Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

शान्ति समितिको विश्वसनियतामा प्रश्न चिन्ह

उदयपुर । खोटाङका रहेको स्थानीय शान्ति समितिको विश्वासनियतामा प्रश्न चिन्ह खडा भएको छ । १० वर्षे शसस्त्र द्वन्द्वलाई समाधान गर्ने उदेश्यले सरकारले वेपत्ता व्यत्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले आव्हान गरेको उजुरीको आधारमा खोटाङमा सवैभन्दा कम उजुरी परेपछि प्रश्न चिन्ह खडा भएको हो । दुवै आयोगले स्थानिय शान्ति समितिको जिल्ला कार्यालय मार्फत आव्हान गरेको उजुरीको आधारमा सगरमाथा अञ्चलमा सवैभन्दा कम उजुरी खोटाँङमा परेको छ । वेपत्ता व्यक्तिको छानविन आयोगले बैशाख २ देखि र सत्य निरुपण आयोगले बैशाख ५ देखि देशभरका स्थानीय शान्ति समिति मार्फत उजुरी आव्हान गरेपनि खोटाङबाट हालसम्म जम्मा ४ वटा उजुरी मात्र परेका छन् । खोेटाङ्ग जिल्लामा भने बैशाख २० गतेसम्म वेपत्ता छानविनमा २ जना र सत्य निरुपण आयोगमा २ जना गरी जम्मा ४ जनाको परेको स्थानीय शान्ति समितिका सचिव दिनेश कुमार घिमिरेले बताए । खोटाङमा नेपाली काङग्रेसका निर्वाचित जिल्ला कमिटि सदस्य दिनेशकुमार घिमिरे शान्ति समितिको सचिव भएकाले उजुरी गर्न शान्ति समिति नगएको द्वन्द्व पीडितले बताएका छन् । यस बारे वेपत्ता पारिएका छानविन आयोगका प्रवक्ता प्राडा बिष्णु पाठकले खोटाङमा कम उजुरी परेको स्विकार गर्दै आयोग आँफैले खोटाङ जिल्लामा गएर उजुरी संकलन गर्ने बताएका हुन । उनले भने, ‘विभिन सञ्चार माध्यममा आएका समाचारलाई आधार मानेर खोटाङ जिल्लामा आयोगबाटनै उजुरी संकलन गर्ने छलफल भईरहेको छ ।’ द्वन्द्व पीडितले नै शान्ति समितिका सचिवमाथी प्रश्न गरेपछि आयोगले छुट्टै व्यवस्था गर्न लागेको जनाइएको छ । यसैगरी कम उजुरी पर्ने सगरमाथा अञ्चलमा खोटाङपछि सप्तारी रहेको छ । सप्तरीमामा जम्मा १७ वटा उजुरी दर्ता भएका छन् । जसमा सत्य निरुपणमा ४ र वेपत्तामा १३ गरी जम्मा हालसम्म १७ वटा उजुरी परेको बताइएको छ । वैशाख २० गतेसम्म सगरमाथा अञ्चलमा सवैभन्दा बढी उजुरी हिमाली जिल्ला सोलुखम्बुमा परेको छ । जम्मा ६६ वटा उजुरीमा वेपत्तामा १५ र सत्य निरुपणमा ५१ वटा उजुरी परेको त्यहाँका स्थानीय शान्ति समितिका सचिव बाबुराम आर्चयले बताए । उनले २० गतेनै १० वटाभन्दा बढी उजुरी आइरहेकोभन्दै दुईसय ५० देखि तीनसय पुग्ने आकलन गरेको बताए । उजुरी पर्नेमध्ये दोस्रो स्थानमा सिरहा जिल्ला छ । सिरहा जिल्लामा सत्य निरुपणमा ४२ वटा र वेपत्तामा २० गरी जम्मा ६२ वटा उजुरी परेको समितिका सचिव सुजित कुमार यादवले जानकारी दिए । तेस्रो स्थानमा उदयपुर रहेको छ । उदयपुरका स्थानीय शान्ति समितिका सचिव संजिव कुमार चौधरीका अनुसार वेपत्तामा १४ र सत्य निरुपणमा ३७ गरी जम्मा ५१ वटा उजुरी दर्ता भएको छ । यसैगरी जिल्लाका विभिन्न गाँउ विकास समितिमा फर्महरु गएको बताए । ओखलढुँगामा जम्मा ३६ वटा उजुरी परेकोमा वेपत्तामा ८ र सत्य निरुपणमा २८ गरी रहेको समितिका सचिव निलकुमार अधिकारीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: