Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

सार्कबाट बिदेसिने कामदारको सेवासुविधाको मापदण्ड बनाइँदै

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क मा आबद्ध राष्ट्रबाट वैदेशिक रोजगारीमा जाने कामदारका सेवासुविधाका विषयमा न्यूनतम समान मापदण्ड बनाइने भएको छ । राजधानीमा आजदेखि सुरु भएको ‘आप्रवाससम्बन्धी सार्क सहकार्यको कार्ययोजना’ विषयक कार्यशालामा सहभागी सार्कमा आबद्ध आठवटै राष्ट्रका श्रम तथा रोजगार सम्बद्ध मन्त्रालयका उच्च अधिकारीहरुले सो मापदण्ड बनाउन लागेका हुन् । भेलाले सार्क राष्ट्रबाट बिदेसिने कामदारको न्यूनतम तलब, सेवा, सुविधा, हक अधिकारको न्यूनतम मापदण्ड बनाउन र उनीहरुका समस्या समाधानका लागि साझा रणनीति बनाउने छ । कार्यशालाको उद्घाटन गर्दै श्रम तथा रोजगारमन्त्री दीपक बोहराले सार्क राष्ट्रका कामदारको गन्तव्य मुलुक र समस्या एउटै रहेकाले मिलेर जानका लागि योजना बनाउन कार्यक्रम आयोजना गरिएको बताए । उनले गत वर्ष नेपालमा सम्पन्न १८औँ सार्क सम्मेलनले आप्रवासको विषयलाई पहिलो पटक घोषणापत्रमा समावेश गरेको भन्दै आउँदो सार्क सम्मेलनले यस विषयमा ठोस योजना बनाउने विश्वास व्यक्त गरे । मन्त्री बोहराले सार्क राष्ट्रबाट मात्रै तीन करोड ६० लाख व्यक्ति वैदेशिक रोजगारीका लागि विदेशिएको तथ्याङ्क प्रस्तुत गर्दै वैदेशिक रोजगारीसँगै जोडिएर आएको मानव बेचबिखनविरुद्धसमेत सार्क राष्ट्रको ऐक्यबद्धता आवश्यक रहेकामा जोड दिए । मन्त्रालयका सचिव विष्णु लम्सालले कामदारको सेवा, सुविधा, र सुरक्षामा सार्क राष्ट्रको साझा आवाज आवश्यक रहेको धारणा राखे । परराष्ट्र मन्त्रालयका सहसचिव मणि भट्टराईले आप्रवास विश्वकै प्रमुख कार्यसूचीमा परेकाले कामदारका हितका लागि योजना बनाउन कार्यशाला सफल हुने विश्वास व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies