Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सत्तारुढ दलबाटै ओलीलाई चेतावनी

\"KP-oli-talking-750\"काठमाडौ । सत्तारुढ दलहरूभित्रैबाट सरकारको कार्यशैलीको आलोचना हुन थालेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–प्रधानमन्त्री केपी ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा राप्रपा नेपाल, राप्रपा, नेकपा माले, समाजवादी जनता दललगायतले सरकारको आलोचना गरेका हुन् । बैठकमा राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले मधेसी मोर्चाको माग सम्बोधन गर्न दुई महिनाअघि गठन भएको राजनीतिक समितिले पूर्णता नपाएको बताए । कांग्रेस र मोर्चाको सहभागिताविना समितिको औचित्य नरहने भन्दै छिटै पूर्णता दिएर काम अघि बढाउनुपर्ने उनको भनाइ थियो । राप्रपा, नेकपा माले, समाजवादी जनता दललगायतका प्रतिनिधिले संसदीय सुनुवाइ समिति १५ सदस्यीय बनाउनुपर्ने एमाले र एमाओवादीको अडान बेठीक भएको बताए । जुद्धशमशेरको जति काम पनि भएन : पशुपतिशमशेर राप्रपाका नेता पशुपतिशमशेर राणाले १९९० सालको महाभूकम्पमा तत्कालीन श्री ३ जुद्धशमशेरले जति पनि उद्धार, राहत र पुनर्निर्माणमा अहिलेको सरकारले काम गर्न नसकेको आरोप लगाए । जवाफमा प्रधानमन्त्री ओलीले अहिले यातायात, सञ्चार, जनताको चेतना र स्रोत–साधनका हिसाबले समाज धेरै समुन्नत स्थितिमा रहेकाले त्यतिवेलाको जति पनि काम नहुनु स्वाभाविक भन्दै व्यंग्य गरे । सरकारकै कारण मोर्चासँग संवाद टुट्यो : आचार्य कांग्रेस नेता महेश आचार्यले मधेसी मोर्चासँगको वार्ता अन्तिम चरणमा पुगेका वेला सरकारले एकतर्फी रूपमा राजनीतिक समिति बनाएका कारण संवाद टुटेको बताए । सहमतिविनाको समितिमा कांग्रेस पनि सहभागी नहुने उनको भनाइ थियो । तर, प्रधानमन्त्रीले मोर्चाका माग वार्ताकै माध्यमबाट समाधान गरिने जानकारी गराउँदै मधेसको समस्या राष्ट्रको हितलाई सर्वोपरी राखेर समाधान हुने बताए । सुनुवाइ समिति गठनमा सत्तारुढ लचिलो प्रधानमन्त्री ओलीले संसदीय सुनुवाइ समितिको गठन र संसद्को नियमावलीमा भइरहेको ढिलाइले धेरैतिर असर परिरहेको भन्दै यसमा लचिलो बन्न सकिने संकेत गरेका छन् । ‘संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार जे गर्नुपर्ने हो, त्यसरी नै गरौँ, जहाँ संविधानले जस्तो व्यवस्था गरेको छ, त्यहाँ त्यसअनुरूप गरौँ । तर, ममा कुनै हार्ड एन्ड फास्ट छैन, जे भए पनि सहमतिमा चाँडै गरौँ ।’ कांग्रेस, राप्रपासहितका साना दल ७५ सदस्यीयको पक्षमा छन् भने एमाले र एमाओवादी सुनुवाइ समिति १५ सदस्यीय बनाउनुपर्ने अडानमा रहेकाले सहमति हुन सकेको छैन । सर्वदलीय बैठकमा किन गएन मोर्चा ? प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहभागी भएन । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, ‘सर्वदलीय बैठकमा जानुपर्ने कारण नै थिएन त्यसकारण यो सरकारलाई समर्थन हुने गरी हामी किन सर्वदलीय बैठकमा जाने रु’ संविधान कार्यान्वयनका सन्दर्भमा भएको छलफलमा सहभागी हुनु उपयुक्त नभएको तमलोपाका उपाध्यक्ष वृजेशलाल गुप्ताले बताए । मोर्चाका नेता काठमाडौंबाहिर तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय समिति बैठक नवलपरासीमा बसिरहेको छ । केन्द्रीय समिति बैठकमा असार ६ देखि ८ सम्म नवलपरासीमा महाधिवेशन गर्ने प्रस्तावबारे छलफल चलिरहेको छ । ‘हामीलाई सर्वदलीय बैठकबारे जानकारी पनि छैन र हामी पार्टी बैठकमा व्यस्त पनि छौँ,’ तमलोपाका उपाध्यक्ष गुप्ताले बताए । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, संसदीय दलका नेता अशोक राईलगायतका नेता आन्दोलनबारे जागरण अभियान चलाउने भन्दै संखुवासभा पुगेका छन् । ‘हामीलाई सर्वदलीय बैठकबारे केही जानकारी छैन, मलाई जानकारी नभएपछि मैले अध्यक्ष उपेन्द्रजीलाई पनि सोधेको थिए, उहाँले पनि थाहा छैन भन्नुभयो,’ फोरमको संसदीय दलका नेता अशोक राईले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending