Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

एमाओवादी पदाधिकारी बैठकको निर्णय : प्रचण्डको नेतृत्वमा सहमतिय सरकार

\"deuba-prachanda\"काठमाडौं ।  एकिकृत नेकपा माओवादीको स्थायी समितिको बैठकले पार्टीका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । बुधबार विहान प्रचण्ड निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकले प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो । ओली सरकारले शान्ति सम्झौताको कार्यन्वयन, पूनर्निमार्ण र जनतालाई राहत हुने गरी सरकार संञ्चालन गर्न नसकेको ठहर सहित संविधानको कार्यान्वयनमा कांग्रेस तथा मधेसवादी दलको समेत सहयोग रहनुपर्ने आवश्यकता सहित एमाओवादी नेतृत्वमा राष्ट्रिय सरकार बनाउने निर्णय गरेको माओवादीका एक स्थायी समिति सदस्यले बताए । एमाओवादीको यो निर्णयले ओली सरकार ढल्ने छ भने बुहमतिय भन्दा पनि एमाले सहितको समर्थनमा कांग्रेस सहित मधेसवादी दल संलग्न हुने राष्ट्रिय सरकार निर्माण भए प्रचण्डले नेतृत्व गर्ने छन् । यदी बहुमतिय भए प्रचण्डले नेतृत्व नगर्ने सम्भावना रहेको एमाओवादीका एक नेताले बताए । बहुमतियमा गए नेपाली कांग्रेसका शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने एमाओवादीको योजना रहेको छ । एमाओवादी बैठकपछि जारी गरेको वक्तव्य  प्रेस विज्ञप्ती राष्ट्रिय स्वाधिनता एवम् स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधानसहित संविधान क्रियान्वयन र पुनर्निर्माणको कार्यलाई केन्द्रबिन्दुमा राखेर हाम्रो पार्टीले राष्ट्रिय सहमतिमा जोड दिँदै नेकपा (एमाले) को नेतृत्वको वर्तमान सरकार गठन गर्न पहल गरी सहभागी भएको हो । हाम्रो पार्टीले उपयुक्त विषयहरुमा लगातार सरकार एवम् एमाले नेतृत्वसँग गम्भीर ध्यानाकर्षण गराएका हौं । तर वर्तमान नेतृत्व अन्तर्गत सरकारले त्यस दिशामा परिणाममुखी कार्य अगाडि बढाउन सकेको देखिएन । यस स्थितिमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी उपरोक्त कार्यभार पुरा गर्न प्रस्ताव सहित सहमति जनाएको स्थितिमा हाम्रो पार्टी, नेकपा एमाले तथा राप्रपा नेपाल, जनअधिकार फोरम (लोकतान्त्रिक) लगायतका सबै पार्टीलाई हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी साझा कार्यभार पुरा गर्ने प्रक्रियामा अघि बढ्न अपील गर्दछ । २२ बैशाख, २०७३ ............................... प्रचण्ड अध्यक्ष एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending