Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

दुईसय कलाकारको सहभागितामा ‘सिर्जना यात्रा–२’ सुरु

\"Art काठमाडौं । नेपाल ललितकला मञ्चको आयोजनामा जमलस्थित सांस्कृतिक संस्थानमा एक साता लामो अन्तर्राष्ट्रिय कला प्रदर्शनी बुधबारबाट सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले एक समारोहका बीच उद्घाटन गर्दै नेपाली कलाले बिस्तारै अन्तर्राष्ट्रिय आकार ग्रहण गर्दै गएको बताइन् । सो प्रदर्शनीमा नेपालसहित ११ देशका कलाकार सहभागी रहेका छन् । ‘सिर्जना यात्रा–२’ शीर्षकको सो प्रदर्शनीमा २०० बढी कलाकार सहभागी रहेका छन् । परम्परागत चित्र र मूर्ति, समसामयिक चित्र र मूर्ति, प्रतिस्थापन कला सो प्रदर्शनीमा राखिएको छ । मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको ५ हजार राशिको सहिद अनिल लामा युवा पुरस्कार गुल्मीका शान्त रहाडी मगरलाई प्रदान गरियो । सो कार्यक्रममा ‘विशिष्ट कलाकार सम्मान’ कलाकार रमेश खनाललाई, ‘आर्टिस्ट अफ द इयर’को सम्मान कलाकार एन.बी. गुरुङलाई, कलालेखन तथा पत्रकारिता सम्मान नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष तथा कलाकार केशवराज खनाललाई प्रदान गरियो । नेपाली कलाकारका कलाकृति कुनै पनि विदेशी कलाकारका भन्दा कमजोर नरहेको कलाकार तथा कलालेखक मदन चित्रकारले बताए । उनले थपे, ‘विषम परिस्थितिमा पनि मञ्चले अन्तर्राष्ट्रिय कला प्रदर्शनी गर्न सकेको छ । यसले पक्कै पनि नेपाली कला जगतमा गति प्रदान गर्न सक्नेछ ।’ \"Art नेपाली कलाका क्षेत्रमा आ–आफ्ना क्षेत्रमार्फत योगदान पु¥याएकाले प्रोत्साहनका लागि सम्मानको परम्परा थालेको मञ्चका केन्द्रीय अध्यक्ष लालकाजी लामाले बताए । उनले भने, ‘हाम्रो प्रयासले यो प्रदर्शनी भव्य बनाउन सकेका छौं । यस्ता कार्यक्रम गर्दै जानेहो भने नेपाली कलाले विश्वमै आफ्नो सशक्त प्रभाव पार्न सक्छ ।’ प्रदर्शनीमा भारत, सिंगापुर, मलेसिया, अष्ट्रेलिया, अमेरिका, थाइलैण्ड, पाकिस्तानी, सर्विया, फ्रान्स, जर्मनी र नेपाली कलाकारका कला प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा नेपालका अग्रजदेखि नयाँ पुस्ताका विभिन्न शैली र चिन्तनमा बनेका कलाकृति हेर्न सकिन्छ । प्रदर्शनीमा रागिनी उपाध्याय, किरण मानन्धर, राधेश्याम मुल्मी, गेहेन्द्रमान अमात्य, केके कमाचार्य, विजय थापा, मदन चित्रकार, ठाकुरप्रसाद मैनाली, डा.सीमा शाह, उमा शाह, कृष्ण मानन्धर, एससी सुमन, सुषमा राजभण्डारी, हरिबहादुर खडका, शान्त कुमार राई, जीवन राजोपाध्याय, नारदमणि हार्तम्छाली, केशव राज खनाल लालकाजी लामा, दीपेन्द्रमान बनेपाली, एनवी गुरुङ, दामोदर बराल, धनु याक्खा, भीम श्रेष्ठ, शारदामान श्रेष्ठ, विनोदकुमार गुप्ता, शान्त रहाडी मगर, जया शर्मा, भद्र थापा, रविन्द्र श्रेष्ठ, रिती चन्दसहित १ सय ७५ भन्दा बढी नेपाली कलाकारका कलाकृति राखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending