Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

बेलगाम कांग्रेस नेताहरु जो परिवर्तनविरोधी अभियानमा सक्रिय छन्

\"Prakashकाठमाडौं । कांग्रेस आफैंले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता परिवर्तनलाई स्वीकारे पनि १३ औं महाधिवेशन पछि कांग्रेसका जिम्मेवार नेताहरु नै यी विषय उल्ट्याउने गरी अभिव्यक्ति दिंदै हिंडेका छन् । यसरी हिड्नेमा महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, खुमबहादुर खड्कासहितका नेता छन् । यी तिनै नेताहरुले पछिल्लो सयम धर्मनिरपेक्षता हतारमा गरिएको र पुनर्विचार गर्नुपर्ने  आशयसहित अभिव्यक्ति दिइरहेका छन् । राजनीतिक सीप, क्षमता र योग्यता भन्दा पनि पारिवारिक विरासतले स्थापित शशांकले अमेरिका पुगेर हतारमा धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता स्वीकारिएको सन्देश दिए । उनले नेपालमै पनि हतारमा यी विषयमा गइएको भन्दै बिबिसीमा प्रतिक्रिया दिएका थिए । उनको बोली अमेरिका पुगेपछि पनि उस्तै छ । जिम्मेवार पदाधिकारी भएर पनि उनलाई परिवर्तनकाका यी मुद्दाप्रति बोल्ने छुट कसरी भयो ? बल्ल संस्थागत हुँदै गरेको संविधानका यी मुद्दाप्रति यसरी अभिव्यक्ति दिंदा यी नेतालाई किन पार्टीले लगाम लगाउन सक्दैन ? त्यस्तै, डाक्टरी पेशाबाट आए पनि राजनीतिका धेरै विषयका जानकार शेखर कोइरालाले पनि पछिल्लो समय पैसासँग धर्मनिरपेक्षता साटिएको भन्दै  गम्भीर खाले अभिव्यक्ति दिएका छन् । उनले भनेको सामान्य मान्न सकिने अवस्था छैन । किनकी उनी कांग्रेसका जिम्मेवार केन्द्रीय सदस्य हुन् । उनको आशय पनि हतारमा धर्मनिरपेक्षता अपनाइयो अब यी विषयबाट फर्कनुपर्छ भन्ने नै हो । पछिल्लो समय यी नेता सरकारविरुद्ध पनि उस्तै गरी आक्रामक शैलीमा उत्रिएका छन् । हिन्दु राज्यकै लागि अभियान चलाउने अर्का नेता हुन् खुमबहादुर खड्का । उनी त हिन्दु राज्य नेपाल बनाउन भारत गइरहन्छन् । नेपालमै विभिन्न अभियानम चलाइरहेका छन् । आफू निकटका शंकर भण्डारी, पुष्पा भुसाल जस्ता नेतालाई अघिपछि लगाउँदै उनी अभियानमा सक्रिय छन् । आफू अस्वस्थ भए पनि आफू निकटका यस्ता नेतामार्फत उनले हिन्दु राज्यको लागि नेताहरुसँग छलफल तीव्र बनाएका छन् । जिम्मेवार नेताले परिवर्तनका यस्ता मुद्दामा कठोर अभिव्यक्ति दिंदा पनि सभापति शेरबहादुर देउवा चुप छन् । उनको यस्तो ‘खामोसी’ले भारतले चाहेको हिन्दु राज्यको अभियानलाई नै बल पुर्याउने आँकलन गर्न थालिएको छ । नेताहरुको यस्तो शैली कांग्रेसकै नेताहरुलाई समेत मन परेको छैन । ‘हामीले परिवर्तनका लागि त्यति ठूलो आन्दोलन गर्यौं तर, हाम्रा जिम्मेवार नेताहरु यसविरुद्ध अभिव्यक्ति दिंदै हिड्न थाल्नुभएको छ’ कांग्रेसका एक नेता भन्छन्, ‘सिनियर भएपछि जे बोल्दै हिड्न पनि मन भएजस्तो देखिन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending