Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

तीन वर्षभित्र नयाँ शक्ति देशकै ठूलो दल बन्ने पौडेलको दाबी

\"devendraपर्वत। नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले आउँदो तीन वर्षभित्र नयाँ शक्ति नेपाल मुलुकको सबैभन्दा ठूलो पार्टी बन्ने बताएका छन् । ‘आगामी निर्वाचनबाट नयाँ शक्ति मुलुककै ठूलो दल हुनेछ,’ शनिबार पर्वतको कुश्मा बजारमा नेपाल प्रेस सोसाइटीले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने, ‘अहिले पार्टी घोषणा नहुँदै नयाँ शक्ति तेस्रो स्थानमा आइसकेको छ ।’ उनले २०७५ सालको संसदीय चुनावबाट नयाँ शक्ति मुलुकको पहिलो राजनीतिक दल बन्ने बताए । ‘वाम लोकतान्त्रिक पार्टीको रुपमा अगाडि बढेको नयाँ शक्तिप्रति तिव्र आकर्षण देखिएको उनको तर्क थियो । नेता पौडेलले नेपालमा कांग्रेस र कम्युनिष्टको सिण्डिकेट चलिरहेको आरोप लगाउदै उनले ‘यो देशलाई कांग्रेस र कम्युनिष्टको सिण्डिकेटबाट अलग राख्नका लागि नयाँ शक्ति जन्मिएको बताए । मुलुकलाई नयाँ विकल्प चाहिएको भन्दै उनले नयाँ शक्तिलाई वैकल्पिक धारको रुपमा विकास गरिने बताए । उनले नयाँ शक्तिले नेपाललाई २० वर्षभित्रमा अन्तर्राष्ट्रियस्तरको देश बनाउन लागि परेको बताए । नेता पौडेलले नयाँ शक्तिले बन्द हड्ताल नगर्ने र कुनै पनि निर्वाचन बहिस्कार नगर्ने बताए । उनले पछिल्लो समय सत्य निरुपण तथा मेलमिलाप आयोगलाई केही दलहरुले प्रतिसोध साँध्नेगरी प्रयोग गर्न खोजको आरोप लगाउँदै पुरानो कुरालाई बल्झाएर पुनः अर्को अशान्ति मच्चाउने खेलबाट सबै पक्ष जोगिनुपर्नेमा जोड दिए । आउँदो जेठ ३०, ३१ र ३२ गते पार्टी औपचारिकरुपमा पार्टी घोषणा गर्ने तयारी गरेको नयाँ शक्तिमा अहिलेसम्म प्रत्यक्षरुपमा ७० हजारले र अनलाइनबाट २४ हजारले क्रियाशील सदस्य बन्न आवेदन दिइसकेको पौडेलले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: