Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

एमाओवादीसँग न बैंक खाता छ, न सम्पत्तिको यकिन

\"parisdada-400\"काठमाडौं । एमाओवादीसँग आफ्नै पार्टीको देशव्यापी चल–अचल सम्पत्ति कति छ भन्ने व्यवस्थित तथ्यांक छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–केन्द्रीय कार्यालयले त्यस्तो सम्पत्ति विवरण संकलन गर्न पटक–पटक प्रयास गरे पनि नसकिएको केन्द्रीय लेखा आयोगका प्रमुख आयुक्त तथा केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय (निर्मलकुमार)ले जानकारी दिए । एमाओवादी केन्द्रीय कार्यालयले आफ्नै कार्यालयभित्रकै चल–अचल सम्पत्तिको विवरणसमेत राख्न सकेको छैन । हालसालै भने एमाओवादीले त्यस्तो विवरण राख्न सुरु गरेको छ । ‘हामीसँग पार्टी केन्द्रीय कार्यालयभित्रकै फर्निचर, कम्युटरलगायतका सामग्रीको कोडिट रिपोर्ट थिएन, त्यसको सुरुवात अहिले गर्न थालेका छौँ,’ उपाध्यायले नयाँ पत्रिकासँग भने । केन्द्रीय कार्यालय मजदुरको भवनमा एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडास्थित भ्रातृ संस्था अखिल नेपाल ट्रेड युनियन महासंघको नामको दुई रोपनी क्षेत्रफलमा फैलिएको जग्गा छ । सँगै रहेको १२ आना जग्गा भने एमाओवादीको नाममा छ । ०६५ मा होटेल हिमालयन भ्यु चलाउन ललितपुरका एक व्यक्तिले राष्ट्रिय वाणिज्य बैंकमा लिएको ऋणको साँवा–ब्याज तिर्न नसकेपछि ट्रेड युनियन महासंघले तीन करोड ७५ लाख रुपैयाँमा सो जग्गा र घर निखनेर आफ्नो नाममा ल्याएको हो । त्यहीँ एमाओवादी केन्द्रीय कार्यालय बसिरहेको छ । देशभर गरी झन्डै दुई दर्जन जिल्लामा मात्रै पार्टीका नाममा कार्यालय भवन छन् । अन्य जिल्लामा भने भाडामा कार्यालय चल्दै आएको छ । केन्द्रीय सदस्य तथा धनकुटा–तेह्रथुम इन्चार्ज हेमराज भण्डारीका अनुसार दुवै जिल्लामा पार्टीका आफ्नै भवन छ । धनकुटा नगरपालिका–७ मा ६ आना जग्गामा एकतले भवन छ । तेह्रथुमको म्याङलुङ बजारमा एकतले भवन बनेको छ । ३ नम्बर प्रदेशका सेक्रेटरी तथा पोलिटब्युरो सदस्य नारायण दाहालका अनुसार चितवन, मकवानपुर, नुवाकोट र सिन्धुपाल्चोकमा जग्गासहितको भवन छन् । चितवनमा ०६७ मा भरतपुर उपमहानगरपालिका–७ भित्र १० कट्ठा जग्गामा बनेको दुईवटा एकतले भवन छ । पार्टी विभाजनपछि दुवै पार्टीमा अंशबन्डा नभएका कारण अहिले दुवै माओवादीले संयुक्त कार्यालय चलाइरहेका छन् । नुवाकोटमा सहिद प्रतिष्ठानका नाममा आठ आना जग्गामा बनेको तीनतले भवन छ । मकवानपुरमा हेटौँडा नगरपालिका–४ मा ३ कट्ठाको जग्गासहित त्यहाँभित्र बनेको दुईतले भवन छ । सिन्धुपाल्चोकमा पनि सहिद प्रतिष्ठानका नाममा ११ आना जग्गामा बनेको भवन छ । त्यस्तै, सुर्खेतमा झन्डै नौ आना जग्गामा भनेको दुईतले भवन छ । म्याग्दी, मनाङ, पर्वत, कास्की, लमजुङ, तनहुँ र गोरखामा आफ्नै जग्गा र पार्टी कार्यालय छन् । ४ नम्बर प्रदेशका इन्चार्ज तथा पोलिटब्युरो सदस्य डिलाराम आचार्यका अनुसार मनाङमा चार आनामा बनेको दुईतले घर, कास्कीको पृथ्वीचोकमा अढाइतले, तनहुँमा अढाइतले, गोरखामा झन्डै दुई रोपनी क्षेत्रफलमा फैलिएको पार्टीका नामको हल, लमजुङमा दुईतले आफ्नै भवन छ । कास्कीमा पार्टीको मजदुर संगठनको निर्माणाधीन एकतले घर रहेको छ । त्यस्तै रोल्पाको लिवाङमा पार्टी कार्यालय र सहिद प्रतिष्ठानमा आ–आफ्नै नाममा भवन छ । गुल्मीमा ६ आना जग्गामा बनेको करिब एकतले घर छ । नवलपरासीमा पाँचकोठे भवन निर्माणाधीन छ । केन्द्रीय सदस्य तथा ५ नम्बर प्रदेश सेक्रेटरी जगप्रसाद शर्मा ९अपार०का अनुसार, बर्दिया र बाँकेमा भने सहिद प्रतिष्ठानका नाममा भवन छ । बर्दियाको बाँसघारीमा एकतले भवन, बाँकेमा दुई कट्ठामा बनेको एकतले भवन छ । अधिकांश जिल्ला कार्यालय भाडामै पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव प्रह्लाद बुढाथोकीका अनुसार पार्टीका अधिकांश जिल्ला कार्यालय अझै पनि भाडामा छन् । जनवर्गीय संगठन, जातीय, क्षेत्रीय मोर्चाका कार्यालय पनि भाडामै चलिरहेका छन् । ती कार्यालयले सरदर भाडाबापत मासिक पाँचदेखि १५ हजार रुपैयाँसम्म बुझाउने गरेका छन् । जग्गा किन्ने तयारी केही जिल्लाले भने पार्टीका नाममा जग्गा किनेर घर बनाउने योजना पनि बनाएका छन् । बारा, रामेछापलगायतका जिल्लाले अहिले जग्गाको खोजी गरेर भवन निर्माण गर्ने तयारी गरिरहेका छन् । ‘हामी अहिले पार्टी कार्यालयका लागि जग्गाको खोजीमा छौँ,’ बारा अध्यक्ष जगराम दाहालले भने, ‘हामीसँग अहिले ऋण छैन, केन्द्रलाई ऋण देखाइएको पनि छैन ।’ अर्घाखाँची जिल्लाले पनि जग्गा किन्ने तयारी थालेको ५ नम्बर प्रदेश सेक्रेटरी अपारले जानकारी दिए । यहाँ–यहाँ छन् जग्गा एमाओवादीको नाममा महोत्तरीको जलेश्वरमा पाँच धुर जग्गा छ । सोलुखुम्बुको टाँरु गाविसमा चार आना जग्गा छ । मोरङको सुन्दर कोसी हरैचा नगरपालिकामा दुई कट्ठा जमिन छ । कञ्चनपुरमा नगरपालिकाभित्रै चार आना जग्गा छ । भवन बनाउन जग हालेको भए पनि भवन भने बनाउन नसकेको एमाओवादी ६ नम्बर प्रदेशका सेक्रेटरी तथा केन्द्रीय सदस्य खगराज भट्टले जानकारी दिए । बाग्लुङमा चार आना जग्गा छ । त्यस्तै, प्युठानको बिजुवारमा पनि घडेरी छ । एउटै जिल्लामा करोडभन्दा बढी ऋण एमाओवादीका अधिकांश जिल्ला पार्टी ऋणमा चुर्लुम्मै डुबेका छन् । पार्टीका नाममा ऋण नभएका जिल्ला पाउन मुस्किल छ । एउटै जिल्लामा न्यूनतम दुई लाखदेखि एक करोडसम्म ऋण छ । सोलुखुम्बु, डोल्पालगायतका पहाडी जिल्लामा एक करोडभन्दा बढी ऋण रहेको एमाओवादीले जनाएको छ । निर्वाचन, पार्टीका आन्तरिक भेला–प्रशिक्षण, सम्मेलन, आन्दोलनका कार्यक्रमको व्यवस्थापनदेखि कार्यालय सञ्चालनका लागि भैपरी आउने खर्चसम्मका कारण सो परिणामको ऋण लागेको एमाओवादी सोलुखुम्बु अध्यक्ष गोम्बु शेर्पाले जानकारी दिए । ‘हामीसँग एक करोड ऋणको भारी छ, केन्द्रीय नेताहरूलाई ऋणका विषयमा पटकपटक जानकारी गराए पनि आन्तरिक रूपमा व्यवस्थापन गर्दै गर्नुहोस् मात्रै भन्नुहुन्छ,’ शेर्पाले नयाँ पत्रिकासँग भने, ‘व्यवस्थापन चुनौती बनेको छ ।’ तथ्यांकै फरक छ, केन्द्र र जिल्लामा एमाओवादी केन्द्रीय कार्यालय र जिल्ला पार्टीहरूबीचको तथ्यांकमा ठूलो अन्तर देखिन्छ । केन्द्रीय कार्यालयले निर्वाचन आयोगलाई बुझाएको आयव्यय विवरणमा पार्टीको नाममा सात लाख १३ हजार आठ सय ८३ रुपैयाँ ऋण रहेको उल्लेख छ । एमाओवादी कार्यालयका अनुसार आर्थिक वर्ष ०७१र७२ मा चार करोड २१ लाख ९७ हजार ६ सय ५२ रुपैयाँ आम्दानी भएको छ भने चार करोड ९२ लाख ११ हजार पाँच सय ३५ खर्च भएको छ । तर, जिल्ला–जिल्लाका पार्टी नेतृत्वले एउटै जिल्लामा पनि करोडभन्दा बढीको ऋण देखाएपछि आयोगमा दर्ता गरिएको तथ्यांक अविश्वसनीय देखिएको छ । युद्धकालकै ऋण पनि छ एमाओवादीका कतिपय जिल्लालाई १० वर्षे युद्धकालकै ऋण पनि छ । त्यसवेला ठूलो फर्मेसनमा जनमुक्ति सेना पुग्दा व्यवस्थापनमा लागेको खर्च तिर्न नसक्दा त्यसवेलाको ऋण अझै रहेको माओवादी नेताहरू बताउँछन् । ताप्लेजुङ, पाँचथरमा त्यसवेलाको ऋण अझै बाँकी छ । बैंक खाताको डाटा पनि छैन एमाओवादीको केन्द्रीय कार्यालयको नाममा एभरेस्ट बैंक एउटैमा मात्र खाता छ । जिल्ला पार्टी कार्यालयहरूले जिल्ला–जिल्लामा आफ्नै खाता सञ्चालन गर्न केन्द्रको सिफारिस लगेका छन् । तर, त्यसको अध्यावधिक हिसाब भने केन्द्रमा पठाएका छैनन् । जसका कारण देशव्यापी रूपमा पार्टीका नाममा रहेको खातामा के–कति पैसा छ भन्ने रिपोर्ट पनि एमाओवादी केन्द्रीय कार्यालयसँग नभएको केन्द्रीय लेखा आयोगका प्रमुख आयुक्त उपाध्यायले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending