनःनिर्माणको काम सुरु गर्नुपर्ने हुन्छ । सांसदहरु हितराज पाण्डे र कृष्ण धिताल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, पुनःनिर्माण प्राधिकरणका प्रतिनिधिसहित भूकम्प प्रभावित विभिन्न गाविस पुगेका प्रचण्डले अलग्गिएका सबै माओवादी दललाई एकजुट गरी एमाओवादी देशकै ठूलो शक्ति बनाउने दाबी गरे । प्रचण्डले आजै लाप्राक पुगेर खानेपानी आयोजनाको पनि शिलान्यास गरे। लाप्राकदेखि ६ किलोमिटर टाढा ९गणेश हिमालको फेदी० बाट गुप्सीपाखामा खानेपानी ल्याउने योजना छ । भूकम्पपछि गुप्सीपाखामा ६०० अस्थायी टहरामा भूकम्पपीडित बस्दै आएका छन् । लाप्राक पुनःनिर्माणमा गैरआवासीय नेपाली सङ्घ ९एनआएनए० ले सघाउने यसअघि नै सम्झौता भइसकेको छ । यस्तै दाहाल भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक पुगे । बारपाकमा उनले सामुदायिक भवनको शिलान्यास गरे । भूकम्पपीडित स्थानीयवासीले प्रचण्डलार्ई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका छन् । प्रचण्ड आजै सौरपानी र मुच्चोक गाविसमा पुगेर लाभग्राहीलाई अनुदान सम्झौतापत्र हस्तान्तरण गर्ने र पुनःनिर्माण अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending