Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

काँग्रेसले सरकारको सातो बोलाउने

\"nepali-congress-flag-545\"काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठकले सरकारका असफलता र जनताले भोग्नुपरेको दुःख कष्टका बारेमा संसद्मा आवाज उठाउने भएको छ । काँग्रेस संसदीय दलको आज व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले संसद्मा सरकार परिवर्तनभन्दा पनि जनताले भोग्नुपरेको समस्याका बारेमा आवाज उठाउने निर्णय गरेको नेता महेश आचार्यले जानकारी दिए । संसद्को बर्खे अधिवेशन मङ्गलबारदेखि सुरु भएको हो । सरकारले जनचाहनानुसार काम गर्न नसक्दा सत्तामा रहेका अन्य दल पनि सरकारका कामकारबाहीबाट असन्तुष्ट रहेको निष्कर्ष निकाल्दै काँग्रेसले सरकारको विकल्पका रुपमा भने तयार रहेको जनाएको छ । भूकम्पपीडितका लागि विनियोजन भएको रकमको अत्यन्त सानो हिस्सा मात्र खर्च भएको र आउँदो वर्षा याम पनि भूकम्पपीडितको पालमुनि नै बास हुने भन्दै काँग्रेसले युद्धस्तरमा पुनःनिर्माणको काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले आन्दोलनरत मधेसकेन्द्रित दलसँग वार्ता गरी संविधान कार्यान्वयन गर्न सरकार उदासीन रहेको निष्कर्ष निकाल्दै ती दलसँग संवाद गरी समस्या समाधान गर्न अग्रसरता लिने जानकारी नेता आचार्यले दिए । काँग्रेसले नाकाबन्दी हटेको लामो समय भइसक्दा पनि मुलुकमा खाद्य सामग्री र इन्धनको कृत्रिम अभाव कायम रहँदा सरकार मौन बसेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेको छ । चालु आवको नौ महिनामा १८ प्रतिशतमात्र पुँजीगत खर्च भएको भन्दै काँग्रेसले विकास निर्माणका काम प्रभावकारी रुपमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै मुलुकभर देखिएको खडेरीका साथै जङ्गलमा डढेलो नियन्त्रण हुन नसकेको तथा त्यसबाट मानवीय तथा भौतिक क्षति पुगेको प्रति ध्यानाकर्षण गराउँदै डढेलो नियन्त्रण गर्न र पीडितलाई उचित राहत दिन सरकारसँग आग्रह गरिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: