Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

आगलागि पीडितलाई भेट्न पुगे गृहमन्त्री बस्नेत

\"shaktiगुल्मी । गुल्मीको वडागाउँमा आगलागीबाट सिङ्गो गाउँ खरानी बनेको तीन दिनपछि गृहमन्त्री शक्ति बस्नेतसहितको टोलीले आज उक्त आगलागी क्षेत्रको निरीक्षण गरेको छ ।

शनिबार स्थानीय वेदपानी सामुदायिक वनबाट सुरु भएको आगो तिलार सामुदायिक वन हुँदै अनियन्त्रित भएर गाउँमा पसेको थियो ।

आगलागीले तल्लो दजाकोट र माझगाउ“मा ७१ भन्दा बढी घर पूर्णरुपले जलेका थिए । त्यतिकै सङ्ख्यामा गाईभैँसीको गोठ, बाख्राका खोर र एक हजारभन्दा बढी पशुपक्षीसमेत जलेर मरेका थिए । उक्त घटनामा एकको मृत्यु भएको थियो ।

घटनाको अवलोकन गर्दै बस्नेतले पीडित परिवारका लागि सरकारका तर्पmबाट तत्काल दुई बन्डल जस्तापाता स्थानीय प्रशासन र गाविसको संयोजनमा उपलब्ध गराउने बताए । उनले पुनःनिर्माणको काममा सहयोग गर्न स्थानीयवासीलाई आग्रहसमेत गरे ।

पुनः निर्माणको काम तत्काल अघि बढाउन वडागाउ“मै अस्थायी प्रहरी चौकी स्थापना गरेर सरकारले सबै सहयोग गर्ने बस्नेतले बताए । मन्त्री बस्नेतले भने, “थप राहतको प्याकेज घोषणा गर्न सरकारका तर्फबाट मैले फर्केपछि पहल गर्नेछु ।”

घटनाको सांसद चन्द्र भण्डारी, पूर्वमन्त्री एवम् एमाले सचिव प्रदीप ज्ञवाली, सांसद सिर्जना तरामु लगायतले संयुक्त निरीक्षण गरेका थिए । सांसद चन्द्र भण्डारीले आगलागी पीडितका लागि तत्काल प्याकेजमै राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

पूर्वमन्त्री एवम् एमाले सचिव प्रदीप ज्ञवालीले हावाहुरीका कारण गाउ“ नै खण्डहर हुने गरी भएको दुःखदायी घटनामा सरकार सहयोगी बन्नुपर्ने बताए ।

आगलागीले घरबारविहीन बनेका पीडित परिवारको सहयोगका लागि एमालेले आजदेखि गाउ“मा झन्डै २०० स्वयम्सेवक परिचालन गरेको छ । एमाले जिल्ला सदस्य हीरा एसीले अनेरास्ववियु, युवा सङ्घ, पार्टीका २०० कार्यकर्ता आप्mनै खर्चमा गाउ“मा बसेर पुनः निर्माणमा लाग्ने जानकारी दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: