Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सरकार फेर्न कांग्रेसमा तीव्र दबाब

\"deuba-poudel-1\"काठमाडौं । एमाले नेतृत्वको सरकारले न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप गरेको, भूकम्पपछिको पुनर्निर्माणलाई गम्भीरताका साथ नलिएको, कालोबजारियालाई संरक्षण दिएको आरोप लगाउँदै कांग्रेसले त्यसबारे सरकारलाई जबाफदेही बनाउन व्यवस्थापिका संसद्मा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–बजेट अधिवशेनको पूर्वसन्ध्यामा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति एवं दलका नेता शेरबहादुर देउवाले यी आवाज सशक्त पार्न र नियमअनुसार पूर्ण तयारीसाथ आउन पार्टीका सांसदहरूलाई निर्देशनसमेत दिएका छन्। सरकारमाथि दबाब हाल्न स्थगन प्रस्तावसमेत राख्नुपर्ने अवस्था आउनसक्ने भन्दै कांग्रेसका सबै सांसदलाई मंगलबार बजेट अधिवेशनको प्रारम्भमै यसमा हस्ताक्षर गर्नसमेत निर्देशन दिइएको छ। बैठकका क्रममा कतिपय सांसदले ‘अप्राकृतिक गठबन्धनको सरकार’ ले कालोबाजारीलाई प्रोत्साहन दिएको र अदालतलाई पार्टीकरण गरेकाले तत्काल परिवर्तन गर्न दबाब दिएका थिए। कतिपय सांसदले सत्ताको दोस्रो घटक एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गरेर भए पनि ओली सरकारको अन्त्य गर्नुपर्ने माग राखेको स्रोतले बतायो।कांग्रेस संसदीय दलका नेता देउवाले सांसदहरूबाट आएका सुझावको सम्मान गर्दै सरकारलाई गलत बाटोबाट रोक्न स्थगन प्रस्तावमा मंगलबार नै हस्ताक्षर गरी सुरक्षित राख्न निर्देशन दिएका थिए। देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ुसरकार, संसद् र राज्यका अंगमा कालोबजारियाको संलग्नता छ। कालोबजारियाको संलग्नता रोक्न पहिले कानुनमा १० वर्षको सजाय थियो भने अहिले संशोधनमा एक वर्षमात्र हुनु दुःखको कुरा हो।ु संसद् प्रतिपक्षको हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्बाट सरकारका कारण भएका नकारात्मक कार्यलाई अध्ययन गरी उठाउन देउवाले सांसदलाई निर्देशन दिएका थिए। कांग्रेस नेता विमलेन्द्र निधिले समसामयिक विषय, नीति तथा कार्यक्रम र बजेटका विषयमा पार्टीको प्रस्तुति जिम्मेवारी साथ हुनुपर्ने, सरकारले संसद्मा बहुमतका नाममा गर्नसक्ने कुनै पनि गतिविधि रोक्न संसद् स्थगन प्रस्ताव तत्कालै राख्नुपर्ने भएकाले त्यस्तो प्रस्तावमा मंगलबार नै हस्ताक्षर गर्न आग्रह गरे। निधिले भने, ुओली सरकारको निरन्तरता भनेको मधेस समस्यालाई थाती राख्दै संविधान कार्यान्वयनलाई अलपत्र पार्नुभन्दा अरू केही होइन। सरकारमाथि दबाब हाल्न स्थगन प्रस्तावसमेत राख्नुपर्ने अवस्था आउनसक्ने भन्दै कांग्रेसमा हस्ताक्षरको हसताक्षरको तयारी गरिएको छ। कांग्रेसको नेतृत्वमा जारी भएको नयाँ संविधान कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्छ।ु न्यायपरिषद्ले एमालेकी पूर्वसांसद सपना मल्ल र एमाले समर्थित पूर्वमहान्यायाधिवक्ता हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश हुने रोलक्रमसहित सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेकोप्रति सांसदहरूको आपत्ति रहेको जानकारी निधिले दिए। सांसद बालकृष्ण खाणले सकेसम्म कांग्रेसकै नेतृत्वमा र अन्यथा एमाओवादी अध्यक्ष दाहालको नेतृत्वमा ओली सरकारको विकल्प खोज्नुपर्ने धारणा राखेका थिए। ुयो अप्राकृतिक गठबन्धनको सरकार हो। यसले राष्ट्र र जनताको हित गर्दैगर्दैन। त्यसैले यसबीच सरकारका नीतिनिर्णयले संविधानसभाले जारी गरेको संविधानको खिल्ली उडाउँदै आएको छु, खाणले भने। सांसद रामकृष्ण यादवले मधेसी मोर्चाको माग सम्बोधन गर्दै उनीहरूलाई संसद्मा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने वातावरण कांग्रेसले बनाउनुपर्ने बताए। सांसद दीपक गिरीले मधेस आन्दोलन र नाकाबन्दीका नाममा सत्ता गठबन्धनले कालोबजारियालाई प्रोत्साहन दिएकाले ओली सरकारको विकल्प खोज्न माग गरे। सांसद वीरबहादुर बलायरले स्वतन्त्र न्यायालयमाथिको हस्तक्षेपकारी नीति अन्त्य गर्न संसद्मा कांग्रेसको भूमिका निर्णायक बनाउन माग गरेका थिए। सांसद रामहरि खतिवडाले भूकम्पपीडितको राहत र उद्धारमा असफल, न्यायालयमा पार्टीकरण, चार वर्षसम्म संविधानसभामा एमालेबाट सभासद् भएको व्यक्तिलाई चार वर्षका लागि प्रधानन्यायाधीश दिने उद्देश्यका साथ भएको न्यायाधीश नियुक्तिको कडा विरोध गरे। खतिवडाले राजदूत नियुक्तिमा गुटका कार्यकर्ताको नियुक्ति, निजामती सेवाको ट्रेड युनियनको निर्वाचन गराउन असफल रहेको सरकारको अन्त्य गरी उपयुक्त विकल्प खोज्न सभापति देउवालाई कडा दबाब दिएका थिए। सांसद भीष्मराज आङ्दम्बेले वर्तमान सरकारबाट ७० वर्षको जनसंघर्षको उपलब्धिका रूपमा आएको संविधानको ठाडो उल्लंघन भएको आरोप लगाए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending