Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

सरकारविरुद्ध आक्रमक हुँदै कांग्रेस, सरकार गिराउनेसम्मको तयारी

\"DEUBA\"काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेस सरकारविरुद्ध खरो रुपमा उत्रिने भएको छ । सरकारले बजेट ल्याउन तयारी गरिहेको बेलामा कांग्रेसले सरकारलाई अप्ठ्यारो पार्ने रणनीति बनाएको हो । बजेट पास भएर केही महिना अझै यही सरकारले निरन्तरता पाउने भएकोले कांग्रेसले बजेटको विषय, संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माणका पक्ष जस्ता विषय उठाउँदै एकैपटक सरकारलाई धक्का दिने तयारी गरेको हो । यस्तो तयारी सरकार फेर्नेसम्म पुर्याउने पक्षमा कांग्रेस छ । ‘एउटा पक्षमा मात्र होइन, सरकारको कमजोरी जहींतहीं छ, न संविधान कार्यान्वयनका लागि पहल न, पुननिर्र्माणमा पहल, बजेटमा त्यस्तै मनलाग्दी छ’ कांग्रेसका एक नेता भन्छन्, ‘हामी संसदमा सबैभन्दा ठूलो दल र प्रमुख प्रतिपक्षी दल छौं । अब हामी नै विरोधमान नउत्रिने र खबरदारी नगर्ने हो भने कसले गर्छ ?’ पछिल्ला केही दिनदेखि कांग्रेसका नेताहरु सरकारविरुद्ध आक्रामक भएर लागेका छन् ।  आइतबारमात्र पनि देउवाकै अगाडि विमलेन्द्र निधि, शेखर कोइराला जस्ता नेताले अब यो सरकारले संविधान कार्यान्वयन गर्न नसक्ने भन्दै मुखै फोरेर अर्को  सरकार बन्नुपर्ने बताएका छन् । देउवाले आफूले मुख नफोरे पनि कांग्रेसकै जिम्मेवार नेताहरुबाट यस्तो भनाएर उनले आफू अब सरकारमा अघि बढिसकेको सन्देश दिइसकेका छन् भारतबाट १० दिनको बसाईपछि फर्किदै एकैपटक कांग्रेस आक्रामक हुनुलाई पक्कै पनि सामान्य रुपले मात्र हेर्न सकिंदैन । यो निक्कै खतरनाक चालबाजी भएको बुझ्न गाह्रो छैन । किनकी मधेसमा माग सम्बोधन भएन भनेर कांग्रेसलले ओली सरकारविरुद्ध मधेसी दलहरुसँग सम्बन्ध विकसित गरिसकेको छ । अब मधेसीकी काँधमा टेकेर सरकार परिवर्तनको  खेलमा कांग्रेस लाग्ने बुझिएको छ । अर्को महत्वपूर्ण दल एमाओवादीलाईसमेत विश्वासमा लिन कांग्रेसले विभिन्न सम्पर्क सूत्रमार्फत प्रचण्डकोमामा सन्देश पुर्याइ सकेको छ । तर, सरकार गिराउन र नयाँ गठन गर्ने साँचो यसपटक एमाओवादीको हातमा छ । किनकी तेस्रो दल एमाओवादीको मत यो सबै गर्नका लागि अति आवश्यक छ । तयारी गर्दै कांग्रेस नेताहरुले सरकारविरुद्ध अभिव्यक्तिमात्र दिएका छैनन् । सरकारविरुद्ध खरो रुपमा उत्रन आज संसदीय दलको बैठक पनि डाकेका छन् । ‘बजेट ल्याउने बेला भयो, सरकारको काम उस्तै सुस्त छ’ कांग्रेस केन्द्रीय सदस्य एवं सांसद मीन विश्वकर्मा भन्छन्, ‘आगामी रणनीति कस्तो हुने भन्ने तय गर्न दलको बैठक बस्न लागेका हौं ।’ बैठकबाहेका कांग्रेसले सरकार परिवर्तनका लागि एमाओवादी, राप्रपा, राप्रपा नेपालसँग पनि विभिन्न सम्पर्कसुत्रमार्फत कुराकानी गरिरहेको बुझिएको छ । गठनको ६ महिनासम्म सरकार सुस्त र जिम्मेवारीविहीन देखिएको आरोप लगाउँदै कांग्रेसले सबैतिरबाट सरकारलाई अप्ठ्यारो गराउँदै, मधेसीबाट आलोचित र असन्तुष्टी बढाउँदै थप अप्ठ्यारो पार्ने नीति लिएको देखिन्छ । पार्टीभित्रै चुनौति तर, देउवालाई सरकार परिवर्तनका लागि लागिहाल्न सहज भने छैन । किनकी पार्टीमा बर्गेल्ती समस्या छन् । पदाधिकारी, केन्द्रीय सदस्यको मनोनयन, भ्रातृ संस्थाको अधिवशेन, विभाग गनठ, कार्यसम्पादान समितिको गठन जस्ता कार्यभार देउवालाई तत्काल छन् ।  हारेर लतारिएका रामचन्द्र पौडेल पक्षले तत्काल देउवालाई अघि सारिहाल्न सहज छैन । उनी पर्ख र हेरको रणनीतिमा छन् । यताको राजनीतिप्रति तत्कालाई बेवास्ता गर्दै पौडेल यतिखेर अमेरिकाका विभिन्न राज्यमा चहारिहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies