Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

भूकम्प पीडितको लगत सङ्कलन अझै दुई महिनापछि

काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पपछि पूर्णरुपमा घर क्षति भएकालाई अनुदान वितरणका लागि गरिने लगत सङ्कलनको काम दुई महिनापछि मात्र सुरु हुने भएको छ ।

\"Bhukampa2\"भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये ११ जिल्लामा लगत सङ्कलनका लागि खटिएका एक हजार ६०० इन्जिनियरमध्ये एक हजार २०० लाई सहरी विकास मन्त्रालयले अनुदान सम्झौता र घर पुनःनिर्माणमा लगाएपछि जनशक्ति अभाव हुन लागेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

विभागका निर्देशक ढुण्डीराज लामिछाने सहरी विकास मन्त्रालयले उपत्यकामा लगत सङ्कलनका लागि स्ट्रक्चरल इन्जिनियर नै चाहिने भनेकाले तयारी गरेर काम सुरु गर्न दुई महिना लाग्ने बताउछन्।

“इन्जिनियरको सङ्ख्या कम भएपछि उपत्यकामा पनि चरणचरणमा लगत सङ्कलन गर्नुपर्ने भएको छ, उपत्यकामा मागअनुसार मात्र लगत सङ्कलन गरिनेछ, दुई महिनापछि सुरु गरेर लगत सङ्कलन गर्न दुई महिना नै लाग्छ, दसैँअघि उपत्यकामा अनुदान सम्झौता सुरु गर्न सकिँदैन”– उनले भने।

काठमाडौँमा भूकम्पबाट बढी प्रभावित शङ्खरापुर नगरपालिका क्षेत्रबाट निर्वाचित सांसद दीपकप्रसाद कुइँकेलले वर्षाअगावै पीडितलाई आवासको व्यवस्था गरिनुपर्ने बताए । “भूकम्पबाट उपत्यकामा बढी प्रभावित साँखु क्षेत्रको लगत सङ्कलन र अनुदान वितरण गर्न सरकारले एक वर्षसम्म पनि बेवास्ता ग¥यो, उपत्यकामा पिछडिएका क्षेत्रलाई सरकारले पनि हेला गरेको छ”–उनी भन्छन् ।

दोलखा, गोरखा, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, ओखलढुङ्गा, रामेछाप, रसुवा, सिन्धुली, सिन्धुपाल्चोक र मकवानपुरमा विश्व बैंकको आर्थिक सहयोगमा भूकम्पपछिको तथ्याङ्क सङ्कलन भइरहेको छ । ११ जिल्लामध्ये रसुवा, धादिङ, मकवानपुर र काभ्रेपलाञ्चोकका केही गाविसमा लगत सङ्कलन बाँकी रहेको विभागले जनाएको छ ।

दोलखा, गोरखा, नुवाकोट, ओखलढुङ्गा, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकमा लगत सङ्कलन सम्पन्न भएको निर्देशक लामिछानेले जानकारी दिए । एक हप्तामा ११ जिल्लाको लगत सङ्कलन सम्पन्न गरी प्रतिवेदन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई बुझाइने भएको छ ।

लगत सङ्कलन गरिएका जिल्लाबाट विभागमा उजुरी आउने क्रम पनि सुरु भएको छ । लगत सङ्कलनका विषयमा हालसम्म २५० उजुरी विभागमा आएको छ । लगत सङ्कलन भएपछि मात्र प्राधिकरणले भूकम्पबाट पूर्णरुपमा घर क्षति भएका भूकम्पपीडितलाई तीन किस्तामा रु दुई लाख अनुदान वितरण गर्ने कार्यविधिमा उल्लेख छ ।

अनुदान पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु ८० हजार र तेस्रो किस्तामा रु ७० हजार वितरण गरिनेछ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: