Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

सत्तारुढ एमाले र एमाओवादीबीच खटपट, सरकार असुरक्षित

\"Prachanda-oli\"काठमाडाैं । गठबन्धनका दुई प्रमुख वामपन्थी दल एमाले र एमाओवादीबीच नै असमझदारी बढेपछि ओली सरकार असुरक्षित बन्न पुगेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–सत्य निरुपण तथा मेलमिलाप आयोगमा धेरै उजुरी एमाओवादीका नेताविरुद्ध परेका छन् । त्यस्तै, अदालतमा पनि धमाधम मुद्दा ब्युातिन थालेका छन् । द्वन्द्वमा राज्य र विद्रोही दुवैतर्फबाट मान्छे मारिए पनि अहिले विद्रोहीलाई मात्र संगठित रूपमा निशाना बनाइएको एमाओवादीको आरोप छ । अझ त्यसमा पनि कांग्रेसभन्दा एमालेसाग नजिक रहेका वकिल तथा गैरसरकारी संस्थाका प्रतिनिधिले आक्रामक भएर उजुरी हालेको उसको गुनासो छ । सरकारमा सहयात्रा भए पनि शान्तिप्रक्रियामा फरक स्वार्थ प्रकट भएको भन्दै एमाओवादीले गठबन्धनको भावनामाथि प्रश्न उठाएको छ । बजेट रकमान्तरमा दुई दलबीच असमझदारी सरकारले नयाा बजेटको तयारी गरेको छ, तर अहिलेसम्म चालू आर्थिक वर्षको बजेटबाट विकास खर्च एकतिहाइ पनि खर्च हुन सकेको छैन । यहीबीचमा अर्थ मन्त्रालयले ६ अर्बभन्दा बढी रकमान्तर गरेर आफ्नै प्राथमिकताका योजनामा हालेको आरोप एमाओवादीको छ । गठबन्धनको सरकार भए पनि बजेटमा एमालेले एकलौटी गरेकोमा एमाओवादीले असन्तुष्टि व्यक्त गरेको छ । ओलीले एक महिनाअघिको पत्रको जवाफ दिएनन् एमाले र एमाओवादीबीच गठबन्धन बन्दा आठबुादे सहमति भएको थियो । तर, सहमतिअनुसार भूकम्पपीडितको पुनर्वास तथा संरचनाको पुनर्निर्माण हुन नसकेको, कालोबजारी नियन्त्रण नभएको भन्दै छलफलका लागि एमाओवादीले प्रधानमन्त्रीलाई पत्र लेखेको थियो । तर, त्यसको जवाफ नदिएर प्रधानमन्त्रीले आफूहरूलाई उपेक्षा गरेकोमा एमाओवादी स्थायी समिति बैठकले प्रधानमन्त्रीको विरोध गरेको छ । सोमबार बसेको बैठकले सरकार असफल भएको ठहरसमेत गरिसकेको छ । कांग्रेस नेतृत्वमा देउवा आएपछि नयाँ पहल गठबन्धन राजनीतिका पुराना खेलाडी शेरबहादुर देउवा पहिलोपटक कांग्रेसको शक्तिशाली संस्थापन बनेका छन् । कांग्रेस सभापति र संसदीय दलमा भारी मतले जितेलगत्तै उनले नयाादिल्लीको भ्रमण पनि पूरा गरेका छन् । दिल्लीमा आफ्नो नाकको र श्रीमतीको घुाडाको अप्रेसन गरेका देउवाले दिल्लीमा विदेशमन्त्री सुष्मा स्वराजलगायतका नेताहरूसाग महत्त्वपूर्ण भेटघाट गरेका छन् । देउवा दिल्लीमै रहादा काठमाडौंमा रहेका उनका विश्वासपात्र बालकृष्ण खाणले सरकार परिवर्तनको वेला आएको जनाउ दिएका थिए । पुनर्निर्माण प्राधिकरण, न्यायाधीश र राजदूत नियुक्ति गर्दा प्रतिपक्षको अस्तित्वलाई नै बेवास्ता गरेकोमा कांग्रेस असन्तुष्ट छ । प्रतिपक्ष र सत्ताभित्रैको असन्तुष्टिलाई संगठित गरेर नयाा समीकरण बनाउन देउवा सक्रिय भइसकेका छन् । संविधान कार्यान्वयन प्रक्रिया अघि बढेन देशको सबभन्दा ठूलो दल प्रतिपक्षमा रहादा नयाा संविधानको कार्यान्वयन जटिल भएको एमाओवादीको भनाइ छ । दलहरूबीच सहमति नभएकाले ६ महिना मिहिनेत गर्दा पनि संसद्को नियमावलीसमेत बनेको छैन । त्यसैले संसद् चलाउन मात्र होइन, संघीयतालगायतका संविधानका नयाा व्यवस्था कार्यान्वयन गर्न कांग्रेससहितको राष्ट्रिय समीकरण बनाउनुपर्ने तर्क एमाओवादीले अघि सारेको छ । बालुवाटारमा दुई दलको डिनर मिटिङ गठबन्धनमा असमझदारी बढेपछि प्रधानमन्त्री केपी ओलीले दुई दलका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएर डिनर मिटिङ गरेका छन् । मंगलबार राति १० बजेसम्म जारी बैठकमा एमालेका तर्फबाट ओलीसहित माधव नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल, भीम रावल र विष्णु पौडेललगायतका नेता थिए भने एमाओवादीका तर्फबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, वर्षमान पुन अनन्त, गिरिराजमणि पोखरेल र हरिबोल गजुरेललगायतका नेताहरू थिए । माल्पुवादेखि माछा, कुखुरा र खसीको मासुलगायतका परिकारसहितको छलफल भने त्यति मीठो नरहेको स्रोतको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending