Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

शरणार्थीसम्बन्धी क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु

\"Rss_Images_1462173569912_RS_KTM_160502_IMG_9666-750\"काठमाडौं। दक्षिण एसियामा शरणार्थीले भोग्नुपरेका समस्या र त्यसका समाधान खोज्ने उद्देश्यसहित सोमबारदेखि काठमाडौंमा दक्षिण एसियाली क्षेत्रीय सम्मेलन सुरु भएको छ । सेन्टर फर साउथ एसियन स्टडिज र कोनार्ड एडेनोर स्टिफटुंगले संयुक्त रुपमा आयोजनमा गरेको ‘दक्षिण एसियामा शरणार्थी’ विषयको दुईदिने सम्मेलनको राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गरे । अध्यक्ष शर्माले नेपालमा शरणार्थीको उपस्थितिका कारण आर्थिक, सामाजिक र सुरक्षामा चुनौती थपिँदै गएको र सही रुपमा उनीहरुको पुनर्बासको व्यवस्था हुन नसकेको बताए । उनले नेपालमा रहेका भुटानी शरणार्थीलाई पुनर्बासका लागि पश्चिमा देशहरूमा पठाइएको जानकारी दिँदै अहिले पनि आयोगले शरणार्थीको निरन्तर अनुगमन गरी सरकारलाई सुझाव दिने काम गर्दैआएको बताए । सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डेले शरणार्थीको समस्या जटिल बन्दै गएकाले यसको समाधान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताए । उनका अनुसार नेपालमा ४० हजार शरणार्थी रहेका छन् । दक्षिण एसियामा पनि राजनीतिक, धार्मिकलगायतका विभिन्न कारणले शरणार्थीको समस्या विकराल बन्दै भएको छ । नेपालमा खासगरी भुटानी र तिब्बती शरणार्थी छन् । सम्मेलनमा अफगानिस्तानबाहेक सार्कका सात सदस्य राष्ट्रको सहभागिता रहेको छ । सम्मेलनमा प्रत्येक राष्ट्रले आ–आफ्नो देशका शरणार्थीको अवस्था र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: